मकवानपुर। मनहरी गाउँपालिका, रजैया, मकवानपुरले आर्थिक वर्ष २०७५/२०७६ को वार्षिक कार्यक्रम अनुसार बाख्राको खोर सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ। उक्त कार्यक्रम अनुसार १० माउ भन्दा कम वा बढी बाख्रा पालन गर्ने साना तथा ठुला कृषक दुवैले अनुदान लिन सक्नेछन्।

कसले निवेदन दिन पाउँछन् :

१८ वर्ष पुगी ५० वर्ष ननाघेका इच्छुक मनहरी गाउँपालिकाका स्थाई कृषकहरूले आवेदन दिन पाउँछन्।
तर प्रस्ताव दिने कृषकले पछिल्लो २ आर्थिक वर्ष सम्ममा कुनैपनि नगद वा वस्तुगत अनुदान सहयोग लिएका छन् भने आवेदन दिन पाउँदैनन्

के – के कागजात चाहिन्छ ?

स्पष्ट रूपमा भरिएको आवेदन फारम
संक्षिप्त कार्य योजना (कार्ययोजनामा खोर कस्तो बनाउने, कति खर्च लाग्छ, कहिले बनाउने जस्ता कुराहरू खुलाएर लेख्नुपर्छ।)
नेपाली नागरिकताको फोटोकपी
मनहरी गाउँपालिकाको स्थाई बासिन्दा हो भनि देखिने प्रमाणपत्र (धनिपूर्जा पनि देखाउनुपर्ने हुनसक्छ)

निवेदन बुझाउने अन्तिम मिति कहिले हो ?

निवेदन यही मिति २०७६ साल जेष्ठ ८ गते भित्रमा बुझाउनु पर्छ

नोट :

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई विशेष प्राथमिकता ।
निवेदन र कार्ययोजनाको ढाँचाका लागि मनहरी गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्नुहोला ।

कहाँ सम्पर्क गर्ने ?

पशु सेवा शाखा, रजैया, मनहरी – ९८४५१४९५४९ , ९८५५०७०४८४