
ललितपुर। प्रदेश एक सरकारले बीउ विजन आत्मनिर्भर कार्यक्रम संचालन गर्ने भएको छ । कृषि ज्ञान केन्द्र सुनसरीको आर्थिक वर्ष ७६ /७७ को स्वीकृत कार्यक्रम अनुशार बाली उत्पादन र उत्पादकत्व वृद्धि गर्न गुणस्तरिय बीउ विजन कार्यक्रम संचालन गर्न लागिएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ ।
कार्यक्रममा समावेश हुन ईच्छुक कृषि उद्यमी, कृषक समुह, कृषि सहकारीले सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सक्ने केन्द्रले जनाएको छ ।
थप जानकारीको लागि :
सुनसरी : श्री. तिरपित मिश्र ९८२३१५५८८३
मोरङ : रामदेव सिंह ९८५२०२८१७८