दोलखा। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले पहाडी बाली अनुसन्धान कार्यक्रम अन्र्तगत दोलखाका २० जना कृषि उधमीलाई जौ र मल्टेड जौको बिभिन्न खाद्य परिकार जस्तै पाउरोटी, केक, सिन्के चाउचाउ, कुकिज, बाल आहार, बिस्कुट, पिज्जा आदि बनाउने तीन दिने तालिम प्रदान गरेको छ ।
कृषक र उद्यमी छनौट गर्दा दोलखाका स्थानीय तह र पहाडी बाली अनुसन्धान कार्यक्रमले समन्वय गरेको थियो । आवेदन धेरै आए पनि २० जना किसानलाई मात्र तालिम प्रदान गरिएको राष्ट्रिय खाद्य अनुसन्धान केन्द्रका प्रमुख घनश्याम मल्लले जानकारी दिए । पहाडी बाली अनुसन्धान कार्यक्रम (नार्क)का कार्यक्रम संयोजक डा. सुबास सुबेदीले नार्कबाट उन्मोचित जौको जात वोनस आदिको मल्टिंग गुणस्तर राम्रो भएको र यी जातहरुलाई गाउँघरमा प्रयोग हुने रक्शी मा सिमित नगरी, विभिन्न पोषिलो खानेकुरा बनाई प्रयोगमा ल्याउनु पर्ने बताए । अन्य पहाडी बालीको पनि खाद्य बिबिधिकरण गरेमा चामल, गंहु आदिको विकल्प हुन सक्ने सुवेदीको भनाई छ ।
कार्यक्रमलाई सहजिकरण राष्ट्रिय खाद्य अनुसन्धान केन्द्रका बैज्ञानिक प्रविण ओझा र प्राबिधिक अधिकृत उज्जल सुबेदीले गरेका थिए । साउथ कोरियाको सहयोग मा संचालित यस परियोजनाका प्रोजेक्ट लिडर प्रविण ओझा को अनुसार यो परियोजनाको मुख्य उदेश्य माल्टेड जौ को पोषिलो बाल आहार को प्रबिधि (नेपाल सुहाँदो) बिकाश गर्ने र तेस्को घरेलु उधोग (दोलखामा) खोल्नलाई प्रेरणादाइ भुमिका निर्वाह गर्ने रहेको छ ।