समाचार

‘अफ्रिकन स्वाइन फिवर’ले बङ्गुर मरे

चितवन। ‘अफ्रिकन स्वाइन फिवर’का कारण जिल्लाका १२ खोरका दुई हजार आठ सय ७३ बङ्गुर मरेका छन् । भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा पालिएका ती बङ्गुर मरेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार भरतपुर –३ मा तीन , रत्ननगरमा चार , इच्छाकामनामा तीन र […]

उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा

ललितपुर। राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले वर्षा गराएको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो एक घन्टामा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको छ । अहिले काठमाडौँमा कीर्तिपुर, सिनामङ्गल, रत्नपार्क, […]

लामो खडेरीले हिउँदेबाली नष्ट

डडेल्धुरा। लगातारको खडेरीले गहुँबालीसहित हिँउदेबाली सुक्न थालेको छ । खडेरीका कारण हिउदेबाली सुक्न थालेको भन्दै डडेल्धुराका किसान चिन्तित बनेका छन् । खेतमा लगाएको गहुँबालीसँगै तेलहनबाली पनि नष्ट भइरहेको छ । लामो समयदेखि हिउँदे वर्षा भएको छैन । गँहुबाली लगाइएका खेत तथा गराबाँझै छन् । पानी नपर्दा र सिँचाइ नहुँदा गहुँबाली सुकेर नासिएको आलिताल गाउँपालिका–२ का […]

रित्तिँदै गाउँ, भरिँदै बजार

तनहुँ । “यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पथ्र्यो । त्यसरी नपकाए पुग्थेन”, व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भन्नुभयो, “तर अहिले ती सबै एकादेशको कथा जस्ता भए । सत्तरी घर रहेको गाउँ अहिले सातमा झर्यो। हेर्दा हेर्दै गाउँ रित्तियो ।” भारतीय सेनाका पूर्वसैनिकको बाहुल्यता रहेको उक्त गाउँमा त्यस […]

आजको मौसम : हल्का वर्षाको सम्भावना

ललितपुर। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजना लामिछानेका अनुसार आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको उच्च […]

असला पारखीको गन्तव्य तातोपानी

म्याग्दी। बेनी नगरपालिका–४ तातोपानी म्याग्दी नदीको असला माछाको स्वादका पारखीहरूका लागि नयाँ गन्तव्य बनेको छ । प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो । असला माछाको स्वाद लिन देशका विभिन्न ठाउँबाट पाहुना आउन थालेका तातोपानीको थकाली होटलकी सञ्चालक मना तुलाचनले […]

अलैँची बिक्रीबाट २० करोड आम्दानी

लमजुङ। अलैँची दाना बिक्रीबाट यहाँका किसानले रु. २० करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार यसवर्ष जिल्लामा तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको थियो । विसं २०४१ देखि अलैँची खेती विस्तार भएपछि यसवर्ष हालसम्मकै बढी अलैँची बिक्रीबाट सो रकम आम्दानी भएको हो । यस वर्ष किसानले प्रतिकिलो […]

कृषकलाई कृषि सामग्री हस्तान्तरण

सुन्दरहरैँचा। मोरङको सुन्दरहरैँचा नगरपालिकाको आयोजनामा व्यावसायिक तरकारी खेती गर्दै आएका कृषक समूहलाई रु. १० लाख ७० हजार मूल्य बराबरका विभिन्न कृषि सामग्री हस्तान्तरण गरिएको छ । नगरपालिकाको वडा नं ११ शुक्रबारेमा सूर्य तरकारी पकेट समितिको सहकार्यमा कृषक समूह तथा नगरपालिकाको साझेदारी रकममा आवश्यक कृषि सामग्री हस्तान्तरण गरिएको समितिका अध्यक्ष कृष्ण श्रेष्ठले बताउनुभयो । कृषकलाई मिनी […]

५२ रोपनी क्षेत्रफलमा गोलभेँडा खेती

रेसुङ्गा। गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ का ज्ञवाली परिवारले गोलभेँडा (टमाटर) बाटै मनग्ये आम्दानी गर्दै आउनुभएको छ । कमल र कपिल ज्ञवाली दाजुभाइले मिलेर आफ्नै घरबारीमा गोलभेँडा खेती गरिहरनुभएको छ । दुई दाजुभाइसँगै घरपरिवारका सबै मिलेर व्यवसायिक कृषिमा लाग्नुभएको छ । उहाँहरुले अहिले दाजुभाइ कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर गोलभेँडा खेती गरिरहनुभएको छ । ज्ञवाली परिवारका […]

प्रशोधन केन्द्र खुलेपछि निस्दीका कृषक अदुवा खेतीमा आकर्षित

तानसेन। निस्दी–५ गल्धाकी विष्णुमाया राक्सेले अदुवा खेती गर्न थालेको १० वर्ष भएको छ । अन्य खेती छाडेर अदुवा खेती गर्दै आएका राक्सेको परिवारले अदुवाको मूल्य नपाएपछि यसबाट विस्थापित हुन थाले । “खेती ग¥यो, बेच्ने बेलामा मूल्य नै आउँदैन । लगानी उठाउन पनि गाह्रो”, राक्से भन्नुहुन्छ, “अदुवा खेती गर्ने मन नै मरेको थियो ।” गल्धा सामाजिक […]