समाचार

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

ललितपुर। पश्चिमी वायुको प्रभावले बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उक्त प्रणालीको […]

डिएपी पाइयो, युरिया अझै अभाव

सिरहा। डिएपी मल आएपछि सिरहामा आजदेखि रासायनिक मलको बिक्री वितरण शुरु भएको छ । गहुँबाली लगाउनै लाग्दासमेत मल नपाएपछि निराश बनेका सिरहाका किसानलाई लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कार्पोरेशनले डिएपी मलको बिक्री वितरण शुरु गरेको हो । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आएपछि सहकारी संस्थाका डिलरमार्फत किसानलाई डिएपी मल वितरण गर्न थालेको […]

अनुदानमा च्याउको बीउ

सप्तरी। पौष्टिकतत्वयुक्त र स्वास्थ्यबर्द्धक मानिने च्याउको खेतीतर्फ सप्तरीका कृषकको आकर्षण बढेको छ । कृषकको आकर्षण बढेपछि च्याउखेतीलाई प्रोत्साहन गर्न कञ्चनरुप नगरपालिकाले नगरभित्रका कृषकलाई अनुदानमा च्याउको बीउ वितरण गर्न थालेको छ । नगरपालिकाको कृषि विकास शाखाले इच्छुक कृषकलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण सुरु गरेको कृषि विकास शाखाका वेचन सढोक यादवले जानकारी दिए । नगरपालिकाको […]

उखु किसानले अझै पाएनन् भुक्तानी

सर्लाही। जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन । केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौँ पुगेका थिए । त्यसबेला उद्योगको केन्द्रीय कार्यालयमा रहेका अन्नपूर्णका उखु प्रबन्धकले छठअघि केही रकम किसानको खातामा पठाउने आश्वासन दिएको तर किसानले अहिलेसम्म पनि भुक्तानी पाएका छैनन् । काठमाडौँमा राष्ट्रपति, […]

कोरोना सङ्क्रमित मन्त्रीलाई काठमाडौं ल्याईयो

वागमती। वागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामालाई स्वासप्रस्वासमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ । कोरोना सङ्क्रमणका करण बिरामी पर्नुभएका मन्त्री लामालाई थप उपचारका लागि काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा लगिएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । मन्त्री लामा गत मङ्सिर ५ गते कोरोना परीक्षणमा […]

विदेशबाट फर्किएका युवाको कृषि तथा वनजन्य उद्योगमा आकर्षण

परासी। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कृषि तथा वनजन्य उद्योेगतर्फ आकर्षण बढ्दै गएको छ । विशेषगरी विदेशबाट फर्केका युवा र महिला व्यावसायिक कृषि उद्यमतर्फ लागेका हुन् । पछिल्लो समय जिल्लामा कृषि तथा वनजन्य उद्योग वृद्धि हुन थालेको घरेलु तथा साना उद्योग कार्यालयले बताएको छ । पछिल्लो पटक दर्ता भएका उद्योगहरु अधिकांश कृषि तथा वनजन्यसम्बन्धी नै […]

ढुसीजनित रोग लाग्दा तरकारी उत्पादनमा समस्या

टीकापुर। जोशीपुर गाउँपालिका–३ का रामजान चौधरीको फल्न थालेको गोलभेंडा खेतीमा ढुसीजनित रोग देखा परेको छ । व्यावसायिकरुपमा तरकारीखेती गरिरहेका चौधरीको पाँच कठ्ठामा लगाइएको गोलभेंडा गलेर झर्न थालेको छ । ‘‘फलेका गोलभेंडामा ढुसीजनित डढुवा रोग देखा परेको छ । अब प्राविधिकको सल्लाहनुसार औषधि छर्ने भएको छु’’, रामजानले भने,‘‘आलु र काउली पनि तयार भइरहेको छ । गोलभेंडा […]

कृषिमा यान्त्रीकरण, लाभान्वित हुँदै किसान

चितवन। चितवनमा पछिल्लो समय कृषिमा यान्त्रीकरणको प्रयोग बढ्दै गएको छ । यन्त्रीकरण बढेसँगै लागत घट्दा किसान लाभान्वित भएका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार, विशेष गरी धान रोप्न, काट्न र झाट्न यान्त्रीकरणको प्रयोग बढ्दै गएको हो । अर्कोतर्फ यस्ता यन्त्र महँगा हुने र प्रयोग कम हुने हुँदा सरकारको अधिकतम अनुदानविना कृषकले खरिद […]

Improving Seed Quality for assuring Food Security during Havoc of Pandemic

Food security is a situation having physical, social and economic access to sufficient, safe and nutritious foods that meets dietary needs and food preference to all people at all times for active and healthy life (FAO, 2002). Lack of access to enough good, healthy, and culturally appropriate food is food insecurity. At this time of […]

कृषि सचिवमा सहसचिव डा. कार्की !

ललितपुर। सचिव बढुवा सिफारिस समितिले कृषि तथा वन सेवातर्फको रिक्त एक सचिव पद(विशिष्ट श्रेणी)का लागि ज्येष्ठ सहसचिव डा. योगेन्द्र कुमार कार्कीको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा हिजो बसेको बढुवा सिफारिस समितिको बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ज्येष्ठ सहसचिव कार्कीको नाम सिफारिस गरेको हो । कार्की यसअघि पनि […]