समाचार

गड्डाचौकीबाट ६ महिनामा सात करोडको तरकारी आयात

महेन्द्रनगर।    कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६ महिनामा रु. सात करोड भन्दा बढीको तरकारी आयात भएको छ । कञ्चनपुरका बितेका वर्षमा तरकारी खेतीप्रति किसानको आकर्षण बढिरहेको भए पनि यहाँ तरकारी भारतबाट आउने क्रम रोकिएको छैन् । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको साउनदेखि गत पुससम्म यहाँबाट रु. सात करोड ६५ लाख ४४ […]

किन सुस्तायो भाइरल तनहुँसुर ?

दमौली। प्लेनबाट देखाइदेऊ तनहुँसुर मोटरैमा घुमाइदेऊ बन्दीपुर ए कसम लाम माया छपक्कै तनहुँका वरिष्ठ गायक प्रेमराजा महत र अञ्जु पन्तले गाएको यो गीतको टुक्का राखेर तनहुँसुरको भिडिओ बनाउने युवायुवतीको सङ्ख्या ह्वात्तै बढ्यो । बीचमा चौतारा राखेर सडक कालोपत्र गरिएको दृश्यसँगै यो गीतको टुक्काले तनहुँसुर पुग्ने युवायुवतीको भीड बढ्यो । दैनिक सयौंको सङ्ख्यामा युवायुवती व्यास नगरपालिका–११ […]

पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ। आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनिरहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका […]

मरेनी र बुल आलु पकेट क्षेत्र

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिकाको बुल र मरेनीमा आलुको कृषि उत्पादन ९पकेट० विकास कार्यक्रम सुरु भएको छ । व्यावसायिक आलुखेती विस्तार, उत्पादन, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाको कृषि शाखाले बुल र मरेनीमा कार्यक्रम सञ्चालन गरेको हो । शाखाका प्रमुख आश्विन खत्रीले कार्यक्रममार्फत दुई ठाउँका ५८ घरधुरी कृषकले एक सय १४ रोपनी बारीमा आलुखेती […]

रासायनिक मलको माग अत्यधिक

वीरगञ्ज। आगामी वर्ष पनि धानखेतीका समयमा पुनः रासायनिक मलको अभाव हुने भएको छ । मलखाद खरिदको प्रक्रिया लामो र धेरै समय लाग्ने भएकाले तत्काल मल खरिदका लागि बोलपत्र प्रक्रिया सुरु नगरिए आगामी असार, साउन र भदौमा मलखादको अभाव हुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीलाई मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्सामा चालु आर्थिक […]

टर्कीबाट ल्याइयो ओखरका बिरुवा

रुकुम(पूर्व)। रुकुम(पूर्व)मा टर्कीबाट १६ हजार दाँते ओखरको बिरुवा ल्याइएका छन् । डिभिजन वन कार्यालयले किसानको मागअनुसार टर्कीबाट १६ हजार फरनर जातको दाँते ओखरको बिरुवा ल्याएको हो । ती बिरुवा जिल्लाको विभिन्न ठाउँमा भोलि १६ गते एकै साथ लगाइँदै छ । लुम्बिनी प्रदेश वन मन्त्रीको उपस्थितिमा बिरुवा रोपिने वन कार्यालयका डिभिजनल वन अधिकृत जीतेन्द्रसिंह खड्काले जानकारी […]

किन ढिलो भयो हिउँदे वर्षा

ललितपुर। यस वर्ष हिउँद याम सकिनै लाग्दा अर्थात् करिब पाँच महिनापछि आइतबार राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भयो । सामान्यत नेपालमा हिउँदे वर्षा मङ्सिर दोस्रो सातामा सुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ । हिउँदे याम सुरु भएको तीन महिनापछि अर्थात् फागुन १४ गते देशभर वर्षा भयो । मौसमी भाषामा यो वर्षालाई […]

असिनाले साढे दुई करोडको सुन्तलामा क्षति

गण्डकी।  आइतबार साँझ परेको असिनाका कारण कास्कीको पोखरा महानगरपालिका वडा नं २१ दोपहरे क्षेत्रमा रु साढे दुई करोडभन्दा बढीको सुन्तला बालीमा क्षति पुगेको छ । असिनाका कारण पालुवा पलाउँदै गरेका तथा फूल खेल्न थालेका सुन्तलाका बोटमा हाँगा, पात आदिमा नराम्रोसँग क्षति पुगेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कँडरियाले जानकारी दिनुभयो । दोपहरे क्षेत्रमा करिब २० […]

बोका वितरण

ढोरपाटन। बागलुङको ढोरपाटन नगरपालिकाले पशुपालक कृषकलाई उन्नत जातको बाख्रा तथा बोका वितरण गरेको छ । नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले अघिल्ला वर्षहरुदेखि कृषकलाई अनुदानमा बाख्रा वितरण गर्दै आएको छ । चालुक आर्थिक वर्ष संघीय सरकारको ससर्त अनुदान बजेटबाट यहाँका २० कृषकलाई उन्नत जातका बोक तथा बाख्रा वितरण गरेको ढोरपाटन नगरपालिकाका पशु शाखा प्रमुख तेजमाया खड्काले […]

‘चामलसँग तरकारी साटेर ल्याउने दिन गए’

कञ्चनपुर। कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका गयाप्रसाद चौधरी आवत जावत गर्न मोटरसाइकलको प्रयोग गर्नुहुन्छ । पक्की घरमा बस्नुहुन्छ । खेत जोत्नका लागि उहाँसँग पावर टिलर छ । सिँचाइका लागि पम्पसेट र विद्युतीय मोटर छ । यी सबै सम्पत्ति उहाँले व्यावसायिक तरकारी खेतीबाट जोड्नुभएको हो । डेढ दशक अघिदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका उहाँले वर्षमा रु. दश […]