समाचार

काठमाडौंमा कालिमाटी पछिको ठूलो तरकारी बजार निर्माण हुँदैं

काठमाडौं। कृषि मन्त्रालय मातहतको कृषि पुर्वाधार तथा कृषि यांत्रिकीकरण प्रवद्र्धन केन्द्र र तार्केश्वर नगरपालिकाको साझेदारीमा काठमाडौंको तार्केश्वरमा तरकारी बजार निर्माण हुने भएको छ । बजारको शुकवार कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले शिलान्यास गर्नुभयो । काठमाडौंको जनसंख्या १० लाख हुँदा बनाएको कालिमाटी तरकारी बजार अहिले ५० लाखभन्दा बढी जनसंख्या हुँदा पनि त्यसैलाई केन्द्रीय […]

कुखुरा पालनमा विदेशी लगानी भित्र्याउने सरकारको तयारीप्रति व्यवसायीको आपत्ति

ललितपुर। उद्योगी व्यवसायीहरुले घरेलु तथा साना उद्योगमा विदेशी लगानी भित्र्याउने सरकारको तयारीप्रति आपत्ति जनाएका छन् । शुक्रबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिकोे बैठकमा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको उद्योग समितिका सभापति अञ्जन श्रेष्ठले […]

हेटौंडामा बर्डफ्लू देखियो

मकवानपुर। हेटौंडामा बर्डफ्लू भेटिएको छ । केहि दिन अघि हेटौंडाका विभिन्न कुखुरा फार्मका कुखुरा अचानक मर्न थालेपछि बर्डफ्लू जाँच गर्न लगिएको थियो । चेक गर्दा कुखुरामा बर्डफ्लू भेटिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । किसान कुलप्रसाद चौलागाईँले पालेको कुखुरा जाँच गर्दा बर्डफ्लू भेटिएको हो । बर्डफ्लू भेटिएपछि मकवानपुरमा सर्तकता अपनाईएको छ भने […]

मौसम बदली : हल्का वर्षाको सम्भावना

ललितपुर। पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाकोे सम्भावना रहेको छ । मङ्गलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुजन सुवेदीले बताउनुभयो । उहाँका […]

हिकास्टमा विद्यार्थीद्धारा अनिश्चतकालीन तालाबन्दी

ललितपुर। हिमालयन कलेज अफ एग्रीकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी (हिकास्ट) कलेजमा विद्यार्थीको आन्दोलका कारण पठनपाठन ठप्प भएको छ। पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत कलेजले भर्ना शुल्क चर्को लिएको भन्दै आक्रोशित विद्यार्थीको आन्दोलनका कारण कृषि र भेटरिनरी दुवै संकायको पठनपाठन ठप्प भएको हो। क्याम्पसले विद्यार्थीसँग गरेको सहमतिविपरीत बर्सेनि २५ प्रतिशतका दरले शुल्क बढाएको विद्यार्थीको गुनासो छ। करिव तीन वर्षअघि क्याम्पस […]

समस्यामा उखु किसान

नवलपरासी। लगाएको उखु बाली खेतमै सुक्दै गएपछि पश्चिम नवलपरासीका किसान बिचल्लीमा परेका छन् । समयभन्दा करीब दुई महीना ढिलो सञ्चालनमा आएका चिनी उद्योगहरुले किसानको सहजै रुपमा सबै उखु खरीद नगरेपछि किसान बिचल्लीमा परेका हुन् । अहिले पश्चिम नवलपरासी जिल्लामा रहेका इन्दिरा, लुम्बिनी र वाग्मती गरी तीन ठूला उद्योग सञ्चालनमा छन् भने मोहीनी चिनी उद्योग स्थापना […]

कर्णालीबाट अर्गानिक अभियान

सुर्खेत। कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रमाणि खनालले कर्णाली प्रदेशबाट अर्गानिक अभियानको शुरुवात गरेका छन् ।  बुधबार वीरेन्द्रनगरमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खनालले ‘१० वर्षभित्र देशलाईनै अर्गानिक बनाउने लक्ष्य लिएको बताए उनले , ‘त्यसको सुरुवात कर्णाली प्रदेशबाट गरेको जानकारी दिए।’  अन्य प्रदेशको तुलनामा कर्णालीमा विषादीको प्रयोग कम रहेकाले कर्णालीबाट अर्गानिक अभियानको सुरुवात गरिएको मन्त्री […]

प्रभावकारी बन्दै ‘तोरी जोन’ कार्यक्रम

लमही। दाङको ‘तोरी जोन’ मा ८२५ किसान आबद्ध भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तोरी जोन)का प्रमुख इन्द्र वलीका अनुसार पश्चिम दाङको बबई, शान्तिनगर, दङ्गीशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका वडा नं १ र २ का ८२५ किसान आबद्ध भएका हुन् । पश्चिम दाङको पाँच हजार क्षेत्रफललाई चालू आर्थिक वर्षदेखि तोरी जोन बनाइएकाले […]

बारीबाटै गोलभेँडा बिक्री

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ जसपुरका रिमबहादुर गुरुङले बारीबाटै गोलभेँडा बिक्री गर्न थालेका छन् । विदेशबाट फर्किएपछि गाउँमा कुन पेशा गर्ने भन्ने अन्योलमा रहेका उनी अहिले बारीबाटै गोलभेँडा बिक्री हुन थालेपछि उत्साहित भएका छन् । विदेशबाट फर्किएपछि धेरै लगानी पनि नचाहिने र धेरै जोखिम पनि नहुने गोलभेँडा खेती गर्ने सोचका साथ केही बोट मात्र गोलभेँडा खेती […]

चीनबाट गाई आयात गर्ने सम्झौता तत्काल खारेज गर्न माग

ललितपुर। केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेड नेपालले प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशले चीनबाट गाई आयात गर्न गरेको सम्झौता तत्काल खारेज गर्नुपर्ने माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले चीनबाट गाई आयत गर्ने सम्झौता तत्काल खारेज गराउनको लागि संघीय सरकारको ध्यानाकार्षण गराएको छ । संघका केन्द्रिय अध्यक्ष बाबुराम […]