समाचार

जुम्लामा सौर्य ऊर्जाबाट लिफ्ट सिँचाइ : २८५ घरधुरीले पाए सुविधा

जुम्ला। जुम्लाको हिमा गाउँपालिका– ३ स्थित मोप्ला गाउँमा सौर्य ऊर्जाबाट लिफ्ट सिँचाइ प्रविधिबाट पानी आएपछि यहाँका बासिन्दामा खुशी छाएको छ । सो गाउँमा हरिचन्द्र रोकायाले सिँचाइ सुविधा नहुँदा खेतमा धान रोप्न छाडेको तीनदशक बितेको बताए । विसं २०५२ देखि उनले खेतमा धान रोपेका छैनन् । ‘सिँचाइ नहुँदा न अन्नपात राम्रोसँग उत्पादन गर्न पायौँ, नत खेती […]

च्याउखेती : आम्दानीसँगै आत्मसन्तुष्टि

दमौली। तनहुँको व्यास नगरपालिका–४ निवासी राजकुमार श्रेष्ठ वैदेशिक रोजगारका लागि मलेसिया पुगे । तीन वर्षको बसाईपछि उनी घर फर्किए। घर फर्किएपछि के गर्ने रु उनमा कुनै विकल्प थिएन । त्यसलगत्तै उनी वैदेशिक रोजगारीका लागि कतार पुगे। कतारमा जम्मा १५ महीना बसेर पुनः स्वदेश फिर्ता भए । विदेशमा चार वर्ष पाँच महीना बस्दा उनले केही पैसा […]

ओझेलमा उखु किसानको आन्दोलन

सर्लाही। प्रतिनिधिसभा विघटनसँगै विकसित राजनीतिक घटनाक्रमले उखु किसानको आन्दोलन ओझेलमा परेको छ । चार वर्षदेखिको बक्यौता रकम भुक्तानी गरिदिन माग गर्दै किसान विगत १० दिनदेखि आन्दोलनरत छन् । उनीहरूको आन्दोलनलाई विभिन्न राजनीतिक दल एवं सङ्घसङ्गठनले पनि ऐक्यबद्धता जनाएका छन् । तर पछिल्ला केही दिनयता किसानको मुद्दा छायामा परेको छ । चिसो बढेसँगै किसान बिरामी पर्ने क्रम […]

सुन्तला पाक्ने बेलामा कीरो लागेपछि बाँसखर्कका कृषक चिन्तित

पर्वत। सुन्तला पाकेर बजार पठाउन तयारी भएको समयमा कीरो परेपछि पर्वतका सुन्तला भण्डारका रूपमा चिनिएको जलजला गाउँपालिका–१ बाँसखर्कका किसान चिन्तामा छन् । माघको पहिलो सातादेखि बिक्रीका लागि बजार पठाउने तयारी भइरहेका बेला बोटमै कुहिएर सुन्तला झर्न थालेको छ । उत्तर मोहडामा फैलिएको बाँसखर्क सबैभन्दा ढिलोसम्म बोटमै सुन्तला रहने ठाउँ हो । यहाँ माघ सुरु भएपछि […]

कृषि मन्त्रालयको जिम्मेवारी पद्यमा अर्याललाई

ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारसंगैं हेरफेर पनि गरेका छन् । भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । प्रधानमन्त्री ओलीले आज टोपवहादुर रायमाझी उर्जा, मणी थापा खानेपानी, प्रभु साहलाई शहरी विकास र प्रेम आलेलाई वन मन्त्रीको जिम्मेवारी दिएका छन् । यस्तै गणेश ठगुन्नालाई सामान्य प्रशासन, गौरी शंकर चौधरीलाई श्रम मन्त्रालय, […]

उचित मूल्य पाउँदै कुखुरा पालक किसान

चितवन। लामो समयदेखि नोक्सान व्यहोरेका कुखुरापालक किसान आफ्नो उत्पादनले मूल्य पाउन थालेपछि लाभान्वित भएका छन् । कोरोना सङ्क्रमणका कारण बजार प्रभावित हुँदा किसानले लागत मूल्यभन्दा कममा बिक्री गर्नुपरेको थियो । कुखुराको अण्डा, मासु र चल्लाको लागत मूल्यभन्दा बढीमा किसानले बिक्री गर्न पाएसँगै लाभान्वित भएका हुन् । कोरोना सङ्क्रमणको बेला झण्डै पाँच महिना चल्ला उत्पादन गरेर […]

गत वर्षको तुलनामा ७० हजार मेट्रिक टनले बढ्यो धान उत्पादन

ललितपुर। गत वर्षभन्दा यो वर्ष ७० हजार मेट्रिकटनले धानको उत्पादन बढेको छ । देशभरबाट प्राप्त धान उत्पादनको तथ्याङ्कमा उत्पादन बढेको पाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । कृषि तथ्याङ्क प्राविधिक समितिको बैठकबाट पारित आर्थिक वर्ष ०७७/७८ को धान उत्पादन तथ्याङ्क अनुसार यस वर्ष नेपालमा ५६ लाख २० हजार मेक्ट्रिकटन भन्दा धेरै धान […]

भीरमाहुरीको महबाटै जीविकोपार्जन

भजनी। सुनसरी झुम्काका नीरज रावत १० वर्षदेखि मह काढ्ने र बेच्ने काम गर्दै आएका छन् । उनको छ जना परिवारको आम्दानी त्यही मह नै बनेको छ । उनी मह बेचेरै वार्षिक रु तीनदेखि चार लाखसम्मको आम्दानी गर्छन् । “बुवाआमा अशक्त भइसकेका छन् । काम गर्ने अवस्थामा छैनन् । छोराछोरी विद्यालय जान्छन् । श्रीमतीलाई घरको काम […]

पशुजन्य उत्पादनमा उत्कृष्ट बन्दै पाणिनि

लुम्बिनी। लुम्बिनी प्रदेशभित्र रहेका स्थानीय तहमध्ये पशुजन्य उत्पादनमा उत्कृष्ट काम गरेको भन्दै अर्घाखाँचीको पाणिनि गाउँपालिका पुरस्कृत हुन छनोट भएको छ । नेपाल सरकार पशुसेवा विभागको स्थापना दिवसको अवसरमा पाणिनि गाउँपालिका लुम्बिनी प्रदेशभित्रका अन्य पालिकामा भन्दा पशुजन्य उत्पादनको कार्यमा उत्कृष्ट काम गरेकाले छनोट भएको हो । प्रदेशभित्र रहेका १०९ स्थानीय तहमध्ये पशुजन्य उत्पादन तथा कृषिको क्षेत्रमा […]

व्यावसायिक सतुवा खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्दै कृषक

भोजपुर। भोजपुरको तिम्मामा व्यावसायिकरूपमा सतुवा खेती शुरु गरिएको छ । दश वर्षअघि परीक्षणको रुपमा गरिएको सतुवा खेती सफल भएपछि भोजपुर तिम्माका संगम राईले व्यावसायिकरूपमा नै सतुवा खेती शुरु गरेका हुन् । रू. ४५ लाखको लगानीमा शुरु गरिएको सतुवालगायत जडीबुटी खेती गरेर सफल उद्यमीका रुपमा स्थापित भएका राई यसबाट वार्षिक रू. १५ लाखसम्म आम्दानी गरिरहेका छन् […]