ठूलोखोला क्षेत्रमा फैलिएको बर्डफ्लू नियन्त्रणमा
त्रिशूली। नुवाकोटको ककनी गाउँपालिका–१ औखरापौवास्थित ठूलोखोला क्षेत्रमा देखापरेको बर्डफ्लू (एभियन इन्फ्लुएन्जा) भाइरस नियन्त्रणमा आएको छ । माघ अन्तिम सातादेखि फागुन पहिलो साताको अवधिमा देखापरेको बर्डफ्लू भाइरस सङ्क्रमित र शङ्कास्पद फार्मको पन्छी, पन्छीजन्य पदार्थ र पन्छीजन्य उत्पादनका सामग्रीहरू नष्ट गरेर थप फैलनबाट रोकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका प्रमुख भरत पाण्डेले जानकारी दिनुभयो […]





