समाचार

बिना खनजोत गहुँखेती

भरतपुर। प्रविधिको प्रयोगबाट चितवनमा बिना खनजोत गहुँखेती गर्न शुरु गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनको सहयोगमा भरतपुर महानगरपालिका–५ मा करिब ८० बिघा जमिन बिना खनजोत गहुँखेती शुरु गरिएको हो । जिरो टिलेज मेसिनको प्रयोग गरी गहुँखेती गरिएको कृषि ज्ञान केन्द्र चितवनका योजना अधिकृत एवं बिना खनजोत गहुँखेती प्रविधिका फोकल पर्सन उमराज अर्यालले जानकारी दिए […]

चियाको अध्ययन तथा परीक्षण केन्द्र शिलान्यास

पशुपतिनगर। नेपाली चियाको उत्पादन, प्रशोधन र बजारीकरणको प्रवद्र्धन गर्ने उद्देश्यले इलाममा चिया अध्ययन तथा परीक्षण केन्द्र निर्माण शुरु भएको छ । सूर्योदय नगरपालिका इलामको २० प्रतिशत र प्रदेश नम्बर १ सरकारको ८० प्रतिशत लगानीमा सो केन्द्र निर्माण शुरु भएको हो । रु. २३ करोड लगानीमा निर्माण शुरु भएको केन्द्रको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन […]

कृषि तथा पशुपंक्षी बिमा सम्बन्धी नयाँ निर्देशिका जारी

ललितपुर। बीमा समितिले जारी गरेको कृषि तथा पशुपंक्षी बीमा निर्देशिका २०७७ अनुसार चालु आर्थिक वर्षदेखि हरेक निर्जिवन बीमा कम्पनीहरुले बार्षिक कूल व्यवसायको पाँच प्रतिशत कृषि बीमा अनिवार्य गर्नु पर्ने भएको छ । बिमा समितिले पुरानो बाली तथा पशुपंक्षी बिमा निर्देशन २०६९ लाई समयसापेक्ष परिमार्जन गरी नयाँ ‘कृषि तथा पशुपंक्षी बिमा निर्देशिका २०७७’ जारी गरे संगैं […]

बोटबाटै झर्न थाले सुन्तला

बेनी। सुन्तला बिक्री गर्ने समयमा पाक्ने बेलाका फलहरु झर्न थालेपछि म्याग्दीका किसान निराश बनेका छन् । कीराको प्रकोपले सुन्तला पाक्ने समयमा पहेँला भएका सुन्तला झर्ने समस्या बढेको बेनी नगरपालिका–४ बाँस्कुनाका किसान तिलक गुरुङले जानकारी दिनुभयो । बोटबाट बिक्री नगर्दै सुन्तला झर्न थालेपछि यस वर्ष जिल्लामा सुन्तला उत्पादनमा गिरावट आउने भएको छ । गत वर्षको तुलनामा […]

नवलपुरमा यस वर्ष धान उत्पादनमा कमी

नवलपुर। नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा यस वर्ष धान उत्पादनमा कमी आएको छ । यस वर्ष नवलपुुरमा ८९ हजार ७७९ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष यस जिल्लामा ९२ हजार ३९१ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यो दुई हजार ६१२ मेट्रिक टनले कमी हो । कृषि ज्ञान केन्द्र […]

आलुमा आत्मनिर्भर बनाउन साढे नौ टन बीउ वितरण

तनहुँ। आलुमा आत्मनिर्भर बनाउन तनहुँको व्यास नगरपालिकाले जिल्लाका विभिन्न कृषक समूहलाई आलुको बीउ वितरण गरेको छ । बीउ आलुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित नगरपालिकाले साढे नौ टन आलुको बीउ वितरण गरेको हो । काभ्रेबाट जनकदेव र डिजिरे आलुको बीउ ल्याएर कृषक समूहमार्फत वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख विश्वराज वाग्लेले जानकारी दिए । निर्वाहमुखी खेती प्रणालीको […]

किसानलाई अनुदानमा बोयरका बोका र पाठी

रामेछाप। रामेछापमा बाख्रा जोन कार्यक्रमका किसनालाई बोयर जातका बाख्राका बोका–पाठी वितरण गरिएको छ । ५० प्रतिशत अनुदानमा ती बोका–पाठी वितरण गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापले ५० प्रतिशत अनुदानमा बोयर जातका बोका–पाठी किसानलाई वितरण गरेको हो । कार्यालयले गत वर्षबाट सुरु गरेको बाख्रा जोन कार्यक्रम मार्फत बाख्रा पालनको लागि आवश्यक […]

प्रदेश १ मा धान उत्पादन उत्साहजनक

विराटनगर। प्रदेश नम्बर एकमा यस वर्ष धानको उत्पादनमा वृद्धि भएकाले किसान उत्साहित भएका छन् । समग्रमा धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ९४ प्रतिशत मेट्रिकटन रहेको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । प्रदेशमा कूल धान लगाउने क्षेत्रफल तीन लाख ४० हजार ८ सय २९ हेक्टर हो भने यस वर्ष अनुकूल मौसम, सिंचाइको राम्रो प्रबन्धले गर्दा […]

सहकारीले अनुदानको मल बिक्री गर्न पाउने

देउखुरी । राप्ती र गढवा गाउँपालिकामा अनुदानको मल बिक्रीवितरणका लागि सहकारीलाई अनुमति दिइएको छ । सरकारद्वारा गत भदौ १ गते जारी गरिएको अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका–२०७७ मा स्थानीय सरकारले तोकेका कृषि सरकारी, फर्म तथा कम्पनीले अनुदानको मलखाद वितरण गर्न पाउने व्यवस्था छ । मापदण्ड पुगेका आधारमा राप्तीका आठ र गढवाका १३ सहकारीले मल बिक्री […]

तेजपात उत्पादन बढ्दै, मूल्य नपाउँदा कृषक मारमा

उदयपुर। यहाँको रौतामाई गाउँपालिका जिल्लाकै सबैभन्दा बढी तेजपात उत्पादन हुने क्षेत्र बन्न पुगेको छ । उत्पादन वृद्धि हुँदै गए पनि तेजपातले सही मूल्य नपाउँदा किसान भने मारमा परेका छन् । जिल्लामा वार्षिक रु दश करोडभन्दा बढीको तेजपात उत्पादन हुने गरेको बताइएको छ । कूल उत्पादनको ७० प्रतिशत तेजपात रौता क्षेत्रमा उत्पादन हुने गरेको छ । […]