समाचार

खाद्य कम्पनीले सुरु गर्‍यो गहुँ खरिद गर्न

कैलाली। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. प्रादेशिक कार्यालय धनगढीले कैलालीमा गहुँ खरिद सुरु गरेको छ । कम्पनीले जिल्लाका दुई स्थानबाट किसान तथा कृषिसम्बन्धी सहकारीबाट गहुँ खरिद सुरु गरेको हो । जिल्लाको मोहनपुर र टीकापुर गोदामबाट सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा गहुँ खरिद सुरु गरिएको कार्यालय प्रमुख दीपक थापाले जानकारी दिए । […]

आज ३० औं राष्ट्रिय चिया दिवस

ललितपुर। नेपालको आर्थिक समृद्धिको बलियो आधार मानिएको चिया क्षेत्रले आफ्नो ३० औं राष्ट्रिय चिया दिवस मनाउँदैछ । ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ यो वर्षको राष्ट्रिय चिया दिवस आज चियाको उद्गमस्थल इलामको सूर्योदय नगरपालिकास्थित फिक्कलमा विशेष समारोहका बिच मनाइँदैछ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन […]

सरकारी कार्यक्रमहरू होटल तथा रिसोर्टमा गर्न नपाइने

ललितपुर।  सरकारी खर्चलाई थप मितव्ययी र नतिजामुखी बनाउने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई होटल तथा रिसोर्टमा कार्यक्रम नगर्न निर्देशन दिएको छ । मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले एक परिपत्र जारी गर्दै आगामी दिनमा हुने सबै प्रकारका औपचारिक कार्यक्रमहरू सरकारी संरचनाभित्रै सञ्चालन गर्नुपर्ने व्यवस्था अनिवार्य गरेको हो । […]

यार्सा संकलन सुरु

मुस्ताङ। मुस्ताङका विभिन्न स्थानमा यार्सागुम्बा संकलन सुरु भएको छ। यहाँको तल्लो क्षेत्र थासाङ गाउँपालिकाअन्तर्गत कुञ्जो, कोवाङ र टुकुचे संरक्षण क्षेत्र व्यवस्थापन समितिअन्तर्गतका उच्च लेकमा यार्सागुम्बा संकलन सुरु भएको हो। यार्सागुम्बा समून्द्री सहतको तीन हजारदेखि छ हजार मिटरको उचाइमा पाइने जडीबुटी हो। यहाँका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका आधा दर्जनभन्दा बढी स्थानमा हरेक वर्ष वैशाखदेखि […]

पशुपालन व्यवसाय तथा आहार सम्बन्धी एक दिने तालिम सम्पन्न

ललितपुर। ए. बि. पेलेट फिड प्रा. लि. को सहकार्यमा देवीचौर बहुउद्देश्यीय दुग्ध उत्पादक सहकारी संस्था लि. तथा सचेतक दुग्ध उत्पादक सहकारी संस्था लि. द्वारा आयोजित पशुपालन व्यवसाय तथा आहार सम्बन्धी एक दिने तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। किसानहरूको ज्ञान, सीप र उत्पादन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय किसानहरूको उल्लेखनीय सहभागिता […]

चालू आर्थिक वर्षको ९ महिनामा भित्रियो साढे ३२ अर्बको धानचामल

ललितपुर। चालू आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउन-चैत)सम्म नेपालले ३२ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको धाचामल भित्रिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा मुलुकमा ६ लाख ३८ हजार ७८७ टन धान, चामल, कनिका र बिउ भित्रिएको हो। गत आव २०८१/८२ सोही अवधिमा ३२ अर्ब १२ करोड ९७ लाख बराबरको ६ लाख ५० […]

किसानलाई सिधै बजार पहुँच : थोक बजारमा १० र हाटबजारमा ५० प्रतिशत

ललितपुर। सरकारले कृषि उपजको बिक्री वितरणमा बिचौलियाको प्रभाव कम गरी किसानलाई सिधै बजारसँग जोड्ने महत्त्वपूर्ण निर्णय गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रीस्तरीय निर्णयबाट अब देशका प्रमुख कृषि थोक बजारहरूमा किसानका लागि छुट्टै किसान सेड (बिक्री स्थल) अनिवार्य रूपमा व्यवस्था गर्नुपर्ने भएको हो । बजारमा कृषकहरूको सिधा पहुँच सुनिश्चित गर्दै कृषि उपजको तह कम […]

किसानले भने-बिचौलियाको कारण केराको मूल्य आकाशियो, आयातमा नियन्त्रण स्वागतयोग्य

ललितपुर। नेपाल केरा उत्पादक महासंघले देशभरका हजारौं किसानहरूको साझा आवाज सार्वजनिक गर्दै केरा बजारमा देखिएको मूल्य असन्तुलनप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। महासंघका अनुसार हाल बजारमा केराको खुद्रा मूल्य प्रति दर्जन ३५० देखि ४०० रुपैयाँसम्म पुगेको छ, जसका कारण उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भएका छन्। तर, किसानले भने बारीबाट केरा बेच्दा निकै कम मूल्य पाउने […]

मन्त्री चौधरी र किसानबिच केरा उत्पादन, बजारीकरणदेखि मल आपूर्तिसम्मका विषयमा छलफल

ललितपुर। कृषि तथा पशुपन्छी विकास मन्त्रालय र केरा उत्पादक किसानबीच उत्पादन, बजारीकरण र मल आपूर्ति लगायत समसामयिक विषयमा छलफल भएको छ । कृषिमन्त्री गीता चौधरी समेतको उपस्थितिमा भएको छलफलमा कृषि क्षेत्रको विकासका लागि किसान टिक्नुपर्ने अपरिहार्यता मध्यनजर गर्दै मन्त्रालयले बिमा, उत्पादन र बजार व्यवस्थापनमा समन्वयात्मक ढंगले काम गर्ने प्रतिबद्धता जनाएको छ । स्वदेशी कृषि उपजलाई […]

चौधौँ राष्ट्रिय पशु तथा मत्स्य अनुसन्धान कार्यशाला ललितपुरमा सुरु

ललितपुर। नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा चौधौँ राष्ट्रिय पशु तथा मत्स्य अनुसन्धान कार्यशाला ललितपुरको खुमलटारमा सुरु भएको छ। कार्यशालाको उद्‌घाटन गर्दै परिषद्का कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिनाले समयको माग अनुसारको पशुपालन प्रविधि, स्रोत र साधनको भरपूर उपयोग हुनेगरी अनुसन्धान र सम्बन्धित सबै संस्थाहरूको सहकार्यमा प्रविधिको विकास तथा विस्तार गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो। उहाँले परिषद्को […]