समाचार

एउटा सुँगुरको पाठाले फेरिएको जीवन

बनियानी।  बाह्र जनाको परिवार । घरमा काम गर्ने एक जना मात्र । हातमुख जोर्नदेखि बालबालिकाको पढाइलेखाइका लागि खर्च जोहो गर्नुपर्ने बाध्यता । यो अवस्था झापा हल्दिबारी–५ का वकिल सोरेन सन्थालको पाँच वर्षअघिको हो । अहिले उनको दैनिक सहज बन्दै गएको छ । “गरीबसँग विश्वेश्वर’ कार्यक्रमबाट प्राप्त भएको एउटा सुँगुरको पाठी र रु पाँच हजार बीउ […]

कृषि उपजको मूल्य निर्धारण आयोग गठन गर्न माग

ललितपुर। प्रतिनिधिसभाको आजको बैठकमा कृषि उपजको मूल्य निर्धारण गर्न पाउने गरी ‘कृषि उपजको मूल्य निर्धारण आयोग’ गठन गर्नुपर्ने माग उठेको छ । किसानले आफूले उत्पादन गरेको कृषि उपजको मूल्य आफैँ निर्धारण गर्न पाउने गरी आयोग गठन हुनुपर्ने र उपजको मूल्य निर्धारणमा किसान संलग्न हुनुपर्ने भन्दै बैठकमा सांसद हृदयेश त्रिपाठीले सरकार र सदनको ध्यानाकर्षण गराए । […]

माछाले मालामाल बनेका रामशोभित मुखिया, जसले २५ रुपैंयाबाट माछापालन सुरु गरे

धनुषा। दुधमति – १, धनुसाका रामशोभित मुखिया ३० वर्ष अघिसम्म बाँसको घरमा बस्थे । अहिले उन्ले पक्की दुई तल्ले घर बनाएका छन् । त्यो सव कमाल सम्भव भएको हो मुखियाले शुरु गरेको २५ रुपैंयाको माछा व्यापारले । माछाकै कमाइबाट उनी आफू चढनका लागि चारपांग्रे गाडी खरिद गरेका छन् । जनकपुरको माछा स्वादिलो हुने भएकोले बजारमा माग उच्च रहेको […]

बगरमा लहराउँदै तरकारी

भद्रपुर। झापाका अधिकांश खोलाका बगरहरूमा यतिबेला बेमौसमी तरकारी खेतीले हरियाली छाएको छ । खोलाका निक्खर र सुक्खा बालुवामय बगरमा लहराएको करेला, काँक्रा, खरबुजा, लौका र फर्सीका लहराले बगरलाई हरियाली बनाएको हो । शिवसताक्षी नगरपालिका–१ स्थित माइखोलाको १९५ बिघा बगरको जमीन भाडामा लिएर किसानले बगरे बेमौसमी तरकारी खेती शुरु गरेका छन् । दजनौँ किसानले तरकारी खेतीको […]

पाल्पाका ४ स्थानमा ‘स्मार्ट कृषि गाउँ कार्यक्रम’

बेझाड। पाल्पाका ४ स्थानमा ुस्मार्ट कृषि गाउँ कार्यक्रमु सञ्चालन हुने भएको छ। प्रदेश सांसद कार्यक्रमअन्तर्गत प्रदेश ५ का ५२ स्थानअन्तर्गत पाल्पाका ४ स्थानीय तहमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन हुँदैछन्। नयाँ सोचका साथ ल्याइएको यस कार्यक्रम सञ्चालनका लागि प्रदेशसभा सदस्यहरू तुलाराम घर्तीमगर, नारायण आचार्य, युवराज खनाल र डा पुरनमान बज्राचार्यका क्षेत्रमा सिफारिस गरिएको छ। तिनाउ […]

अमेरिका पठाइयो लप्सीका परिकार

पर्वत। लप्सी उत्पादनको पकेटक्षेत्र मानिएको यहाँबाट यस वर्ष अमेरिकामा मात्रै १० टन लप्सी निर्यात भएको छ । लप्सी सङ्कलन, प्रशोधन र व्यापारको काम गर्दै आएको सामुदायिक खाद्य प्रशोधन उद्योगले प्रशोधन गरेर तयारी अवस्थामा रहेको १० टन लप्सी अमेरिका पठाएको हो । फलेवास नगरपालिकाको मुडिकुवामा रहेको उद्योगले जिल्लाका विभिन्न ठाउँमा पुगेर कृषकको लप्सी खरीद गरेर प्रशोधन […]

अलैँचीले उचित मूल्य नपाउँदा कृषक निराश

गाईघाट। कुनै समय राम्रो मूल्यमा बिक्री हुने नगदेबाली अलैँची खेतीमा हौसिएका उदयपुरका कृषक अलैँचीले अहिले उचित बजार मूल्य पाउन छाडेपछि निराश बन्न थालेका छन् । प्रत्येक वर्ष तीन हजारदेखि तीन हजार ५०० प्रतिकिलो मूल्यमा बिक्री हुने गरेको अलैँची अहिले प्रतिकिलो ५०० रूपैयाँ भएपछि अलैँची उत्पादक कृषक निराश भएका हुन् । उदयपुरको मध्य पहाडी क्षेत्रको रौता, […]

अन्तर्राष्ट्रिय किसान सम्मेलन हुने

ललितपुर। राष्ट्रिय किसान आयोगले अन्तर्राष्ट्रिय किसान सम्मेलनको आयोजना गर्ने भएको छ । काठमाडौंँमा यही फागुन २६–२८ गतेसम्म हुने सम्मेलनमा १० देशका १५ जना प्रतिनिधि सहभागि हुने आयोगले जनाएको छ। सम्मेलनमा किसान अधिकार, खाद्य सम्प्रभुतासम्बन्धी विभिन्न विधामा १५ वटा कार्यपत्र प्रस्तुत हुने आयोगले जनाएको छ । आयोगले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल लगायत बङ्गलादेश, चीन, […]

उत्तर कोरियामा चरम खाद्य सङ्कट, उत्पादन दशककै न्यून

सियोल। संयुक्त राष्ट्र सङ्घले उत्तर कोरियामा गत वर्ष खाद्य उत्पादन दशककै सबैभन्दा न्यून भएको जनाएको छ। प्राकृतिक प्रकोपका साथै खेतीयोग्य जमिनको अभाव तथा परम्परागत कृषिका कारण खाद्य उत्पादनमा व्यापक कमी आएको हो। अन्तर्राष्ट्रिय नाकाबन्दीका कारण आर्थिक रुपमा कमजोर बनेको उत्तर कोरियामा बर्सेनि चरम खाद्य सङ्कट हुने गरेको छ। राष्ट्र सङ्घका अनुसार गत वर्ष कोरियामा ४९ […]

क्यामोमाइलको व्यवसायीक खेतीतर्फ किसान

सर्लाही। सामान्य लगानीमा राम्रो आम्दानी लिन सकिने भएपछि सर्लाही जिल्लाका किसान नगदे बाली ‘क्यामोमाइल’ खेतीतर्फ आकर्षित भएका छन् । क्यामोमाइलको फूल मेसिनमा पेलेपछि तेल निकाल्न सकिन्छ । उक्त तेल सुगन्धित वस्तु उत्पादनका लागि प्रयोग गरिने किसानको भनाई छ । सर्लाहीको लालबन्दिमा व्यवसायीक रुपमा क्यामेमाईल खेती गर्दै आउनु भएका सिताराम दहाल यसको अन्तर्राष्ट्रिय बजारमा धेरै माग रहेको बताउनुहुन्छ । […]