समाचार

यान्त्रीकरणको प्रयोग संगैं धान उत्पादनमा वृद्धि

कञ्चनपुर। धानखेतीमा यान्त्रिकरणको प्रयोग बढेसँगै उत्पादनमा वृद्धि हुन थालेको छ । धानखेती गर्ने किसानले आधुनिक प्रविधिसँगै उन्नत जातका धानखेती गर्न थालेपछि उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार धानको उत्पादन सात प्रतिशतले वृद्धि भएको छ । चालु आवमा धानको उत्पादन दुई लाख १९ हजार ६९ मेट्रिक टन रहेको छ । जुन गत वर्षको […]

खेतीयोग्य जमिन सिँचाइबाट वञ्चित

पाल्पा। खेतीयोग्य जमिन सिँचाइ सुविधाको अभावमा बाँझो बन्दै गएको छ । बगनासकाली गाउँपालिका–६ यम्घाको मङरान सिँचाइ सुविधाबाट वञ्चित भएसँगै खेतीयोग्य जमिनमा अनुत्पादक जमिनका रुपमा परिणत भएको छ । कालीगण्डकी कोरिडोरको गैँडाकोट, मुक्तिनाथ सडक खण्डको मङरानमा क्षेत्रमा सडक विस्तार गर्दा कुलो भत्केका छन् । सिँचाइको कुलो सडक विस्तारका नाममा छिन्नभिन्न भएपछि खेती हुन छाडेको स्थानीय बासिन्दाको […]

तरकारी खेतीले किसानको मुहार फेरिँदै

कञ्चनपुर। बेलडाँडी गाउँपालिका–३ बैबाहाका रामलाल चौधरी गाउँमा सबै भन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचित छन् । तरकारीखेतीले उनलाई गाउँमै सबै भन्दा बढी आम्दानी गर्ने व्यक्तिका रुपमा चिनाएको छ ।उनि विवाह हुनुअघि खेतमा अरु किसानझै खेतबारीमा परम्परागत तरिकाले धान, गहुँलगायतका अन्नबाली लगाउने गर्दथ्ये । त्यसले परिवारको खर्च धान्नसमेत मुस्किल हुन्थ्यो । घरकै लागि आवश्यक हुने […]

विचौलियाको मारमा जडीबुटी उत्पादक कृषक

भोजपुर। तिम्माका जडीबुटी कृषकले उत्पादित वस्तुले उचित मूल्य नपाएको बताएका छन् । पकेट क्षेत्र घोषणा भएपछि यहाँ विभिन्न जातका बहुमूल्य जडीबुटीको उत्पादन भए पनि बजार मूल्य थाहा नपाउँदा कृषकहरु समस्यामा परेका हुन् । जडीबुटीको बजार मूल्यको विषयमा ज्ञान नहुँदा विचौलियाले त्यसको लाभ लिने गरेको कृषकको भनाइ छ । सरकारले जडीबुटीको मूल्य तोकिदिएमा बिक्री वितरणमा सहजता […]

नेपालका लागि आर्थिक विकासको बलियो पक्ष कृषि

नेपालको अर्थतन्त्रमा झण्डै एक तिहाई हिस्सा कृषि क्षेत्रले ओगटेको हुनाले कुल ग्रार्हस्थ उत्पादनको वार्षिक वृद्धिदर कृषि क्षेत्रको उत्पादनमा निर्भर रहदै आएको छ । कुल ग्राहस्थ उत्पादनमा अझै पनि कृषि क्षेत्रको योगदान ३४ प्रतिशतको हराहरीमा रहेको छ । जबकि कृषिमा निर्भर जनताको प्रतिशत कुल जनसँख्याको ६५ प्रतिशत छ । सरकारले वर्षेनी कृषिका लागि विभिन्न कार्यक्रमहरु ल्याए […]

कृषि कलामा रमाएका कलाकार

स्याङ्जा। स्याङ्जाका कलाकार कृषि कलामा रमाएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका ९ पकवादी गेझाका कुशुम भण्डारी कृषि कलामा रमाएका हुन् । गाउँको पाखोबारीमा केराखेति गरेर प्रति रोपनी एक लाखसम्म कमाई पनि हुने र घरपरिवार अनि गाउँका साथीहरुसँगै रमाउन सकिने भएपछि कुशुम कृषिमा लागेका हुन् । उनले २०७५ सालदेखि कलाकार कृषि तथा पशुपंछी फर्म सञ्चालन गर्दै […]

प्रदेश १ मा धान उत्पादन बढ्यो

विराटनगर। प्रदेश नं १ मा यस वर्ष धाने उत्पादनमा वृद्धि भएको छ । कृषि विकास निर्देशनालय, विराटनगरका अनुसार आर्थिक वर्ष २०७५/७६ मा कुल १२ लाख ६१ हजार ६६५ र आर्थिक वर्ष २०७६/७७ मा ११ लाख ९८ हजार ७४० मेट्रिकटन धान फलेको प्रदेश १ मा यस वर्ष सबैभन्दा बढी १३ लाख ११ हजार २४५ मेट्रिकटन धान […]

‘गाउँ फर्क प्याराप्यारी अभियान’ शुरु

पर्वत। पर्वतको महाशिलामा ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम शुरु भएको छ । रोजगारीको खोजीमा बर्सेनि गाउँपालिकाबाट पलायन दर बढ्दै जाने र पछिल्लो समय कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती बेरोजगार बनेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले यस्तो कार्यक्रम शुरु गरेको हो । गाउँमै स्वरोजगार सिर्जना गर्ने र सोही पेशाबाट आत्मनिर्भर बन्न सकुन् भन्ने उद्देश्यले चालु आर्थिक […]

काठमाडौंमा केन्द्रीय सहकारी बजार सुरु

ललितपुर। सहकारी बजारका विकास कार्यक्रमको सहयोगमा काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज (शुक्रबार) उक्त बजारको उद्घाटन गर्नुभएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र युएनडिपीको सहकार्यमा सञ्चालित ‘सहकारी बजार विकास कार्यक्रम’को सहयोगमा कृषि–बिउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडले निर्माण […]

तनहुँ मासुमा आत्मनिर्भर

तनहुँ। तनहुँ जिल्लामा मासु उत्पादन वर्षेनी बढ्दै गएको छ । गत आर्थिक वर्षमा चार हजार ५७५ मेट्रिक टन मासु उत्पादन भएकामा यस वर्ष चार हजार ६९४ मेट्रिक टन मासु उत्पादन भएको छ । गत वर्षका तुलनामा यस वर्ष ११९ मेट्रिक टन बढी मासु उत्पादन भएको भेटेनरी अस्पताल तथा पशुुसेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । […]