समाचार

नवलपुरमा यस वर्ष धान उत्पादनमा कमी

नवलपुर। नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा यस वर्ष धान उत्पादनमा कमी आएको छ । यस वर्ष नवलपुुरमा ८९ हजार ७७९ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष यस जिल्लामा ९२ हजार ३९१ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यो दुई हजार ६१२ मेट्रिक टनले कमी हो । कृषि ज्ञान केन्द्र […]

आलुमा आत्मनिर्भर बनाउन साढे नौ टन बीउ वितरण

तनहुँ। आलुमा आत्मनिर्भर बनाउन तनहुँको व्यास नगरपालिकाले जिल्लाका विभिन्न कृषक समूहलाई आलुको बीउ वितरण गरेको छ । बीउ आलुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित नगरपालिकाले साढे नौ टन आलुको बीउ वितरण गरेको हो । काभ्रेबाट जनकदेव र डिजिरे आलुको बीउ ल्याएर कृषक समूहमार्फत वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख विश्वराज वाग्लेले जानकारी दिए । निर्वाहमुखी खेती प्रणालीको […]

किसानलाई अनुदानमा बोयरका बोका र पाठी

रामेछाप। रामेछापमा बाख्रा जोन कार्यक्रमका किसनालाई बोयर जातका बाख्राका बोका–पाठी वितरण गरिएको छ । ५० प्रतिशत अनुदानमा ती बोका–पाठी वितरण गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापले ५० प्रतिशत अनुदानमा बोयर जातका बोका–पाठी किसानलाई वितरण गरेको हो । कार्यालयले गत वर्षबाट सुरु गरेको बाख्रा जोन कार्यक्रम मार्फत बाख्रा पालनको लागि आवश्यक […]

प्रदेश १ मा धान उत्पादन उत्साहजनक

विराटनगर। प्रदेश नम्बर एकमा यस वर्ष धानको उत्पादनमा वृद्धि भएकाले किसान उत्साहित भएका छन् । समग्रमा धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ९४ प्रतिशत मेट्रिकटन रहेको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । प्रदेशमा कूल धान लगाउने क्षेत्रफल तीन लाख ४० हजार ८ सय २९ हेक्टर हो भने यस वर्ष अनुकूल मौसम, सिंचाइको राम्रो प्रबन्धले गर्दा […]

सहकारीले अनुदानको मल बिक्री गर्न पाउने

देउखुरी । राप्ती र गढवा गाउँपालिकामा अनुदानको मल बिक्रीवितरणका लागि सहकारीलाई अनुमति दिइएको छ । सरकारद्वारा गत भदौ १ गते जारी गरिएको अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका–२०७७ मा स्थानीय सरकारले तोकेका कृषि सरकारी, फर्म तथा कम्पनीले अनुदानको मलखाद वितरण गर्न पाउने व्यवस्था छ । मापदण्ड पुगेका आधारमा राप्तीका आठ र गढवाका १३ सहकारीले मल बिक्री […]

तेजपात उत्पादन बढ्दै, मूल्य नपाउँदा कृषक मारमा

उदयपुर। यहाँको रौतामाई गाउँपालिका जिल्लाकै सबैभन्दा बढी तेजपात उत्पादन हुने क्षेत्र बन्न पुगेको छ । उत्पादन वृद्धि हुँदै गए पनि तेजपातले सही मूल्य नपाउँदा किसान भने मारमा परेका छन् । जिल्लामा वार्षिक रु दश करोडभन्दा बढीको तेजपात उत्पादन हुने गरेको बताइएको छ । कूल उत्पादनको ७० प्रतिशत तेजपात रौता क्षेत्रमा उत्पादन हुने गरेको छ । […]

धान खरिदमा सरकारी कर्मचारीको उदासीनता

धनगढी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा नयाँ धान खरिदमा उदासीनता देखाएपछि यहाँका किसान मर्कामा परेका छन् । कार्यालयले हाल धान खरिद गर्ने कार्यमा उदासीनता देखाएपछि यहाँका किसान मर्कामा परेका हुन् । कैलालीको टीकापुर नगरपालिका–८ का भीमबहादुर महरले करिब १५ बिघा क्षेत्रफलमा गरिएको धानखेतीबाट उत्पादन भएको २५० क्विन्टल धान कम्पनीले खरिद […]

पाल्पामा पहिलो पटक स्ट्रबेरीको व्यावसायिक खेती सुरु

पाल्पा। पाल्पामा नौलो फलका रूपमा परिचित भुइँकाफलको व्यावसायिक खेती गर्न थालिएको छ । पहाडी जिल्लाको पाल्पामा पहिलोपटक भुइँकाफल वा स्ट्रबेरी खेती गर्न थालिएको हो । कृषि ज्ञान केन्द्र पाल्पाको रु चार लाख २५ हजार बजेटबाट जिल्लाको माथागढीको ओलेसमा, रिब्दीकोट गाउँपालिकाको भैरवस्थानमा र रम्भा गाउँपालिकाको हुँमीनमा भुइँकाफल खेती व्यावसायिकरूपमा थालनी भएको कार्यालय प्रमुख शिवप्रसाद अर्यालले बताउनुभयो […]

छैन क्यामोमाईल खेती गर्ने किसान

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका किसान राधिका साउदले मनग्य आम्दानी हुने क्यामोमाइल खेती गर्न छाड्नुभएको छ । सुगन्धित क्यामोमाइलको प्रशोधित तेल बिक्री हुन छाडेपछि यस वर्ष उहाँले खेतमा क्यामोमाइल खेती गर्नुभएको छैन । खेतमा उहाँले गहुँ छर्नुभएको छ । “क्यामोमाइलको प्रशोधित तेल बिक्री गर्नका लागि व्यापारी खोज्न निकै भौँतारिनुपर्ने समस्या छ”, उहाँले भन्नुभयो, “बिचौलियामार्फत पाइएका व्यापारीले […]

विदेशबाट फर्केपछि सामूहिक कृषि व्यवसायमा

काभ्रे । पाँचखाल नगरपालिका–२ अनैकोटका बोधनाथ तिमल्सिना हिजोआज गोलभेँडा टिप्न, औषधि छर्न र त्यसलाई बजारीकरण गर्दैमा व्यस्त छन् । उनको दैनिकी अहिले टनेलभरि फलेको गोलभेँडालाई सुरक्षित गर्ने, बिक्री गर्ने र त्यसको उचित व्यवस्थापन गर्नु हो । त्यसरी काम गरेर उनले अहिले सबै खर्च कटाएर मासिक रु ५० देखि ६० हजारसम्म आम्दानी गर्दै आएका छन् । […]