समाचार

उपल्लाचौरमा आइपिएम किसान पाठशाला

म्याग्दी। बेनी नगरपालिका–१ उपल्लाचौरमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) किसान पाठशाला सञ्चालन गरिएको छ । किसानलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङगारिक खेती गर्न नगरपालिकाको आर्थिक सहयोगमा रत्नेचौर आइपिएम किसान समूहमार्फत पाठशाला सञ्चालन गरिएको हो । समूहका अध्यक्ष अस्मिता बोगटीले स्थानीयस्तरमा उपलब्ध प्राङगारिक मल, गाईभैँसीको मूत्र र जैविक विषादीको प्रयोगबाट रोगकीरा पहिचान तथा व्यवस्थापन गर्न पाठशाला […]

वर्षा नहुँदा जुम्लामा हिउँदे बाली सुक्दै

जुम्ला। यहाँ हिमपात र वर्षा नहुँदा हिउँदे बाली सुक्दै गएको छ । गत वर्ष पुसको अन्तिम साता हिमपात भएकामा यस वर्ष माघको दोस्रो साता हुँदासम्म पनि वर्षा र हिमपात नभएपछि यहाँका किसानले लगाएको हिउँदे बालीको उत्पादनमा कमी आउने तातोपानी गाउँपालिकाका किसान त्रिपुरा न्यौपानले बताउनुभयो । हिउँदे बाली लगाउने समयदेखि नै परेको खडेरीका कारण लगाइएकोे बालीसमेत […]

सडकको पहुँचसँगै फेरियो जीवनशैली

भोजपुर। सडक विस्तारले यहाँका स्थानीयको जीवनशैलीमा परिर्वतन आएको छ । दशकअघिसम्म ढाकर टेकुवाको भरमा धरान, धनकुटाबाट नुन, तेल, चामल बोकेर दैनिकी चलाउँदै आएका स्थानीय सडकको पहुँचमा जोडिएपछि जीवनशैलीमा सहजता थपिएको हो । सडकको पहुँच विस्तार भएपछि स्थानीयमा व्यावसायिक धाराणाकोसमेत विकास भएको छ । पछिल्लो दुई दशकको अवधिमा भोजपुरले सडकको क्षेत्रमा अग्रता लिएपछि मानिस व्यावसायिक खेतीमा […]

‘सेताम्मे हिमाल कालो देखिन थाले’

सिन्धुपाल्चोक। चाँदीझैँ टल्किने यहाँका हिमाल पछिल्लो समय कालो देखिन थालेका छन् । जलवायु परिवर्तनका असरबाट सुन्दर हिमाल प्रभावित हुन थालेको जनाइएको छ ।यसबाट पर्यटकीय गन्तव्यको रुपमा परिचित यहाँको हेलम्बु, पाँचपोखरी, जुगल लगायतको पर्यटन क्षेत्र प्रभावित हुन थालेको छ । ती क्षेत्रको डाडाँकाडा मङ्सिर सुरु हुँने वित्तिकै हिउँले सेताम्मे हुने गर्दथ्यो । पछिल्ला वर्षहरुमा हिमालमै हिँउ […]

रानी जमरा कुलरिया सिँचाइ आयोजना : ११ वर्षमा ३० प्रतिशत काम

टीकापुर। राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको समयावधि सकिन लाग्दा पनि काम पूरा नहुने सङ्केत देखिएपछि सरोकारवाला चिन्तित भएका छन् । टीकापुरस्थित संवाद समूहले आयोजना गरेको छलफलमा सिँचाइ आयोजनाबाट लाभान्वित हुनेहरु यतिखेर चिन्तामा छन् । मूल कुलाका पदाधिकारी र रानी जमरा कुलरिया गरी तीन वटै नदी प्रणाली उपभोक्ता समितिका पदाधिकारी, पत्रकार र आयोजनाका […]

रुकुम पूर्वमा खाद्यको चामलको माग बढ्दो

मुसीकोट। रुकुम पूर्वमा खाद्यको चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जिल्ला शाखाका अनुसार जिल्लामा चामलको माग बढेको हो । यो भन्दा पहिला जिल्लामा खाद्यको शाखा कार्यालय थिएन । चामलको माग बढेपछि जिल्लामा शाखा नै स्थापना गरेर चामल बिक्री सुरु गरिएको छ । जिल्लामा असोजदेखि खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको […]

नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको अध्यक्षमा यादव

ललितपुर। नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको १२औँ केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । शनिबार सकिएको महाअधिवेशनले विजयकुमार यादवको नेतृत्वमा नयाँ कार्य समितिसमेत चयन गरेको छ । महाअधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ज्ञान राज राई, महिला उपाध्यक्षमा अलिसा उलक तथा उपाध्यक्षमा मणिराम फुँयाल र पदमबहादुर खड्का चयन हुनुभएको छ । उपाध्यक्षमा पूर्वक्षेत्रतर्फ ईश्वरचन्द राजवंशी, मध्य क्षेत्रमा सूर्यदेवप्रसाद […]

‘धनकुटा कफी’ बजारमा

धनकुटा। डिएस एग्रो इन्डष्ट्रिजले धनकुटा कफी बजारमा ल्याएको छ । धनकुटामा जारी प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं एभोकाडो धनकुटा महोत्सवमा सो इन्डस्ट्रिजले आफ्नो उत्पादन सार्वजनिक गरेको छ । यो उत्पादन जिल्लाकै पहिलो ‘प्याकेजिङ’ प्रशोधित कफी हो । विसं २०७२ बाट धनकुटा नगरपालिका–२ गणेशटार भिरगाउँमा कफीखेती सुरु गरेको यस एग्रो इन्डस्ट्रिजले आफ्नो उत्पादनलाई बजारमा […]

तरकारी सङ्कलन केन्द्रबाट किसानलाई लाभ

डडेल्धुरा। डडेल्धुराको आलिताल गाउँपालिकामा तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको छ । वडा नं. २ मा स्थापित उक्त केन्द्रबाट तरकारीलगायत कृषिजन्य उत्पादन सङ्कलन तथा बिक्री गर्न सहज हुने भएको छ । सो केन्द्र स्थापनाले तरकारी खेतीमा सम्लग्न तीन सयभन्दा बढी किसान लाभान्वित भएका छन् । केन्द्र व्यवस्थापन तथा सञ्चालनका लागि स्थानीय अगुवा किसान जोगबहादुर मडैको अध्यक्षतामा […]

‘सीप त छ, बेच्न बजार छैन’

कमलामाई। सिन्धुलीको दुधौली नगरपालिका–३ खुट्टेपानीकी सगरवत्ती कुमर (दनुवार) सँग मान्द्रो बनाउने सीप छ । बनाएको मान्द्रो बिक्री गर्ने बजार छैन । सात वर्षअघि सम्म मान्द्रो बेचेर भएको आम्दानीले उहाँको घरायसी व्यवहार टर्दै आएको थियो । अहिले घरखर्चका लागि ऋण गर्नुको विकल्प छैन । आम्दानीको स्रोत केही नभएपछि ऋणको भारी बोकेरै भए पनि व्यवहार धान्नु परेको […]