समाचार

‘नेपाल फुड’ ब्राण्डबाट जुम्लाको मार्सी चामल बिक्री गर्दै खाद्य कम्पनीमा

ललितपुर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको मार्सी धानको चामललाई ब्रान्डिङ गरेको छ । कम्पनीले मार्सी चामललाई ‘नेपाल फुड’ ब्राण्ड गरी बिहीबारदेखि काठमाडौँमा बिक्री वितरण शुरु गरिसकेको छ । मार्सी चामल कम्पनीले पहिलो चरणमा सुर्खेतबाट २७० क्विन्टल खरीद गरेर काठमाडौँ उपत्यकाका पाँच बिक्री काउन्टरबाट बिक्रीवितरण शुरु गरेको हो । मार्सी चामल तीन दिन अर्थात् […]

वर्षा नहुँदा चिन्ता : गहुँबाली सुक्दै

बझाङ। समयमै वर्षा नहुँदा यस वर्ष किसानलाई भोकमरीको चिन्ता बढेको छ । अहिलेसम्म वर्षात् भएको छैन । अधिकांश खेतीयोग्य जमीनमा वर्षा नहुँदा गहुँ सुक्दै गएको थलारा गाउँपालिकाका बासिन्दा प्यारु खड्काले बताइन् । छबिस पाथीभेरा गाउँपालिका घर भएका मानबहादुर सिंहले खेत जोतेर गहुँ छरौँला सोचेको भएपनि वर्षा नहुँदा खेतसमेत बाँझै रहेको र केही खेतमा गहुँ लगाएको […]

असहाय गाईबाच्छालाई सहयोग गर्नेको सङ्ख्या बढ्दै

ललितपुर। जन्मदिनका अवसरमा असहाय गाईबाच्छा संरक्षण अभियानलाई सहयोग गर्नेको सङ्ख्या बढ्न थालेको छ । अभियानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरपूर्वी कुनास्थित वाग्मती नदी किनार र कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा सडकमा छोडिएका गाईबाच्छ जम्मा गरी संरक्षण गर्दै आएको छ । अभियानलाई गोकर्णेश्वर नगरपालिका–८ बेँशीगाउँ निवासी समाजसेवी दीपकसिंह भण्डारीले आफ्नो जन्मदिनको […]

सरकार ! बारीमा जाऊँ कि खाडीमा ?

चितवन। नेपालमा उत्पादन भएकै तरकारीले बजार मूल्य नपाइरहेको समयमा भारतीय उत्पादन ल्याएर सस्तो मूल्यमा बिक्री गरेको भन्दै त्यसलाई रोक्न चितवनका किसानले माग गरेका छन्। स्वदेशकै उत्पादनले बजार धान्न सक्ने समयमा दोस्रो मुलुकबाट ल्याएर किसान मार्ने काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउन आइतबार चितवनका किसान सडकमा आएका हुन्। आइतबार भरतपुरको चौबीसकोठी चोकमा जम्मा भएका किसानले चौबीसकोठीबाट […]

सिगानाको सुन्तला चैतमा

बलेवा। कोरोना महामारी नभएको भए यतिबेला सिगानामा सुन्तला उत्सव हुन्थ्यो । किसान र उपभोक्ताको साक्षात्कार हुने सुन्तला उत्सव सिगानाको सुन्तलाको बजारीकरणको राम्रो माध्यम हो । यो वर्ष किसानले उत्सव लगाएर सुन्तलाको बजारीकरण त गर्न पाएनन् तर यामको फलबाट आम्दानी भने भित्रिरहेको छ । सुन्तला गाउँका रुपमा परिचय कमाएको बागलुङ नगरपालिका–८ सिगानाका किसानलाई यतिबेला सुन्तलाको फसल […]

मोरङ सुनसरी सिँचाइ आयोजनाबाट कृषकले लाभ लिन पाएनन्

विराटनगर। पछिल्लो समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निगरानी कम भएपछि मोरङ सुनसरी सिँचाइ आयोजना ओझेलमा परेको छ । यसका कारण यहाँका किसानले यो आयोजनाबाट लाभ लिन पाएका छैनन् । सम्भवतः देशकै सबैभन्दा ठूलो सुनसरी मोरङ सिँचाइ आयोजनाबाट सुनसरी र मोरङमा करीब ६० हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको छ । यसबाट सुनसरी र मोरङका […]

चार महिनादेखि परेन पानी, हिउँदे खडेरीबाट कृषक चिन्तित

पर्वत। झण्डै चार महिना लामो समयदेखिको खडेरीका कारण पर्वतमा हिउँदे खेती प्रभावित बनेको छ । गत असोजको दोस्रो सातादेखि वर्षा नभएपछि हिउँदे बाली लगाएका कृषक चिन्तित बनेका छन् । पर्वतका अधिकांश कृषक हिउँदे वर्षात् नहुँदा चिन्तित बनेका छन् । आकाशे पानीको भरमा हिउँदे खेती गर्दै आएका कृषकको गहुँ, जौँ, फापर र तोरीजस्ता बालीनाली प्रभावित भएका […]

नेपालमा बर्ड फ्लू सङ्क्रमण पुष्टि

ललितपुर। नेपालमा बर्ड फ्लू देखिएको छ । काठमाण्डौको तारकेश्वर नगरपालिकामा पालेका टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । केन्द्रिय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्ड फ्लू भएको पुष्टि भएको हो । बर्ड फ्लू पुष्टि भएपछि त्यो फार्म तथा आसपासमा रहेका १८ सय ५६ वटा हाँस, […]

‘नो केन’ले सुनसान चिनी उद्योग

महोत्तरी। माघ महिना उखु किसान र चिनी उद्योग दुवैका लागि अति व्यस्त समय मानिन्छ । उखु कटान र क्रसिङ (पेल्ने काम) ले भ्याइनभ्याइ हुनुपर्ने अहिले किसान र उद्योग दुवै क्षेत्र सुनसान जस्तै बनेका छन् । क्रमशः उखुखेती छाड्दै गएका किसान र ‘नो केन’ (उखु अभाव) ले चिनी उद्योग क्षेत्र सुनसान जस्तै बनेको हो । चिनी […]

‘बल्ल भेटियो हाम्रो पहिचान’

कास्की। पोखरा महानगरपालिका–३३ भरतपोखरीका शोभाखर भण्डारी व्यावसायिक कृषक हुन् । दुई दशकदेखि व्यावसायिक हिसाबले गाईपालन गर्दै आएका उनले शुक्रबार जीवनमा पहिलोपटक कृषक परिचयपत्र पाए । कृषक भनेर चिनिँदै आए पनि उनले सोको कुनै प्रमाण अहिलेसम्म राज्यबाट पाएका थिएनन् । उमेरले ६९ वर्ष लागेका उनी अनुदान र बैंकमा ऋणका लागि कार्यालय जाँदासमेत उमेरको हदम्याद नाघेको भन्दै […]