समाचार

आयात न्युनीकरणको मुख्य आधार उत्पादन वृद्धि

नेपाल एक कृषिप्रधान देश हो भन्ने कुरामा कुनै द्धिविदा छैन कीनकी हाम्रो देश नेपालका अधिकाशं मानिसहरुको जीवन निर्वाहको मुख्य आधार कृषि क्षेत्र नै हो । उत्पादन, प्रशोधन र बजारिकिकरण सगैँ उपभोग गर्ने उपभोक्ता सम्म प्रत्यक्ष वा अप्रत्यक्ष रुपले कृषि क्षेत्रमा संलग्न भएकै छन् । अधिकाशं कृषि वस्तुहरु पर्याप्त रुपमा उत्पादनको र मागअनुसारको उपलव्धताको सम्भावना हुदाहुदै […]

सफल हुँदै चियाखेती

गलकोट। बागलुङ जिल्लामा चियाखेती सफल र विस्तार हुँदै गएको छ । जिल्लाका विभिन्न स्थानमा परीक्षणका लागि लगाइएको चियाखेती राम्रो भएपछि स्थानीयवासी उत्साहित बनेका छन् । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम सञ्चालित काठेखोला गाउँपालिका–७ रेश, वडा नं ३ धम्जा, बागलुङ नगरपालिका–८ सिगानालगायतका क्षेत्रमा चियाखेती सफल हुने देखिएको छ । दुई वर्षअघि रेशको तिङरिङमा लगाइएको चिया […]

खडेरीको समस्या समाधान गर्न धमाधम ट्युबवेल जडान

लहान। वर्षेनी खडेरीको समस्या खेप्दै आएका सिरहा र सप्तरीका किसानलाई राहत पुग्ने गरी १२ डिप ट्युबवेल जडान भएको छ । भूमिगत जलस्रोत र सिँचाइ विकास डिभिजन कार्यालय लहानले सिरहामा छ र सप्तरीमा छ थान डिप ट्युबवेल जडान गरेको हो । कार्यालयले आव ०७६/०७७ मा सिरहाको मिर्चैया नगरपालिका– ११ सितापुर, सखुवानन्कारकट्टी गाउँपालिका– १ भोर, लक्ष्मीपुर पतारी […]

प्रदेश १ को कृषि बजार रुपान्तरण गर्न नेपाल सरकार र स्वीस सरकारबीच सम्झौता

ललितपुर। नेपाल कृषि बजार कार्यक्रम (एनएमडीपी) दोस्रो चरणलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल र नेपालका लागि स्वीस राजदूत एलिजावेथ भोन क्यापलरबीच सम्झौतामा हस्ताक्षर भएको छ । स्वीजरल्यान्डले चारवर्षे कार्यक्रमको लागि स्वीस फ्र्याङ्क ९.५४ मिलियन सहयोग गर्ने छ । सो कार्यक्रम प्रदेश १ मा कृषि बजारको सफल रुपान्तरणको माध्यमबाट रोजगार सिर्जना गर्न र किसानहरुको […]

३२ क्विन्टल अबैध अलैचीसहित एक जना पक्राउ

लहान। सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दीपुरबाट प्रहरीले अलैचीसहित एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा अबैध अलैचीसहित मिनीट्रक र चालकलाई नियन्त्रणमा लिएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग१ख ९२२६ नम्बरको मिनीट्रकमा लोड गरिएको ३२ क्विन्टल अलैचीसहित मिनीट्रक नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्र्चैयाका प्रहरी […]

चिया प्रवद्र्धनमा स्थानीय तह सक्रिय

इलाम। पछिल्लो समय चियाको प्रवद्र्धनका लागि स्थानीय तह मार्फत विभिन्न काम भइरहेका छन् । कहिले ‘चियाको एक्स्पो’भन्दै विभिन्न जिल्लामा लगिन्छ भने कहिले चियाकै लागि विदेशी पर्यटक भित्र्याइन्छ । यस्तै, पछिल्लो समय त चियाको प्रचारका लागि कतै मूर्ति र शालिक बनाउने क्रम बढेको छ । यी कार्यबाट लामो समय प्रचारप्रसार नपुगेर गुमनाम रहेको चिया क्षेत्र केही […]

कृषकका गुनासा हट्न समय लाग्छ : कृषि तथा पशुपक्षी विकास मन्त्री भुसाल

चितवन। कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषक र उपभोक्ताबीचको दूरी हटेर जाने बताएका छन् । सञ्चारकर्मीसँग शनिवार यहाँ कुराकानी गर्दै उनले कृषक र उपभोक्ताबीचको दूरी घटाउने गरी सरकारले काम गरिरहेको जानकारी दिए। उनले भने, “कृषकका गुनासा हट्न समय लाग्छ । कृषक र उपभोक्ताबीचको दूरी कम हुँदा ठूला समस्याको सामाधान हुन्छ ।” कृषि क्षेत्रमा आधुनिकीकरणको […]

दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै

देउखुरी। दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ । जिल्लामा माहुरीपालनका लागि आवश्यक वातावरण, तोरीखेती, चिउरीको वन, वनमा अन्य विभिन्न प्रकारका फूल फुल्ने भएकाले माहुरी व्यवसायका लागि उपयुक्त वातावरणले गर्दा व्यावसायिक माहुरीपालक कृषकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइअन्तर्गत घोराही र तुलसीपुर उपमहानगरपालिका तथा बङ्गलाचुली गाउँपालिकामा माहुरी जोन कार्यक्रम लागू गरिएको […]

ओखर खेतीमा किसानको आर्कषण

खलङ्गा। पछिल्लो समय जुम्लाका किसान ओखरखेतीप्रति आकर्षित हुँदैं गएका छन् । जिल्लामा ओखर भण्डारण गर्न समस्या नभएको र हावापानी निकै अनुकूल हुँदा उनीहरुका लागि राम्रो आम्दानीको स्रोत बनेको हो । चन्दननाथ नगरपालिका–८ का कालीबहादुर भण्डारीले ओखरखेतीबाट मनग्ये आम्दानी हुने जानकारी दिनुभयो । तिला गाउँपालिका–१ का रमा बुढाले आफूहरु व्यावसायिकरुपमा ओखरखेतीमा लागेको र आयआर्जन समेत वृद्धि […]

हिमाली क्षेत्रमा आलु उत्पादन न्यून हुँदै

ताप्लेजुङ। ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका वडा नम्बर ६ घुन्सासहितका हिमाली क्षेत्रमा आलु उत्पादन न्यून हुँदै गएको छ । केही वर्षयतादेखि उत्पादन घट्दै गएकोमा यस वर्ष उत्पादन शून्यजस्तै बनेको छ । आलु उत्पादन हुने घुन्सा, फले, ग्याब्ला, आम्जिलेसालगायतका क्षेत्रमा उत्पादन नहुँदा आउने मौसमका लागि अन्यत्रैबाट बीउ खोजेर ल्याउनुपर्ने अवस्था आएको स्थानीयबासीले बताएका छन् । सधैँ खम्बाचेन, घुन्सामा […]