समाचार

कृषि बजेट खर्चको कार्यान्वयन शून्य

बनेपा। कृषि ज्ञान केन्द्रमार्फत् काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा प्राप्त भएको बजेट खर्चमध्ये अहिलेसम्ममा विकास बजेटको कुनै पनि काम अगाडि बढेको छैन ।किसानका लागि प्रांगारिक खेती, रैथाने बाली, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, उच्च बाली पुष्प खेती र वन तथा वातावरण गरी विभिन्न शीर्षकमा प्राप्त भएको बजेट अहिलेसम्म कार्यान्वयन हुन नसकेको कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकबाट थाहा भएको छ […]

आइरन र जिङ्क बढी भएको गहुँ परीक्षण सफल

भैरहवा। रुपन्देही जिल्लामा गहुँमा प्रोटिन र जिङ्कको मात्रा बढी भएको गहुँ उत्पादनको सफल परीक्षण गरिएको छ । सीमित परियोजनाको सहयोगमा लुम्बिनी सिड कम्पनी र कालिका बीउ कम्पनीले यसलाई परीक्षणका रूपमा रुपन्देहीमा लगाएका छन् । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ र तिलोत्तमा नगरपालिका भलबारी जोदाहामा नमुनाका रूपमा आठवटा नयाँ जात लगाइएको हो । जसको […]

रुखोपाखोमा पूर्वमन्त्रीको ड्रागन खेती

दाङ। तुलसीपुर–घोराही सडक खण्डसँग सटेको जग्गा । वषौंदेखि बाँझो । त्यही जग्गामा अहिले फलामका खाँबा गाडिएका छन् । ती खाँबासँगै भर्खरै बिरुवा रोपिएका छन् । झट्ट हेर्दा जो कोहीलाई अनौठो लाग्न सक्छ, त्यसमा पनि पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगर फरुवा समाएर खनिरहेको भेटिन्छन् । पूर्वमन्त्री मगरले दाङ तुलसीपुर उपमहानगरपालिका–१८ मा रहेको तीन बिघा ६ कठ्ठा जग्गामा […]

बर्डफ्लूजन्य संक्रमण हुन नदिन ३ नाकामा चेका प्वाइन्ट राखिने

काभ्रेपलाञ्चोक। केन्द्रीय राजधानी काठमाडौंलगायत अन्य जिल्लाका विभिन्न जातका कुखुरामा बर्डफ्लूजन्य संक्रमण देखिएपछि जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीन नाकामा चेक प्वाइन्ट राख्ने निर्णय गरेको छ । जिल्लामा बर्डफ्लूजन्य संक्रमण निभित्रियोस् भन्ने उद्देश्यले मंगलटार,साँगा र नाला नाकामा बर्डफ्लूूजन्य संक्रमण चेक प्वाइन्ट राख्ने निर्णय गरिएको केन्द्र प्रमुख डा.मोगलप्रसाद शाहले जानकारी दिए ।उनका अनुसार स्थानीय तहका […]

चिया उत्पादन र अनुसन्धानमा नेपाल-चीन सहकार्य आवश्यकः कृषिमन्त्री खनाल

बेइजिङ। कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा चिया उत्पादन, अनुसन्धान, प्रविधि र चियाको आर्थिक सामाजिक अन्तरसम्बन्धमा चीन सरकारसँग सहयोग र सहकार्यका आधारमा साथ अघि बढ्न चाहेको बताएका छन् । चीनको सिचुवान प्रान्तको इविन शहरमा सोमबार आयोजित तेस्रो अन्तर्राष्ट्रिय चिया सम्मेलनको प्रमुख अतिथि रहेका खनालले नेपाल चियामा आत्मनिर्भरताको अवस्थामा पुगे पनि चियालाई संस्कृति र कलाको […]

कास्कीमा पनि बर्डफ्लू भेटियो

पोखरा। हेटौंडा र काठमाण्डौमा कुखुरामा बर्ड फ्लू संक्रमण देखिएको समाचार आइरहँदा कास्कीमा पनि बर्ड फ्लू भेटिएको छ । मादी गाउँपालिका वडा नं ३, याङ्जाकोटमा स्थानीयले पालेका लोकल र गिरीराज जातका कुखुरामा बर्डफ्लू संक्रमण भएको हो । जिल्ला प्रशासन कार्यालय, कास्की बर्डफ्लू रोग नियन्त्रक कक्ष सूचना अधिकारी डा. गृष्म न्यौपानेका अनुसार याङ्जाकोटमा घरमा पालिएका कुखुरा मर्न […]

कोदो फल्ने बारीमा केरा

बागलुङ। जैमिनी नगरपालिका–१ कुश्मीशेरा, खौरका सूर्य पौडेल डोकोभरि केरा बोकेर बागलुङ कुश्मीशेरा सडकखण्डमा हरेक दिन ओहोरदोहोर गर्ने गर्छन् । उनी दिनमा हजारौं रुपैयाँको केराको कारोबार गर्छन् । दर्जनमा हिसाब हुने गाउँघरमा सूर्यले किसानको बारीबाट नै केरा उठाएर डोको भर्छन् र बजार लग्छन् । आफ्नै बारीको केरा पनि दैनिकी धान्ने उनको अर्को स्रोत हो । प्राथमिक […]

तीन जिल्लामा ‘प्राँगारिक कृषि प्रवद्र्धन मिशन’ कार्यक्रम

ललितपुर। उपत्यकाको तीन जिल्लामा प्राँगारिक कृषि प्रवद्र्धन मिशन कार्यक्रम सञ्चालन हुने भएको छ । यो कार्यक्रम सञ्चालन गर्नका लागि प्रदेश नम्बर ३ को सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमार्फत सूचना जारि गरेको छ । मन्त्रालयले यो कार्यक्रम उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरमा सञ्चालन गर्न लागेको हो । कृषि ज्ञान केन्द्र ललितपुरमार्फत सञ्चालन हुने यो […]

चकलाबन्दी खेती गरी उत्पादन बढाउनुको विकल्प छैनः प्रम

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनबमोजिमबाहेकका कुनै पनि काम गर्न सरकारले छुट नदिने बताउनुभएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले निर्माण गरेको फलफूल तथा तरकारी थोक बजार उद्घाटन गर्दै उहाँले चन्दाका नाममा जनतालाई धम्काउने र त्रास देखाउने गतिविधि लोकतन्त्रमा नचल्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले बजारको साँचो प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण […]

गाउँ छिर्दै पोल्ट्री व्यवसायीहरु

चितवन। ह्याचरी, कुखुराको फार्म तथा दाना उद्योग जिल्लाका ग्रामीण भेगमा खुल्ने क्रम बढ्दै गएकोे छ । शहरीकरणसँगै प्रदुषण बढ्नुका साथै जिल्लाको जनघनत्व र जग्गाको मूल्यमा वृद्धि भएपछि शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा पोल्ट्रीहरु खुल्न थालेको सरोकारवाला बताउँछन् । नेपाल पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार नयाँ व्यवसायीले कम लगानीबाट व्यवसाय शुरु गर्ने भएकाले सस्तो […]