समाचार

विषादी परिक्षण यथाबत : कृषि मन्त्री

ललितपुर। कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनालले विषादी चेकजाँच अहिलेपनि जारी नै रहेको बताउनुभएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले अहिलेपनि विषादी परीक्षण आफ्नै प्रक्रियामा भैरहेको बताउनुभएको हो । मन्त्री खनालले नेपालमा अहिले अस्तित्वमा रहेका विषादी परीक्षण ल्याबहरुको क्षमतामा प्रश्न रहेको भन्दै ती ल्याबलाई छिट्टै स्तरोन्नती गरिने बताउनुभयो […]

चार सय मुक्त हलिया आफ्नै घरमा

जाजरकोट। आफ्नो घर नभएर अर्काको शरणमा बस्दै आएका छेडागाड नगरपालिका–१३ का प्रसाद बादी अहिले घर निर्माणपछि आफ्नै घरमा बस्न थाल्नुभएको छ । आफ्नो घर नहुँदा अर्काको घरमा हलिया भएर बस्दा सधैँ हेलाको पात्र हुनुपरेको र शरीर ढिलो, थिलो हुनेगरी कामसमेत गर्नुपरेको उहाँले बताउनुभयो । उहाँजस्तै अर्का बुद्धे नेपालीलाई पनि घर र जग्गा नहुँदा दैनिक पीडा […]

कृषि सहकारी भारततर्फ जाने पूँजी रोक्दै

बाँके। कुनै बेला नेपालगञ्ज बजारबाट करोडौँ रुपैयाँ सीमावर्ती भारतीय बजारका बैंक तथा सहकारीमा जाने गर्दथ्यो । दैनिकजसो भारतीय बैंक तथा सहकारीका एजेन्टले नेपालगञ्जका व्यवसायी कहाँ पुगेर रकम सङ्कलन गरी सीमापारि पु¥याउथे । कति बचतकर्ताको रकम त फिर्ता पनि आउँदैन्थ्यो तर, बाँके जिल्लामा सहकारीको बढ्दो प्रभावकारिता र विस्तारले दैनिक आम्दानीको रकम सुरक्षितरुपले बचत गर्न भारतमा पठाउन […]

असार सकिनै लाग्दा रोपाइँ २३ प्रतिशतमात्र

ललितपुर। असार सकिन केही दिन मात्र बाँकी छ तर धान रोपाइँंको अवस्था हेर्ने हो भने भर्खर असार लाग्न सुरू भएको जस्तो मात्र देखिन्छ । धान रोपाइँं जम्मा २३ प्रतिशत मात्र सम्पन्न भएको छ । मुख्य समयमै रोपाइँं कम भएपछि उत्पादन कम हुने सुनिश्चित छ । सातवटा प्रदेशमध्य कर्णाली प्रदेशमा सबैभन्दा धेरै (धान) रोपाइँं सम्पन्न भएको […]

काजु खेती गर्ने सोचमा हुनुहुन्छ ? आउनुहोस काजु खेती बारे जानकारी लिऔं

यो आँप जस्तै एनाकार्डिएसि (Anacardiaceae) परिवार अन्तरगत पर्ने विरुवा हो । यस्को वैज्ञानिक नाम एनाकार्डिएम अक्सिडेन्टल (Anacardium occidentale L.) हो । यस्को फलको आकार मुटुको उल्टो आकारसंग मिल्दो भएकोले यसलाई उल्टो मुटो जस्तो फल भनिएको हो । यस्को विरुवा सदावहार प्रकृतिको १०—१२ मिटर सम्म अग्लो हुन्छ । पातहरु ४—२२ सेन्टिमिटर लामो र २— १९ सेन्टिमिटर […]

अत्याधुनिक तरकारी तथा फलफूल बजार सञ्चालनमा ढिलाइ

विराटनगर । मोरङको कटहरीस्थित अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार सञ्चालनमा ढिलाइ भएको छ । विराटनगरको तरकारी बजार व्यवस्थित बनाउने उद्देश्यले निर्माण गरिएको तरकारी बजार प्रदेश सरकारले नियमावली र कार्यविधि नबनाउँदा सञ्चालनमा ढिलाइ भएको हो । गत चैत महिनमा प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको मोरङको कटहरीस्थित सुविधासम्पन्न तरकारी तथा फलफूल बजार कार्यविधि र नियमावली नहुँदा सञ्चालनमा […]

बिराटनगरमा विषादीको प्रयोगशाला खुल्यो, संघले अनुमति दिए आयातीत तरकारी र फलफूल परीक्षण गर्ने

विराटनगर। प्रदेश १ सरकारले सोमबारबाट खाद्यवस्तुमा रहेको विषादी परीक्षण गर्ने आधुनिक प्रयोगशाला सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेको वा कतैबाट आयात गरिएको तरकारी लगायत खाद्यवस्तु खान योग्य वा अयोग्य भएको परीक्षण गर्न प्रयोगशाला स्थापना गरिएको हो । केही दिन अघिसम्म भारत लगायत अन्य मुलुकबाट आयात हुने तरकारी परीक्षणकालागि झापाको बिर्ताममोडमै लैजानुपर्ने वाध्यता अन्त्य गर्न […]

मनसुन सक्रिय, चार दिन भारी वर्षा हुने

ललितपुर। मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतमा रहेको न्यून चापीय रेखा ९पानी पर्ने प्रणाली० उत्तर नेपालतर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए। उक्त न्यून चापीय प्रणाली चाररपाँच दिनसम्म रहन सक्ने र त्यसपछि दक्षिणतिर […]

तरकारी र फलफूलमा विषादी परीक्षण रोक्न भारतकै दबाब, भारतीय मिडियाले गरे खुलासा

ललितपुर। भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोक्नका लागि भारतले नै दबाब दिएको तथ्य भारतीय संचारमाध्यमले उजागर गरेका छन् । सरकारले प्राविधिक समस्याका कारण तत्कालका लागि तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेर पूर्ववत् भित्रिन दिने निर्णय गरिएको दावी गरे पनि भारतीय संचारमाध्यमले भने भारतकै दबाबका कारण नेपाल सरकारले उक्त निर्णय फिर्ता लिएको दाबी […]

तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने निर्णयप्रति कांग्रेसको आपत्ति

ललितपुर। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने काम रोकेर सरकारले शक्ति केन्द्रसामु घुँडा टेकेको आरोप लगाएको छ । प्रतिनिधि सभाको आइतवार बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले जनताको जीवनमा खेलबाड गरेको आरोप लगाउनुभएको हो । उहाँले विषादी परीक्षण रोक्नेसम्बन्धी निर्णयबारे […]