समाचार

घर खर्च चलाउन हिउँमा दाउरा बिक्री

सिमकोट। उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ । बिहान–बेलुका हातमुख जोड्नका लागि भारी बोक्नैपर्ने बाध्यता यहाँका बालबालिकाको रहेको छ । हातमुख जोड्न मात्र होइन, गाउँबाट सदरमुकाम सिमकोटमा दाउरा लिएर बिक्री नगरेसम्म घरखर्च पनि नचल्ने अवस्था छ । दुई दिन अगाडि परेको बाक्लो हिउँ बाटोमा जमे पनि घर […]

बाँझो जमिनमा फलफूल बगैँचा निर्माण गर्दै खोटेहाङ गाउँपालिका

खोटाङ। खोटेहाङ गाउँपालिकाले बाँझो जमिनमा फलफूल बगैँचा खेती प्रवद्र्धन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा युवाशक्ति विदेशिनुका साथै बसाइँसराइका कारण बाँझिएको खेतीयोग्य जमिन पुनः उपयोगमा ल्याएर गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ गाउँपालिकाले व्यावसायिक फलफूल बगैँचाका लागि अनुदान दिने भएको हो । बाँझिदै गएको जग्गालाई पुनः प्रयोगमा ल्याउन आगामी फागुन ३ गतेभित्र मागमा […]

फलफूल खेती गर्ने लाई ५० प्रतिशत अनुदान

बागलुङ। ताराखोला गाउँपालिकाका किसान व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित बनेका छन् । कृषिजन्य उत्पादनमार्फत आत्मनिर्भर बन्ने लक्ष्यसहित किसान फलफूल खेतीमा लागेका हुन् । फलफूल व्यवसाय प्रवद्र्धनका लागि सरकारले घोषणा गरेको ‘फलफूल दशक’ कार्यक्रमअन्तर्गत किसानले अनुदानसमेत पाएका छन् । ताराखोलाका ६०० किसानलाई फलफूल खेतीमा व्यावसायिक बनाउने उद्देश्य लिइएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । उनका अनुसार फलफूल […]

उपभोक्ताको रोजाइमा जुम्लाको मार्सी

ललितपुर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्रीमा राखेको जुम्लाको मार्सी धानको चामल उपभोक्ताको रोजाइमा पर्न थालेको छ । यही माघ १५ गतेदेखि कम्पनीले काठमाडौँ उपत्यकाका बिक्री काउन्टरबाट बिक्री वितरण शुरु गरेको उक्त चामल शुक्रबारसम्म करीब एक हजार किलो बिक्री भइसकेको छ । परीक्षणका रुपमा चामल बिक्री गरेको कम्पनीले शुरुआती मूल्य प्रतिकिलो रु २२५ मा […]

बयर र केशोर उत्पादक किसान निराश

महोत्तरी। मिथिलामा धार्मिक, सांस्कृतिक पर्वसँगै किसानका विभिन्न फसलको सम्बन्ध जोडिएको हुन्छ । चन्द्रमासको माघ शुक्ल पञ्चमी अर्थात् मैथिल हिन्दु परम्पराको श्रीपञ्चमी पर्व नजिकिएसँगै बयर (रुखमा फल्ने फल विशेष) र केशोर (माटोमुनि फल्ने फल विशेष) उत्पादक किसानले आफ्नो समय आएको ठान्छन् । यसपालि बयर र केशोर उत्पादक किसान पर्व आउञ्जेल आफ्नो उत्पादन नरहने चिन्ताले चिन्तित छन् […]

हिमपात र वर्षा भएपछि किसान खुशी

गलकोट। बागलुङ जिल्लामा हिमपात र वर्षा भएको छ । जिल्लाको पर्यटकीयस्थल ढोरपाटनमा हिमपात भएको छ भने अन्य स्थानमा वर्षा भएको हो । हिमपात र वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । शुक्रबार मौसममा आएको परिवर्तनका कारण ढोरपाटनलगायत जिल्लाको उच्च पहाडी क्षेत्रमा हल्का हिमपात भएको छ भने अन्य स्थानमा पानी परेको छ । ढोरपाटन उपत्यकामा […]

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : देशभर बर्षा, पहाडी र हिमाली क्षेत्रमा हिमपात

ललितपुर। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ । विभागका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। हाल सुदूर पश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य वदली तथा बागमती प्रदेशमा आशिक बदली रहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान : […]

हिउँदे वर्षा नहुँदा चिन्तित किसान

महोत्तरी। पछिल्ला चार दिनयता पारिलो घाम लाग्न थालेपछि जाडोबाट राहत मिलेको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत सोमबारयता लगातार घाम लागेर आङ तात्दै गए पनि सर्वसाधारण किसान भने मन खुलाएर खुशी देखिँदैनन् । यसपालि पानी नै नपरी हिउँद सकिन लागेपछि किसानमा खुशी छाउन नसकेको हो । “ल हेर्नोस्, अब पारिलो घाम लागेर जीउ त तात्न […]

अज्ञात रोगको सङ्क्रमणले गाईबस्तु मर्न थाले

सिमकोट। अज्ञात रोगको सङ्क्रमणले गाईबस्तु धमाधम मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । हुम्लाको तल्लो क्षेत्रस्थित अदानचुली गाउँपालिकामा किसानका घरपालुवा गाईबस्तुमा अज्ञात रोगको सङ्क्रमण फैलिएर मर्न थालेपछि किसान चिन्तित बनेका हुन् । निकै लामो समयको खडेरीले गर्दा विभिन्न किसिमका अज्ञात रोगको सङ्क्रमण भई गाईबस्तु मर्ने गरेका छन् । मङ्गलबार मात्रै अदानचुली गाउँपालिका–४ को बिगोठी […]

अर्धवार्षिक कृषि उपज निकासी : बढ्यो अलैँची र चिया, अदुवास्थिर

इलाम। चालु आव २०७७/७८ को साउनदेखि कात्तिकसम्ममा कृषि उपजका निकासीमा सुधार देखिएको छ । निकासी तथा प्रवद्र्धन बोर्डका अनुसार गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा भन्दा यस वर्ष परिमाण र आम्दानी दुवैमा सुधार आएको हो । नेपालबाट कृषिजन्य वस्तु अलैँची र चिया भारतसहित तेस्रो मुलुकमा निकासी हुन्छ । चालुआवको यस अबधिमा अलैँचीको निकासी तथा आम्दानीमा […]