
ललितपुर। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का पूर्व महाप्रवन्धक सहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डीडीसीका पूर्व निमित्त महाप्रबन्धक गंगा तिमल्सिनासहित १० जना विरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आयोगले संस्थानको दुग्ध वितरण प्रक्रियामा टेण्डर नगरी पुरानै कम्पनीलाई ठेक्का दिएर करोडौं भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेकोे छ ।
आयोगले संस्थानका तत्कालीन महाप्रबन्धक गंगा तिमसिना, तत्कालीन निमित्त उपमहाप्रबन्धक डा.ईश्वरी प्रसाद अधिकारी, दुग्ध वितरण आयोजना बालाजुका तत्कालीन आयोजना प्रमुख राजगोविन्द राजकर्णिकार, तत्कालीन सहायक प्रबन्धक माधवप्रसाद ओझा विरुद्ध मुद्दा दायरा गरेको हो ।
तत्कालीन बरिष्ठ लेखा अधिकृत राजनजंग थापा र तत्कालीन प्रशासकिय अधिकृत हाल दुग्ध विकास संस्थानका प्रशासन व्यवस्थापन विभागका निमित्त प्रमुख दिपक सुवेदी विरुद्ध जनही ४६ लाख ७९ हजार रुपैयाँ ३५ पैसा विगो दावी गर्दै मुद्दा दायर गरेको छ ।