ललितपुर। सरकारले वार्षिक एक हजार कृषि उद्यमी बनाउने योजना सार्वजनिक गरेको छ । स्वदेशी युवालाई विदेश पलायन हुन नदिन कृषि मन्त्रालयले युवा विशेष कार्यक्रमु प्रस्ताव गरेको हो ।

कृषि टेलिभिजनको नियमित प्रस्तुती कार्यक्रम हेलो किसानमा बोल्दै कृषि तथा पशुपन्छीं  मन्त्रालयका राज्यमन्त्री रामकुमारी चौधरीले उक्त कार्यक्रम अन्तर्गत कृषि उद्यमी गर्न चाहनेलाई करिब १० लाखसम्म अनुदान दिइने जानकारी दिनुभएको हो ।

मुख्य उद्देश्य रोजगारी सृजना गर्नु हो, राज्यमन्त्री चौधरीले भन्नुभयो , यस अन्तर्गत साना किसान /साना व्यवसायी र आफ्नो व्यवसाय विस्तार गर्न चाहनेलाई १० लाख अनुदान दिन अर्थ मन्त्रालयमा प्रस्ताव गरेका छौँ ।

मन्त्रालयका अनुसार अनुदान गाउँपालिकाको सिफारिसमा बैंक मार्फत दिइने छ । व्यवसाय गर्न चाहनेले ५०/५० प्रतिशत लगानी गर्नुपर्ने जनाएको छ । व्यवसायीले आफ्नो पैसाले केही काम गरेको पुष्टि भए मात्रै अनुदान पाइन्छ,उहाँका अनुशार, अनुदानको लागि गाउँरनगरपालिकाको सिफारिस अनिवार्य गरिएको छ । मन्त्रालयका अनुसार यो पञ्चवर्षे योजना हो । यस योजना अन्तर्गत ५ वर्षमा ५ हजारलाई रोजगारी बनाउने योजना रहेको मन्त्रालयले जनाएको छ ।

सरकारले यसअघि २०७३ सालमा पनि व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा कार्यक्रम सुरु गरेको थियो । विदेश जान रोक्ने, व्यवसायीक प्रयोजनका लागि १४ हजार ६ सय ३९ जनाले २५ अर्ब १८ करोड ३१ लाख बराबरको ऋण लिएका छन्, राष्ट्र बैङ्कको तथ्याङमा छ । यो ऋण अन्तर्गत सरकारले ५ प्रतिशत ब्याज अनुदान दिन्छ । बैंकले भने १० प्रतिशत ब्याज अनुदान दिँदै आएको छ ।