समाचार

दाना उद्योग सङ्घमा नयाँ नेतृत्व

चितवन। नेपाल दाना उद्योग सङ्घ चितवनको १६औँ वार्षिक साधारणले बालचन्द्र खनालको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । आज यहाँ सम्पन्न साधारणसभाले पुनः उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा विनोद पोखरेल, सचिवमा ओमप्रकाश तिवारी, कोषाध्यक्षमा युवराज पाठक र सदस्यमा लीलाबल्लभ चापागाई, बुद्धिप्रसाद अधिकारी, रामचन्द्र अधिकारी, शिव पौडेल र निराजन […]

दानाको कच्चा पदार्थ अभावले कुखुराजन्य उत्पादनको लागत महँगो पर्दै

चितवन। दानाको कच्चा पदार्थमा विदेशको भरपर्दा कुखुराजन्य उत्पादनको लागत मूल्य बढी पर्ने गरेको छ । दानाको कच्चा पदार्थ आयात गर्दा नै वार्षिक रु. ३२ अर्बभन्दा बढी विदेसिने गरेको हो । नेपाल दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रविन पुरी नेपालमा उत्पादन हुन सक्ने कच्चा पदार्थ पनि भारत र तेस्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । […]

ग्रिनिङ रोगले सुन्तला बगैँचा खाली हुँदै

सल्यान। मा सुन्तलाका बोट धमाधम सुक्न थालेका छन् । उपचार नै नभएको ग्रिनिङ रोग फैलिन थालेपछि सुन्तलाका बगैँचासमेत खाली हुने अवस्थामा पुग्न थालेका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गरिरहेका बागचौर नगरपालिका–८ मा रहेका अधिकांश कृषकका सुन्तलाका बोट सुक्न थालेका छन् । आम्दानीको राम्रो स्रोतको रुपमा रहेका सुन्तलाका बोट नै धमाधम सुक्न थालेपछि उनीहरुको व्यवसाय […]

भारतमा बर्डफ्लु देखिएपछि चितवनमा उच्च सतर्कता

चितवन। भारतमा बर्डफ्लु देखिएसँगै यहाँ उच्च सावधानी अपनाउन थालिएको छ । सरकार र निजी क्षेत्रबाट आ–आफ्नो ढङ्गले सावधानी अपनाउन थालेका छन् । सरकारले भारतमा बर्डफ्लु देखिएपछि पशु सेवा विभागअन्तर्गतका कार्यालय र क्वारेन्टिनलाई सक्रिय बनाएर पक्षीजन्य पदार्थ आयातमा रोक लगाएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा दयाराम चापागाईका अनुसार पक्षीजन्य पदार्थ […]

कालिमाटी फलफूल तथा तरकारी बजारमा क्यू आर कोड संचालन, फलफूल तथा तरकारी किन्दा नगद बोक्न नपर्ने

ललितपुर। प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्फत भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ । कालिमाटी फलफूल तथा तरकारी बजारको प्राङग्णमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलफूल तथा तरकारी बजार […]

प्राङ्गारिक खेतीतर्फ उन्मुख हुँदै स्थानीय तह

बझाङ। पछिल्लो समय स्थानीय तहले खेती प्रणालीलाई प्राङ्गारिक बनाउन लागेका छन् । रासायनिक मल र विषादीले मानव स्वास्थ्य र माटो बिगार्ने बुझेपछि स्थानीय तहले प्राङ्गारिक खेतीतर्फ उन्मुख भएका हुन् । यहाँस्थित तीनवटा स्थानीय तहमा प्राङगारिक खेती प्रणाली अपनाउन किसानलाई सूचित गर्ने व्यवस्था गर्दै आएका छन् । त्यसमा पनि पछिल्लो समय कृषि ज्ञान केन्द्रबाट प्राङगारिक खेतीका […]

साना सिँचाइ कार्यक्रम सञ्चालन हुने

पाँचथर। जिल्लाको पाँच स्थानीय तहमा ‘साना सिँचाइ कार्यक्रम’ सञ्चालन हुने भएको छ । नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारको साझेदारीमा सञ्चालित उक्त कार्यक्रम पाँचथरका फिदिम नगरपालिका, याङवरक, फालेलुङ, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा सञ्चालन हुने भएको हो । आर्थिकरुपले विपन्न तथा साना किसानको कृषि उत्पादकत्वमा वृद्धि गरी गरिबी न्यूनीकरणमा सघाउ पुर्‍याउने उद्देश्यका साथ सञ्चालित उक्त कार्यक्रम स्थानीय […]

हिमपातले जनजीवन कष्टकर बन्दै

मनाङ। हिमालपारिको जिल्ला मनाङमा विकास निर्माणका काम ठप्प भएको छ । अत्यधिक चिसो बढेसँगै जिल्लामा भएका विकास निर्माणका काम रोकिएको हो । चिसो बढेसँगै खोलाहरु जमेका छन् भने माथिल्लो भेगमा सोमबारदेखि परेको हिमपातले जनजीवन कष्टकर भएको छ । केही दिन अगाडि खोला जमेर खानेपानीको अभाव झेल्दै आएका यहाँका मानिसलाई हिमपातले घरभित्रै थन्क्याएको छ । मानिस […]

तरकारी किन्न घरमै पुग्छ गाडी

तम्घास। गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमिचौरकी भगभता कुँवर आफ्नै करेसाबारीमा फलेका खुर्सानी टिपेर सिमिचौरको बासखर्क आए । उनले आफ्नै करेसाबारीबाट टिपेर ल्याएको खुर्सानी खरिद गर्न रेसुङ्गा नगरपालिकाको गाडी त्यस स्थानमा पुगेको थियो । नगरपालिकाले तोकेको दरभाउअनुसार आधा किलो खुर्सानीको उनले रु. ७० पाउने भए । “खुर्सानी, केराउका मन्टा, रायो साग, पिँडालुलगायतका तरकारी नगरपालिकाले खरिद गरिदिन्छ”, उनले […]

किसानको उत्पादनमा बिचौलिया हाबी

झापा। किसानले उत्पादन गरेको ताजा तरकारी बिचौलियाको चलखेलका कारण उपभोक्ताले दोब्बर मूल्य तिरेर उपभोग गर्न बाध्य भएका छन् । झापाको भद्रपुर र अर्जुनधारामा व्यावसायिक रुपमा बेमौसमी लहरे तरकारी उत्पादन गर्दै आएको मामा भाञ्जा कृषि फार्ममा प्रति केजी रु. ३० का दरले फर्सी र रु. ४० ले बोडी बिक्री भइरहेको छ तर फार्मभन्दा केही किलोमिटर टाढा […]