समाचार

अव सुन्तला र जुनारको पनि बीमा गर्न सकिने

ललितपुर। बीमा समितिले सुन्तला र जुनार खेती बीमालेख योजना जारी गरेको छ । यस बीमालेखले सुन्तला र जुनार खेतीमा हानि नोक्सानी भएमा रक्षावरण गर्नेछ । समितिले कागती सुन्तला र जुनार बीमालेख एकैपटक जारी गरेको हो । जुनार र सुन्तलाको हकमा समुद्री सतहको एक हजारदेखि एक हजार ४०० मिटरसम्ममा खेती गरेको हुनुपर्नेछ । तर, उष्ण प्रदेशीय […]

अण्डा र चल्ला बेच्नै मुस्किल, व्यावसायमा थप संकट

चितवन। देशमा आत्मनिर्भर रहेको कुखुरापालन व्यवसाय पछिल्लो समय संकटमा परेको छ । ह्याचरीहरुले उत्पादन गरेका चल्ला र लेयर्स कुखुराको अण्डाले मूल्य नपाउनुका साथै बिक्न मुस्किल भएपछि व्यवसायमा संकट देखापरेको हो । नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलका अनुसार लागतभन्दा निकै कम मूल्यमा चल्ला विक्री गर्नसमेत कठिन भएको छ । नेपालमा २५३ ओटा ह्याचरी […]

कृषि बस्तुको उत्पादन वृद्धिदर ५.१ प्रतिशत हुने अनुमान

ललितपुर आर्थिक वर्ष २०७५/७६ को कृषि क्षेत्रको कूल गार्हस्थ्य उत्पादन २६.९८ प्रतिशत हुने अनुमान गरिएको छ । सोमबार संसद्मा पेश भएको आर्थिक सर्वेक्षणमा विगत दुई दशकमा कृषि क्षेत्रको उत्पादन औसत ३.२ प्रतिशतले वृद्धि भएको तथा आव २०७४/७५ मा कृषि क्षेत्रको उत्पादन वृद्धिदर २.७ रहेको उल्लेख छ । आव २०७५.७६ मा कृषि क्षेत्रको उत्पादन वृद्धिदर ५.१ […]

सहुलियत कर्जा, ९९ प्रतिसत कृषि र पशुपंक्षीमा

ललितपुर। सरकारले आन्तरिक उत्पादनमा सहयोग पुग्ने तथा रोजगारी सिर्जना गर्न सुरु गरेको सहुलियत ब्याजदरको कर्जा कृषि तथा पशुपन्छी व्यवसायमा मात्र केन्द्रित भएको पाईएको छ । सरकारले विभिन्न ७ शीर्षकमा सो कर्जा दिने भए पनि सहुलियत ब्याजदरको कुल कर्जामा ९९ प्रतिशतभन्दा धेरै व्यावसायिक कृषि तथा पशुपन्छीमा प्रवाह भएको हो । सरकारले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, […]

यार्सा सङ्कलनका लागि १६ नाका खुला

सुर्खेत। बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि डोल्पा र मुगु जिल्लाका १६ नाका खुला गरिएको छ । यार्सागुम्बा सङ्कलनलाई व्यवस्थित गराउन डोल्पाका १४ र मुगुका दुई नाका खुलाइएको हो । माथिल्लो डोल्पा, सुन्दवा, छेप्का, धो, साल्दांग, भिजेर, तोइजुम, त्रिपुराकोट, खालीवन, डोल्फू, किर्मी, पलङ्ग, रिग्मुलगायतका नाकाबाट यार्सा सङ्कलकलाई प्रवेश अनुमति दिएको छ । तीमध्ये धो, सुलिगाड […]

कृषि अनुदानमा कडाई, ५० प्रतिशतभन्दा बढी नपाउने

ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी वर्षदेखि कृषिमा दिंदै आएको शतप्रतिसम्मको अनुदान रमक घटाउने भएको छ । मन्त्रालयले आगामी वर्षको बजेटबाट अनुदान पूरै परियोजना लागतको ५० प्रतिशतमा झार्ने तयारी गरेको हो । यसका लागि अनुदान कार्यविधि परिवर्तन गर्न लागिएको मन्त्रालयले जनाएको छ । यसअघि दिइएका अनुदानबाट प्रतिफल नआएको, हुनेखाने तथा पहुँचवालाकै बोलबाला रहेको भन्दै […]

गण्डकीमा १७५ उद्योग खोलिने

पोखरा। गण्डकी प्रदेश सरकारले प्रदेशमा १७५ उद्योग खोल्ने तयारी गरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा आज पोखरामा आयोजित ‘गण्डकी प्रदेशमा निर्यात सम्भावना, आयात प्रतिस्थापन तथा अन्तर प्रादेशिक प्रोफाइल प्रतिवेदन तयारी’ विषयक गोष्ठीमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले आगामी आवभित्रै हिमालमा २५, पहाडमा ५० र तराईमा […]

कागती खेती गर्न सिकाइदैं

लमही। प्रदेश ५ सरकारले स्मार्ट कृषि गाउँका रुपमा छनोट गरेको दाङ लमही– ९ हर्दवाका किसानलाई कागतीखेती गर्न सिकाउन थालिएको छ । उक्त गाउँलाई स्मार्ट कृषि गाउँ घोषणा गरिएकोले त्यहाँ कागतीको उत्पादन बढाउन किसानलाई आधुनिक कागती खेतीतर्फ उन्मुख गराउन थालिएको हो । प्रदेश सरकारको रु ५० लाख बजेटमा तालीम शुरु भएको प्रदेशसभा सदस्य रेवतीरमण शर्माले बताए […]

अमेरिकन फौजी किरा नेपालमा, बालीनालीका लागि खतरनाक

ललितपुर। अमेरिकी फौजी किरा नेपालमा फेला परेको छ । अमेरिका हुँदै भारतसम्म आइपुगेका सो किरा नेपालमा वैशाख २७ गते फेला परेको हो। अन्नबालीमा व्यापक रुपमा नोक्सानी पुर्याउने सो कीरा अमेरिकाको रैथानी किरा हो । यस कीराको लार्भाले अन्नबाली लगायत विभिन्न ८० प्रकारका बालीनालीमा क्षती पुयाउने गरेको किट विज्ञान महाशाखाका वैज्ञानिक अजयश्री बज्रचार्यले जानकारी दिए । […]

दामनमै भेटियो किलोको ३० हजार पर्ने गुच्ची च्याउ

मकवानपुर। कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा पाइने अति महँगो गुच्ची च्याउ मकवानपुरको दामनमा भेटिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कर्णाली प्रदेशमा ५९ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा २८ तथा अन्य प्रदेशमा १३ प्रतिशत गुच्ची च्याउ उत्पादन हुने तथ्याङ्क सार्वजनिक गरिरहेको बेला दुई हजारदेखि दुई हजार ५०० मिटरबीच दामन क्षेत्रमा यो […]