ललितपुर। राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र क्रीर्तिपुरले आर्थिक वर्ष ०७६ ७७ को आर्थिक स्वीकृत कार्यक्रम अन्र्तगत बीउ आलु आत्मनिर्भर कार्यक्रम संचालनको लागि प्रस्तावना आव्हान गरेको छ ।

झापा ,सुनसरी, बर्दिया, कैलाली, कन्चनपुर, लमजुङ , स्याङ्जा र कास्की जिल्लामा कार्यक्रम संचालन गरिने राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रले जनाएको छ ।
कार्यक्रममा सहभागी हुन इच्छुक कृषक समुह, कृषि सहकारी वा कृषि फर्महरुले आवेदन दिन सक्ने केन्द्रले जनाएको छ ।

कार्यक्रम : बीउ आलु आत्मनिर्भर कार्यक्रम ।

स्वीकृत संख्या : तराइका जिल्लाहरुमा ५० वटा समुह /ब्लष्टर र पहाडका जिल्लाहरुमा ९ वटा समुह /ब्लष्टर ।

थप जानकारीको लागि सम्पर्क नंक्बर : ९८४६२०१०००