बिजुवार। तरकारी उत्पादन गर्दै आएका किसानको सहजताको लागि प्यूठान नगरपालिकाले चालु आर्थिक वर्ष ७६/७७ को स्वीकृत कार्यक्रम अनुशार किसानलाई प्लास्टिक टनेल वितरणमा ८० प्रतिशत अनुदान वितरण गर्ने भएको छ ।

नगरपालिकाले असोज ५ गते सुचना सार्वजनिक गरी कार्यक्रममा समावेश हुन ईच्छुक कृषक, कृषक समुहलाई सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त पेश गर्न आव्हान गरेको छ ।

आवस्यक कागजातहरु :
निवेदन
समुह, सहकारी सहकारी संस्था दर्ता / नविकरण गरेको प्रमाण पत्रको प्रतिलिपी
वडा कार्यलयको सिफारिस पत्र
दर्खास्त दस्तुर प्यूठान नगरपालिका राजश्व फाँटमा तिरेको रशिद