
ललितपुर। राष्ट्रिय फलफूल विकास केन्द्रले निजी क्षेत्रमा फलफूल खेती विस्तार कार्यक्रमको लागि किसानलाई अनुदान दिने भएको छ ।
आर्थिक वर्ष ७६/ ७७ को स्वीकृत कार्यक्रम अनुसार ईच्छुक फर्म, कम्पनी, संस्था तथा कृषक समुह, कृषि सहकारीले सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुरमा दर्ता हुन सक्ने केन्द्रले जनाएको छ ।
कार्यक्रम हुने जिल्लाहरु : पलफूल बाली
मुस्ताङ्ग, कालीकोट – स्याउ
रौतहट, सर्लाही, बारा – आँप
झापा, दोलखा , दैलेख, अर्घाखाँची, भोजपुर, तेह्रथुम, सुनसरी, कैलाली, नबलपरासी, सल्यान, गुल्मी, तनहु, पर्वत, बागलुङ, सिन्धुपाल्चोक – सुन्तला कागती
थप जानकारीको लागि : ०१ ४३३१३८२, ४३३६६०९, ४३३१६१९