
ललितपुर। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, तनहुँले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक कार्यक्रम अनुसार ५० % अनुदानमा हाते ट्रयाक्टर वितरण गर्ने भएको छ। इच्छुक कृषक, फर्म, कृषक समूह तथा सहकारीले निवेदन बुझाएर अनुदान लिन सक्ने कुरा केन्द्रले प्रकाशित गरेको सुचनामा उल्लेख गरिएको छ।
कसले दिने निवेदन ?
इच्छुक कृषक, फर्म, कृषक समूह तथा सहकारीले निवेदन दिन पाउँछन् ।
केके सर्तहरू छन्रु ?
अनुदान प्राप्त गर्न कृषकको हकमा कम्तीमा ५ रोपनी जग्गामा र समूह, सहकारी वा सामुदायिक बीउ बैङ्क व्यवस्थापन समिति हो भने कलष्टरमा कम्तीमा २० रोपनी जग्गामा रैथाने बालीको खेती गरेको हुनुपर्छ ।
केके कागजात चाहिन्छ ?
निवेदन दिने व्यक्तिको नागरिकताको फोटोकपी
फार्म दर्ता गरेको प्रमाण पत्र, स्थायी लेखा नम्बर र कर चुक्ता गरेको प्रमाण पत्रको फोटोकपी
सहकारी तथा समूह हो भने सहकारीरसमूह दर्ताको फोटोकपी र कार्यक्रम सञ्चालन बारे समूहको बैठकको निर्णयको फोटोकपी
खेती गर्ने जमिनको लालपुर्जा तथा ५ वर्षको लागि जमिन भाडामा लिएको सम्झौताको फोटोकपी
सम्बन्धित वडाको दोहोरो सहयोग नलिएको र नलिने विवरण सहितको सिफारिस पत्र
निवेदन बुझाउने अन्तिम मिति कहिले हो ?
निवेदन यही मिति २०७६ साल ज्येष्ठ १३ गते भित्र बुझाउनु पर्छ
निवेदन कहाँ बुझाउने ?
निवेदन कृषि ज्ञान केन्द्र, तनहुँमा बुझाउनु पर्छ
कहाँ सम्पर्क गर्ने ?
कृषि ज्ञान केन्द्र,दमौली, तनहुँस् ०६५-५६०१३०
इमेल : akctanahun@gmail.com