समाचार

युरोपेली बजार पुग्यो कर्णालीको अदुवा

कर्णाली। विगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो रु पाँच–१० मा बिक्री गर्दै आएका उनीहरुले हाल रु. ३० देखि ७५ सम्ममा घरकै मझेरीबाटै अदुवा बिक्रीवितरण गर्न पाएका छन् । यतिबेला अदुवा उत्पादक किसानलाई अदुवा बिक्रीवितरण गर्न भ्याइनभ्याइ छ । यसको संकलन र बिक्रीवितरण गर्ने यो […]

प्यूठानमा पनि ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु

झिमरुक। प्यूठानमा व्यावसायिक रुपमा अम्बा र ड्रागन फ्रुट खेती गरिएको छ । जिल्लाको सरुमारानी गाउँपालिका– २ दर्भानमा खेती गरिएको हो । तीन व्यक्तिका साझेदारीमा हाम्रो बहुउद्देश्यीय कृषि फार्ममार्फत गत २०७६ असारदेखि खेती शुरुआत गरिएको हो । दर्भानका केशरबहादुर गुरुङ, दाङका हीरामणि पौडेल र रुपन्देहीका खुमानन्द भुसालले संयुक्त साझेदारीमा खेती गर्दै आएका छन् । दर्भानसँगै राप्ती […]

माघे सङ्क्रान्तिमा नुवाकोटमा ३१ हल गोरु जुधाइने

नुवाकोट। यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ । जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् । जिल्लामा गोरु जुधाउने चर्चित स्थान तारकेश्वर गाउँपालिका–३ तारुकामा सबैभन्दा धेरै १७ हल गोरु जुधाइने छ । विदुरमा आज आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक समितिका संयोजक तथा […]

अदुवामय बन्दै थुमको डाँडा

स्याङ्जा। परिश्रमीका लागि ठाउँ विशेषले खासै फरक पार्दैन भन्ने स्याङ्जाको गल्याङ नगरपालिका ७ थुमका किसानहरुले प्रमाणित गरेका छन् । कुन माटोमा के हुन्छ भन्ने जान्नुप¥यो, त्यही अनु्सारको खेति गर्ने हो भने हाम्रा गाउँघरमा मनग्य आमदानी लिन सकिदोरहेछ भन्ने यहाँका किसानको उत्पादनले देखाएको छ । थुमको डाँडालाई अदुवामय बनाउने अगुवा कृषक हुन्—अग्नीप्रसाद न्यौपाने । समुद्री सतहदेखि […]

कृषि क्षेत्रमा विदेशी लगानी र यसको असर

२०४९ सालमा बनेको विदेशी लगानी ऐनमा नै कृषिलगायत अधिकांश क्षेत्रमा विदेशी लगानी खुला गरिएकोमा दुई वर्षअघि बनेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा स्वदेशी उद्योगीलाई संरक्षण गर्ने नाममा कृषि वस्तुको उत्पादनमा प्रतिस्पर्धा रोक्ने एवं ठूलो पुँजी एवं प्रविधिलाई सीमित गराउने गरी कृषि क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी रोक्ने नियम बनाइएको थियो । विदेशी लगानी तथा […]

सल्यान कृषिजन्य उत्पादनमा आत्मनिर्भर

सल्यान। सल्यानबाट चालु आर्थिक वर्षको चार महिनामा रु. २२ करोड रुपैयाँ भन्दा बढीको कृषिजन्य वस्तु निर्यात भएको छ । गत साउनदेखि कात्तिकसम्म सल्यानबाट रु. २२ करोड १२ लाख २७ हजार बराबरको कृषिजन्य वस्तु निर्यात भएको हो । यस आर्थिक वर्षमा रु. ९ करोड ८३ लाख ३६ हजार बराबरको तरकारी निर्यात गरिएको कृषि विकास कार्यालय सल्यानले […]

बोयर बाख्राको केन्द्र बन्दै अर्घाखाँचीको डिभर्ना

अर्घाखाँची। सन्धिखर्क नगरपालिका– ११ डिभर्ना बोयर जातका बाख्रा उत्पादनको केन्द्र बनेको छ । मासुजन्य उत्पादकत्व सुधार तथा बोयर वर्णशङ्कर उत्पादन कार्यक्रमअन्तर्गत जालकाँडा बोयर बिडर हट पशुपालन तथा कृषि सहकारी संस्थाका बाख्रापालन सहकारीका किसानले शुद्ध बोयर जातको बोकाको प्रयोग गरी उत्पादनमा तेब्बर वृद्धि गरेका छन् । विसं २०७३ मङ्सिरमा अष्ट्रेलियाबाट प्रतिबोका रु. तीन लाखका दरले १२ […]

फैलियो पिपिआर : दोलखामा १५ दिनमा ६१ बाख्रा मरे

चरिकोट। दोलखाको मेलुङ गाउँपालिका– १ पवटीको देउरालीमा बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका छन् । पवटीको देउराली आसापासका बस्तीमा करीब १५ दिनको अवधिमा ६१ बाख्रा मरेका छन् । मर्न थालेपछि बाख्राको रगत परीक्षण गराउँदा पिपिआर (पेष्ट डे पेटी र्युमिनाँ) फैलिएको रिपोर्ट आएको गाउँपालिकाका पशुपक्षी विकास शाखाका प्रमुख राष्ट्रकुमार श्रेष्ठले जानकारी दिए । बाख्रामा अज्ञात […]

जुम्लामा कालिजपालन व्यवसाय शुरु

जुम्ला। जुम्लामा कालिजपालन व्यवसाय शुरु गरिएको छ । पर्यटक प्रवर्द्धन, दीर्घकालीन व्यवसाय र उत्पादनका लागि गुठीचौर गाउँपालिका–४ बिगारे गाउँमा कालिजपालन शुरु गरिएको हो । जुम्लामै हजारौँ संख्यामा कालिजपालन गरी ग्रामीण पर्यटनलाई बढावा दिने र जंगली कालिजको चोरी सिकार कम गर्न व्यवसाय थालिएको सञ्चालक महाकृष्ण पाण्डेले जानकारी दिए । उनका अनुसार महालक्ष्मी कालिज फार्म खोलेर व्यवसाय […]

कृषकलाई एक प्रतिशत व्याजमा कर्जा उपलब्ध गराईदैं

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले व्यावसायिकरुपमा कृषि तथा पशुपक्षीपालन व्यवसाय गर्न चाहने कृषकलाई एक प्रतिशत व्याजमा कर्जा प्रवाह गराउने व्यवस्था गरेको छ । यसका लागि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास बैंकमार्फत कृषकले लिने कर्जाको व्याजमा अनुदान दिने व्यवस्था गरेको छ । कृषकले लिने कर्जाको व्याज अनुदानमा उपलब्ध गराउने सम्बन्धमा मन्त्रालय र कृषि […]