समाचार

लिफ्टिङ गरेर स्वर्गद्वारीमा खानेपानी पुर्‍याइने

ललितपुर। खानेपानी मन्त्रालयले प्यूठानको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारीमा रहेको खानेपानीको समस्या समाधानका लागि माडी नदीको पानी लिफ्टिङ गर्ने निर्णय गरेको छ । मन्त्रालयको निर्णयमनुसार स्वर्गद्वारीको खानेपानी समस्या समाधानका लागि यही वर्ष डीपीआरसमेत गरिनेछ । त्यसअघि, स्वर्गद्वारीमा रहेको खानेपानी समस्या समाधान सम्बन्धमा खानेपानीमन्त्री मणि थापा, मन्त्रालयका सचिव माधव बेल्वासे, विभाग र आयोजनाका प्रमुखसहितको टोलीले स्वर्गद्वारीमा पुगेर छलफल […]

अम्लिसोको डाँठबाट कागज बनाउँदा अझै बढी मूल्य

इलाम। अम्लिसो के का लागि प्रयोग हुन्छ ? झट्ट सोध्दा उत्तर आउँछ, घाँसका लागि । घाँसका लागि उपयुक्त मानिने अम्लिसो गाईबस्तुका लागि उपयुक्त मानिन्छ । यसको अनेक क्षेत्रमा प्रयोग हुने गरेको छ । पूर्वी पहाडी क्षेत्रमा घर बढार्न अम्लिसोकै कुचो बढी प्रयोग हुन्छ । यति मात्र होइन, अम्लिसोको डाँठ दाउरामा समेत प्रयोग हुन्छ । दाउरा […]

मन्त्री अर्यालद्धारा कलंकी कृषि बजारको उद्घाटन

ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कलंकी कृषि तथा तरकारी बजारको उद्घाटन गरेकी छन् । आज (शुक्रबार) कलंकीस्थित उक्त कृषिबजारमा आयोजीत औपचारिक कार्यक्रममा मन्त्री अर्यालले बजारको उद्घाटन गरेकी हुन् । साथै कार्यक्रममा मन्त्री अर्यालले जहानीय राणा शासनकालमा जनताको पक्षमा लड्नेक्रममा ज्यानको आहुती दिने सहिदको तस्विरमा माल्यार्पण पनि गरेकी छन् । ‘समृद्ध नेपाल सुखी […]

अलैँचीबाट उकासिएका लमजुङका कृषक

लमजुङ। मस्र्याङ्दी गाउँपालिका–७ छिनखोला गाउँबाट बेँसीशहर झरेका अजय तामाङ परिवारका साथ सुख, सयल र सुविधाको जीवन बिताउने सपना देखेर १३ वर्षअघि दुवई हानिए । उनको सपना केवल सपना मात्रै भयो । विदेशमा न सोचेजस्तो काम, न सोचेजस्तो कमाइ । साढे दुई वर्षपछि उनी नेपाल फर्किए । न विदेशको कमाइ, न स्वदेशमा कुनै रोजगारीको उपाय । […]

कुखुरा रोग नियन्त्रण गर्न खोप

सिमकोट। हुम्लाको खार्पुनाथ गाउँपालिकाका–२ थाली गाउँका कुखुरामा लागेको रोग पुष्टि भएको छ । गाउँमा फैलिएको रोगबाट हालसम्म पनि कुखुरा मर्ने क्रम नरोकिएपछि बचेका कुखुराको रक्षाका लागि खोप ल्याइने भएको छ । केही दिन अगाडि मात्रै थाली गाउँमा कुखुरा मर्न थालेको भन्दै स्थानीयद्वारा विभिन्न सञ्चार मिडियामा जानकारी गराएपछि सम्बन्धित पशु सेवा कार्यालयले खोपको व्यवस्था गर्न लागेको […]

सुन्तला बिक्रीबाट डेढ करोड भित्रियो पर्वतको देउपुरमा

पर्वत। सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको मोदी गाउँपालिका–२ देउपुरका कृषकले यस वर्ष रु डेढ करोड भित्र्याएका छन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका देउपुरका कृषकले उत्पादन गरेका सुन्तला बिक्रीबाट रु एक करोड ५० लाखभन्दा बढी रकम भित्रियाएको हो । गत वर्षभन्दा यस वर्ष सुन्तलाको उत्पादन कम भएकाले आम्दानीसमेत झण्डै ५० प्रतिशतले कमी आएको छ । […]

वैज्ञानिक वन कार्यविधि खारेज गर्ने निर्णयको स्वागत

लललितपुर। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन)ले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गर्ने सरकारको निर्णयको स्वागत गरेको छ । मन्त्रिपरिषद्को यही माघ ११ गतेको बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गर्ने निर्णय गरेको हो । काठको उत्पादन बढाइ विदेशबाट काठको आयात घटाउन र आत्मनिर्भर बनाउने उद्देश्यका साथ तत्कालीन वन तथा भू–संरक्षण मन्त्रालयले विसं २०७१ […]

फुजी स्याउप्रति किसानको आकर्षण बढ्दो

खलङगा। पछिल्लो समयमा यहाँका किसान विदेशी फुजी स्याउप्रति आकर्षण भएका छन् । जिल्लामै उत्पादन हुने अर्गानिक जुम्ली स्याउ भन्दा फुजी स्याउले राम्रो प्रतिफल दिने भएपछि जिल्लाका स्याउ किसान फुजी स्याउप्रति आकर्षण भएको जुम्ला एग्रो फर्मका सञ्चालक रेश्मा श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा फुजी स्याउखेती सफल भएसँगै जुम्ली एग्रो फर्म र हाम्रो सहकारी प्रालिले चार वर्षअघि […]

बजार लिँदै भोजपुरे सुन्तला

धरान। यस वर्षको सुन्तला सिजन (याम) सकिन लागेको छ । कोशी करिडोरको पहाडी जिल्लाबाट धरान आयात हुने सुन्तला यस वर्ष बिक्री घटेको छ । यव वर्षको असिनापानीका कारण भोजपुर र धनकुटामा सुन्तला उत्पादन कम भएको कृषकले जनाएका छन् । पूर्वको कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार माघ पहिलो सातासम्म धरानमा दुई हजार ७०० मेट्रिक […]

चौँरी र भेडा प्रवर्द्धन गर्दै सिदिङ्वा

फुङ्लिङ। सिदिङ्वा गाउँपालिकाले चौँरी र भेडा प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको छ । यसका लागि गाउँपालिकाले पशु व्यवसायीहरुलाई अनुदानसहित बीमाको व्यवस्था गर्दै आएको कृषि शाखा प्रमुख विकास थेबेले जानकारी दिए । उनकाअनुसार संघीय सरकाले भेडीगोठ प्रवर्द्धन कार्यक्रम अन्तर्गत रु ८० लाख विनियोजन गरेको छ । व्यावसायिक भेडापालक कृषकलाई ८० प्रतिशत अनुदान दिने गाउँपालिकाले कार्ययोजना […]