समाचार

डडेल्धुरा र डोटीलाई फलफूलमा आत्मनिर्भर बनाइने

डडेल्धुरा। कृषि ज्ञान केन्द्र डडेल्धुराले बगैँचा विस्तार कार्यक्रमलाई तीव्रता दिएको छ । केन्द्रको कार्यक्षेत्र डडेल्धुरा र डोटीलाई फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यले चालू आर्थिक वर्षमा विभिन्न जातका फलफूलका १५ हजार बिरुवा वितरण गरिएको छ । दुईवटै जिल्लाका विभिन्न स्थानमा हावापानी सुहाउँदो मागअनुसारका अमीलो जातका साथै आँप, लिची, अनारलगायतका बिरुवा वितरण गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ […]

सलगम खेती कसरी गर्ने ? कुन ठाउँमा सलगम खेती उपयुक्त हुन्छ सम्पूर्ण जानकारी

सलगम बालीलाई चिसो हावापानी चाहिन्छ।अतः यसले ठण्डा मौसम रुचाउँदछ।तापक्रमको हिसाबले ५ डिग्री सेन्टिग्रेड देखि २० डिग्री सेन्टिग्रेड सम्मको तापमान गुणस्तरीय उत्पादनको लागि राम्रो हुन्छ। नेपालमा कुन कुन रंगको सलगमहरु पाइन्छन् ? नेपालमा सेता र राता दुवै प्रकारका सलगमहरु पाईन्छन्। यो कस्तो मौसममा फस्टाउने बाली हो  ? सलगम चिसो मौसममा फस्टाउने बाली हो।तापक्रम २० डिग्री सेन्टिग्रेड […]

विषादी विरुद्ध कृषि अभियान्तको खबरदारी

ललितपुर। सरकारले गरेको विषादी चेकजाँच नगरी भारत लगाएत तेस्रो मूलुकबाट आयात हने तरीका तथा फलफूलको विषादी परिक्षण नगर्ने निर्णयलाई सच्याउन माग गर्दै कृषि क्षेत्रको विकास र किसानहरुको हितमा काम गर्दै आएका विभिन्न संघहरुले दवाव सिर्जना गरेका छन् । ‘स्वस्थ खाद्य र स्वाधीनताको लागि नागरिक अभियानको व्यानरमा रहेका १० वटा संघसंस्थाहरुले काठमाण्डौं माइतिघर मण्डलादेखि नयाँ वानेश्वर […]

कृषिबाटै करोडपति

म्याग्दी। आजभन्दा ४० वर्ष पहिले गरिबीका कारण के खाउँ र के लाउँको अवस्थामा रहेका व्यक्ति विदेश पनि नगाई र कुनै जागिर, व्यवसाय पनि नगरी करोडपति बनेको कुरा धेरैलाई अपत्यारिलो लाग्न सक्ला । तर, म्याग्दीको बेनी नगरपालिका वडा नं २ खवराका एक व्यक्ति विदेशी भुमिमा होइन आफ्नै खेत खलोको माटोमा खेल्दै, मिहिनेतका पसिना बगाउँदै,अरुलाई खुवाउँदै–आफूले खाँदै, […]

रामपुर इन्जिनीयरिङ क्याम्पस सञ्चालन गर्ने तयारीमा त्रिबि

चितवन । त्रिभुवन विश्वविद्यालयले रामपुरमा इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्ने भएको छ । हाल कृषि तथा वन विज्ञान विश्वविद्यालय  रहेको उक्त क्याम्पस सञ्चालन गर्न लागिएको हो । उक्त विश्वविद्यालयको इञ्जिनीयरिङ संकायको यो पाँचौं आंगिक क्याम्पस हो । विश्वविद्यालयका इञ्जिनीयरिङ संकायका डिन प्रा रामचन्द्र सापकोटाले अन्य क्याम्पससँगै प्रस्तावित क्याम्पसका रुपमा रहेको चितवन इञ्जिनीयरिङ क्याम्पसको नाम राखेर प्रवेश […]

विषादी परीक्षणपछि मात्रै गाडीको भन्सार पास

भैरहवा। नेपाल–भारत सिमाना रुपन्देहीको बेलहियाबाट तरकारीर फलफूल बोकेका भारतीय गाडी विषादी परीक्षणबाट मात्रै भन्सार पास गर्न सुरु गरिएको छ । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि भारतबाट आयात गरिएका तरकारी तथा फलफूलको विषादी जाँच गरेर मात्रै गाडी भन्सार पास गर्न सुरु गरिएको हो । बुटवलमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईमा विषादी जाँच गरेपछि मात्रै […]

बाढी र पहिरोको जोखिम शनिबारसम्मै

ललितपुर। यूनचापीय रेखा (वर्षा गराउने वायु) नेपाल प्रवेश गरेकाले देशभर वर्षा भइरहेको छ। न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले देशभर वर्षा भइरहेको जल तथा मौसम अनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताइन्। उनले भनिन्, ‘आगामी तीन दिन देशभर मनसुन अति सक्रिय हुनेछ, जसले गर्दा बाढी, पहिरोको उच्च जोखिम रहेकाले सतर्कता उपनाउनुपर्ने हुन्छ।’ विशेषगरी शुक्रबार र शनिबारलाई […]

कृषि मन्त्रि खनालद्धारा बिषादी परिक्षणमा कडाई गर्न निर्देशन

ललितपुर । कृषि तथा पशुपन्छि विकास मन्त्रि चक्रपाणी खनालले शुक्रबार कालिमाटी तरकारी बजारमा रहेको बिषादी अबशेष द्रुत विश्लेषण ईकाई  (प्रयोगशाला)को अनुगमन गर्नु भएको छ । प्रयोशालाको अनुगमन गर्दै कृषि मन्त्रि खनालले विषादी प्रयोगशालाको परिक्षण सम्बन्धि काम चुस्त दुरुस्त राख्न निर्देशन दिनु भएको हो । उहाँले नेपालमा विषादीको सन्दर्भ नबुझी आफ्नै ढंगले विशलेषण भइरहेको बताउनु भयो […]

बर्डफ्लूपीडित किसानले ८ करोड क्षतीपूर्ति पाउने

ललितपुर। बर्डफ्लूका कारण नोक्सानी व्यहोरेका ९ जिल्लाका कुखुरापालक व्यवसायीलाई सरकारले ८ करोड १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । पछिल्लो सात महिनामा देशका विभिन्न भागमा देखिएको बर्डफ्लू संकमणका कारण नष्ट गरिएका कुखुरा तथा अण्डा र दानाको क्षतिपूर्ति वितरण गरिने पशुसेवा विभागले जनाएको छ । विभागका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नवलपरासी, मोरङ, सुनसरी […]

साताभरी भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

ललितपुर। हिजोदेखि मनसुन न्यूनचापिय रेखा नेपालको नजिक रहेको छ। आज साँझसम्म नै मनसुन न्यूनचापिय रेखा नेपालको पुर्वदेखि पश्चिम तराई भू-भागमा रहिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसै कारण हाल देशभर पूर्ण बदली रहने भएको छ । त्यस्तै अहिले देशका धेरैजसो स्थानहरुमा मनसुनि वर्षा भइरहेको छ। यो क्रम कम्तिमा आज साँझसम्म कायम रहने छ । […]