पाख्रीबास। नेपाल कृषि अनुसन्धान परिषद् कृषि अनुसन्धान केन्द्र पाख्रीबास धनकुटाले युवा उद्यमी कृषकहरुका लागि व्यवसायीक बंगुरपालन तालिम प्रदान गर्ने भएको छ । तालिम सम्बन्धी एक सूचना प्रकाशित गरी केन्द्रले सूचना प्रकाशन भएको १५ दिनभित्र केन्द्रको इमेल ठेगानमा आईपुग्ने गरी निवेदन पेश गर्न सक्ने जनाएको छ । तालिम लिन ईच्छुक किसानले नाम, ठेगाना, उमेर, लिङ्ग, शैक्षिक योग्यता आदि पेश गर्नु पर्ने छ । तालिममा २५ जना सहभागी हुन पाउने छन् भने कार्यक्रम १० दिन संचालन हुने छ ।
थप जानकारीका लागि :
गोविन्द प्रसाद तिम्सिना – ९८१७०८४८३७
सूचना हेर्नुहोस :