समाचार

मेघ गर्जनसहित वर्षाको सम्भावना

ललितपुर। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका […]

यस वर्ष आँपको उत्पादन बढ्ने

खजुरा। बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भएको छ । आँपका बोट झाङ्गिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका कृषि ज्ञान केन्द्रले जनाएको छ । बर्सेनि आउने हावाहुरी र बतासले आँपका फूल झार्नाका साथै बतिला आँपसमेत झर्ने गरेको पाइएको छ । एकाध आँप भएका बारी होस् वा आखन खाँपको बगैँचा नै यतिबेला सबैतिर […]

कोशी प्रदेशका किसानलाई दूधमा अनुदान दिइँदै

झापा। कोशी प्रदेशमा दूध उत्पादन गर्ने छ जिल्लाका किसानलाई प्रदेश सरकारले प्रतिलिटर रु दुईका दरले अनुदान दिने भएको छ । ग्रामीण क्षेत्रमा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा रु. १२ करोड ५० लाख रकम अनुदानका लागि विनियोजन गरेको छ । प्रदेशका झापा, मोरङ, सुनसरी, […]

वन्यजन्तु बस्ती पस्न थालेपछि अध्ययन सुरु

देउखुरी। दाङका वन नजिकका बस्तीमा वन्यजन्तु पस्न थालेपछि त्रास बढेको छ । घोराही उपमहानगरपालिका– ५ वसन्तापुरकी दीपा डाँगीले पालेका बाख्रा नजिकै रहेको दुर्गा सामुदायिक वनमा चराउन लैजाँदा बाघले खायो । घर नजिकै रहेको वनमा बाख्रा चराउन लग्नुभएकी डाँगीका पाँच ठूला खसी बाघले मारिदियो । उहाँसँग अहिले पनि २० खसीबाख्रा छन् । “घर नजिकै जङ्गल छ, […]

शीतभण्डार निर्माण ७० प्रतिशत सकियो

नेपालगञ्ज।आलुको पकेट क्षेत्र मानिने बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनीयामा निर्माणाधीन आलु शीतभण्डार निर्माण ७० प्रतिशत पूरा भएको छ । गाउँपालिकामा गाउँसभा ढिलो भएका कारण बजेट अभावले शीतभण्डारको काम निर्धारित समयमा हुन नसकेको डुडुवा गाउँपालिका, कृषि शाखाका प्रमुख सुशील शर्माको भनाइ छ । “बजेट र भुक्तानीअनुसार शीतभण्डारको काम भइरहेको छ”, उहाँले भन्नुभयो । पालिकामा एक किसानले कम्तीमा […]

चैत १७ देखि २० गतेसम्म पुष्प मेला हुने

ललितपुर। पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित यही चैत १७ देखि २० गतेसम्म २४औँ फ्लोरा एक्स्पो मेला आयोजना हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सञ्चालन गर्न लागिएको मेलामा ७० वटा कक्ष रहने बताइएको छ । व्यवसायी ६० वटा रहने छ भने सूचनामूलक १० कक्ष प्रदर्शनमा राखिले एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो । […]

किसानलाई अनुदानमा कृषि उपकरण

अन्नपूर्ण। कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । महानगरले किसानलाई आधुनिक उपकरण वितरणका साथै उनीहरूलाई यसको प्रयोगबारे जानकारीसमेत दिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को बजेटबाट ५० प्रतिशत अनुदानमा विभिन्न उपकरण वितरण गरिएको पोखरा महानगरपालिकाका कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । महानगरले हाते ट्र्याक्टर दुई सय ६१ […]

दुई दशकदेखि गाईपालनमा जमेका वासुदेव

रामपुर। व्यवसाय सञ्चालन गर्ने र छोड्ने नेपाली समाजको वास्तविकतामा रामपुरका वासुदेव ढुङ्गाना भने फरक देखिनुभएको छ । दुई दशकदेखिको गाईपालन व्यवसायलाई निरन्तरता दिँदै आउनुभएका ढुङ्गानाले आफ्नो कामलाई थप व्यावसायिक बनाउनुभएको छ । करिब दुई दशक अघिदेखि नै ढुङ्गानाको घरमा स्थानीय जातका गाई पालिन्थ्यो । स्थानीयवासी गाईको दूधले मानव शरीरलाई पोषिलोपन दिने भएकाले उहाँ जानकार भएदेखि […]

‘सामान हाम्रो, मूल्य ग्राहकको’

तनहुँ।बन्दीपुर गाउँपालिकामा रहेका करिब ४० घर भुजेलले बाँसबाट निर्मित सामग्री बिक्री गरेर आम्दानी गर्दै आएका छन् । बाँसबाट निर्मित परम्परागत घरायसी सामग्री बिक्री गरेर घरको दैनिकी धान्दै आएका उनीहरू पछिल्लो समय सङ्कटमा पर्दै गएका छन् । बजारमा कच्चापदार्थ बाँस, दैनिक उपभोग्य सामग्री र यातायातको भाउ बढेपछि आफूहरूको आम्दानी खुम्चीएको ५३ वर्षीय चन्द्रबहादुर भुजेलले बताउनुभयो । […]

वर्षाले पर्यावरण र किसानलाई राहत

काठमाडौँ। लामो समयपछिको वर्षाले पर्यावरण र किसानलाई राहत मिलेको छ । वर्षापछि हिमपात हुँदा हिमाल हिउँले भरिएका छन् भने सुक्खापनले खङ्ग्रिएका डाँडामा हरियाली देखिन थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलवायु विश्लेषण शाखाका प्रमुख वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले लामो समयको खडेरीपछिको वर्षाले वातावरण सफा हुनका साथै किसानलाई ठूलो राहत मिलेको बताउनुभयो । […]