समाचार

चार महिनामै फल्यो स्याउ

बाजुरा। बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महिनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ । गाउँपालिकाले गत चैत महिनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले जानकारी दिएका छन् । सो स्थानमा फुजी, […]

कफी खेतीमा अब्बल काभ्रेपलाञ्चोक

ललितपुर। नेपालका ३२ जिल्लामा व्यावसायिक कफी खेती भैरहेको तथ्यांक सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक भएको केन्द्रीय तथ्यांक विभागको सर्वेक्षणले नेपालका ३२ जिल्लामा व्यावसायीक कफी खेती भैरहेको तथ्यांक सार्वजनिक गरेको हो । नतिजा अनुसार ती जिल्लाका कुल ९७६ हेक्टर जमिनमा कफीको व्यावसायिक खेती भैरहेको छ । कुल ६ हजार ३४६ कृषक व्यावसायिक कफी खेतीमा आवद्ध […]

व्यावसायिक टिमुर खेतीमा सहकारी

चौतारा। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवागाँउमा ६० रोपनी जमीनमा व्यावसायिक रुपमा टिम्मुर खेती शुरु गरिएको छ। स्थानीय नेत्रज्योति सहकारी संस्थाको रु १४ लाख लगानीमा सल्यान जिल्लाबाट पाँच हजार विरुवा झिकाई सहकारी संस्थामार्फत टिम्मसर खेती शुरु गरिएको संस्थाको अध्यक्ष नेत्रबहादुर बस्नेतले बताए। शेयर सदस्यहरुको बाँझो जमीनलाई सहकारीले जिम्मा लिई उत्पादनयोग्य बनाएको छ । तत्पश्चात टिम्मुर फलेपछि […]

उखु किसानद्वारा आन्दोलनको घोषणा

नवलपरासी। हरेक वर्ष उखु भुक्तानीको विषयलाई लिएर आन्दोलनमा उत्रिएका पश्चिम नवलपरासीका उखु किसानहरू यस वर्ष पनि आन्दोलनको घोषणा गरेका छन् । चिनी उद्योगले एक साताभित्र भुक्तानी शुरु नगरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नेलगायतका आन्दोलनका कार्यक्रम उखु उत्पादक कृषक समितिले सार्वजनिक गरेको हो । भुक्तानीको विषयलाई लिएर सधैँ आन्दोलन गर्न बाध्य किसान अब यसपटक पनि एक साताभित्र […]

बिसादीको असर माछामा पनी

दमौली । तनहुँको व्यास नगरपालिका–५ अलैँचेका सन्तबहादुर थापाले साँगेखोलामा माछा मार्न थालेको ३४ वर्ष पुग्यो । घरबाट माछा मार्न जाल बोकेर हिँडेको दिनमा उहाँ खाली हात फर्किनुपरेन । दिनमा १० किलोसम्म माछा मारेर बिक्री गर्नुभएका उहाँलाई आजभोलि दिनमा एक/दुई किलो माछा मार्न पनि मुस्किल छ । साँगेखोलामा माछा मार्न जाल हानिरहेका बेला भेटिनुभएका थापाले आजभोलि […]

नेपाली रैथाने धान हराउंदै

सिरहा । तराई–मधेशमा भोजभतेर, चाडपर्व र पाहुनालाई सम्मानस्वरुप अहिले पनि चननचुर, बास्मती, करियाकामत, नाजिर र कनकजीर चामलको भात खुवाउने प्रचलन कायमै भए पनि उचित संरक्षणको आभावमा यी जातका धान लोप हुने अवस्थामा पुगेका छन् । अठार वर्षअघि मिथिला समाजमा त्यसरी स्वागत सत्कारका लागि आफ्नै उत्पादन प्रयोग गरिन्थ्यो तर अहिले विदेशबाट आयातित चामल प्रयोग गर्ने गरिन्छ […]

तरकारी खेतीबाटै दुई करोड बढीको सम्पत्ति

पर्वत। व्यवसायिक कृषिमा युवाको आकर्षण बढेको छ । एक मुरी धान फल्ने खेतको आम्दानीले वर्षभरि खान पुग्छ । बाँकी खेतको आम्दानी बचत हुन्छ । जलजला–७ धाइरिङका एकनारायण पौडेल व्यावसायिक तरकारीबाट मात्रै वार्षिक रु. १२ लाख जति आम्दानी गर्दै आउनुभएको छ । करीब अढाइ दशकदेखि तरकारीमा लाग्नुभएका एकनारायणले तरकारीबाट जोडेको सम्पत्ति मात्रै दुई करोडभन्दा बढी पुगेको […]

प्रतिबोट ५० हजार सम्म आम्दानी गर्न सकिने एभोकाडो खेती गर्ने तरिका

एभोकाडो फल मानव स्वास्थ्यको लागी पोषणयुक्त तथा फाइदाजनक फल हो । यसको स्वाद घ्यू जस्तै हुने हुनाले यस फललाई नेपालीमा घ्यूफल पनि भन्ने गरिन्छ । विदेशी भुमीमा धेरै बर्ष पहिले देखी यसको व्यवसायीक खेती भएता पनि नेपालमा भने यसले खासै नेपाली किसान माझ परिचित हुन सकेको छैन तर हालका वर्षहरुमा नेपाली उपभोक्तामा परिचित हुदै छ […]

भैँसीलाई बेमौसममा गर्भाधान गराउँदै विश्वविद्यालयका वैज्ञानिक

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका वैज्ञानिकले निजी क्षेत्रमा पालिएका भैँसीलाई बेमौसममा गर्भाधान गराउनका लागि काम शुरु गरेका छन्। रामपुरमा रहेको आफ्नै फारममा यसमा सफलता मिलेपछि भरतपुर र माडीका कृषकले पालेका भैँसीमा अनुसन्धान थालिएको हो। वैज्ञानिकहरुले चैत, वैशाख, जेठ र असार महीनामा कमै सङ्ख्यामा भैँसी ब्याउने भएकाले ती समयमा पनि लैना भैँसी तयार गर्ने […]

प्रदेश नं २ लाई कृषि प्रधान प्रदेश बनाइने

लहान। प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश नं २ लाई कृषि प्रधान प्रदेश बनाउने गरी नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिएको बताउनुभएको छ । आँप उत्पादनको दृष्टिकोणले अग्रणी मानिने सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुर कुशहामा शुरु भएको राष्ट्रिय आँप महोत्सव २०७६ को उद्घाटन कार्यक्रममा मन्त्री साहले प्रदेश नं २ लाई […]