समाचार

पर्वतका २ स्थानमा ‘मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम’ लागू

पर्वत। पर्वतका २ वटा वडालाई ‘मुख्यमन्त्री नमूना कृषि गाउँ’काे रुपमा विकास गरिने भएकाे छ। फलेवास नगरपालिका–११ कुर्घा र कुश्मा नगरपालिका–१ पाङलाई नमूना कृषि गाउँका रुपमा विकास गर्न थालिएको हो। कृषकसँंगको सहकार्यका आधारमा गण्डकी प्रदेशका हरेक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषि गाउँ निर्माण गर्न प्रदेश सरकारले गृहकार्य थाले अनुरुप पर्वतका यी दुई स्थानलाई नमूना कृषि गाउँको रुपमा […]

निशुल्क कृषि तथा पशुपन्छीं सम्बन्धी तालिमको फाराम भर्ने म्याद अव ६ दिन बाँकी

पोखरा। प्रदेशको कृषि नीति ड्राफ्ट गरिरहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशले विगतको परम्परागत तालिममुखी प्रणालीलाई परिवर्तन गरी किसानबाट नै प्रस्ताव आह्वान गरी कृषि सम्बन्धी विभिन्न विषयमा तालिम प्रदान गर्ने भएको छ । विगतका बर्षहरूमा केन्द्रीय सरकारले तत्कालिन जिल्ला कृषि विकास कार्यालय मार्फत निश्चित कोटा निर्धारण गरी विभिन्न तालिममा सहभागी हुन किसानबाट प्रस्ताव आह्वान […]

नेपाल र जापानबीच श्रम सम्झौता, कृषि क्षेत्रमा पनि कामदार लिने

ललितपुर। नेपाल र जापानबीच श्रम सम्झौता भएसँगै अन्तराष्ट्रिय श्रम बजारमा नयाँ गन्तव्य खुलेको छ। सम्झौतामा सोमबार नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र जापानकातर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले हस्ताक्षर गरे। अब योसँगै आगामी अप्रिल १ देखि निर्णय कार्यान्वयनमा आउने छ। भाषा परीक्षा उत्तिर्ण गरेपछि जापान रोजगारीको ढोका खुल्ने […]

नयाँ पुस्ताका आलुको बीउ उत्पादन

काभ्रेपलाञ्चोक। पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ । वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ उत्पादन गरिएको केन्द्रप्रमुख युवराज पाण्डेले बताउनुभयो । उहाँले केन्द्रमा आलुको पूर्व मूलबीउ र मूल बीउ उत्पादन गरिरहेको जानकारी दिनुभयो । आलुको बीउ उत्पादनका लागि कुनै प्रकारका किरा […]

१ सय ११ किसान मोदीविरुद्ध चुनाव लड्दै

एजेन्सी। भारतमा लामो समयदेखि आफ्ना माग पूरा गराउन संघर्ष गर्दै आएका किसानहरूले सरकारलाई दबाब दिन नयाँ उपाय अपनाएका छन्। उनीहरूले आसन्न लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध मैदान उत्रिने भन्दै माग पूरा गराउन दबाब दिएका छन्। आफ्ना मागलाई लिएर दिल्लीमा लामो समयदेखि छुट्टाछुट्टै तरिकाले विरोध प्रदर्शन गरेपछि तमिलनाडुका १११ जना किसानले बनारस लोकसभा सिटबाट प्रधानमन्त्री मोदीविरुद्ध […]

भूउपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदबाट पारित

ललितपुर। खेतीयोग्य जमिन लगातार ३ वर्षसम्म बाँझो राखे कारबाही हुने विधेयक संघीय संसदबाट पारित भएको छ। केही दिन पहिले प्रतिनिधि सभाबाट पारित भएको विधेयक आइतबार राष्ट्रिय सभाबाट पनि पारित भएको छ। पारित विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेर राजपत्रमा सूचना प्रकाशित भएपछि लागू हुने छ। प्रतिनिधि सभाले फागुन २६ गते विधेयक पारित गरेको थियो। लगत्तै उक्त विधेयक […]

राजनीतिसँगै इलम

लम्की। ‘राजनीति पेशा होइन, समाजसेवा हो’ भन्ने मान्यतालाई राजनीतिमा लागेका कैलालीका केही युवाले व्यवहार मै उतार्न थालेका छन् । उनीहरु जीविकोपार्जनका निम्ति कृषिलाई पेशा बनाउन थालेका छन् भने राजनीतिलाई विशुद्ध समाजसेवाको रुपमा अघि बढाउने प्रयासमा छन् । मातृका तिमिल्सेना तत्कालीन नेकपा एमालेका केन्द्रीय प्रचार विभाग सदस्य हुन् । चार वर्षदेखि उनी राजनीति सँगसँगै कृषि पेशा […]

प्रति लिटर ४० हजार पर्ने क्यामोमीला खेती गर्ने कि ?

क्यामोमीला ६० देखि ९० से.मि. अग्लो हुने सयपत्री फूल (compositae)को परिवारमा पर्ने एकबर्षीय झार वर्गको वनस्पति हो । यो हाँगादार र सुगन्धित हुन्छ । यसका पातहरु संयुक्त खालका हुन्छन् र पातहरु साह्रै मसिना खण्ड खण्डमा विभाजित हुन्छ । फूलको डाँठ पहेँलो र हरियो रंगको र २ देखि ३ मीटर लामो हुन्छ । यसका फूलहरु पहँलो […]

डोको बुनेर छाक टार्दै दृष्टिविहीन खिमप्रसाद

गलेश्वर। रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका जन्मजात दृष्टिविहीन खिमप्रसाद छन्त्यालको जीवन अत्यन्त कष्टकर रुपमा बितिरहेको छ । जन्मदै आँखाको दृष्टि गुमाएका छन्त्यालले जन्मेपछि सानै उमेरमा बुबाआमा पनि गुमाए । बाबुआमाको मृत्युपछि रोजगारीको खोजीमा भारत पसेका दाजु पनि उतै बेपत्ता भए । एउटी बहिनी पनि दृष्टिविहीन । दिदीले गाउँकै युवकसँग विवाह गरेपछि घरमा दुई दृष्टिविहीन दाजु बहिनी मात्र […]

देशकै सबैभन्दा बढी कुखुरापालन हुने चितवन बर्डफ्लबाट सुरक्षित

चितवन । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द चितवनले हालसम्म जिल्लामा बर्डफ्लु नदेखिएको जानकारी दिएको छ । देशका विभिन्न क्षेत्रमा कुखुराजन्य वस्तु आयातमा रोक लगाएपछि कार्यालयले जिल्लामा बर्डफ्लु पनदेखिएकाले ढुक्कसँग प्रयोग गर्न आग्रह गरेको छ । केन्द्रका प्रमुख डा विजयकुमार श्रेष्ठले मकवानपुर, काठमाडौं र पोखरामा बर्डफ्लु देखिए पनि यहाँ भने समस्या नभएको बताए । […]