समाचार

ठूलोखोला क्षेत्रमा फैलिएको बर्डफ्लू नियन्त्रणमा

त्रिशूली। नुवाकोटको ककनी गाउँपालिका–१ औखरापौवास्थित ठूलोखोला क्षेत्रमा देखापरेको बर्डफ्लू (एभियन इन्फ्लुएन्जा) भाइरस नियन्त्रणमा आएको छ । माघ अन्तिम सातादेखि फागुन पहिलो साताको अवधिमा देखापरेको बर्डफ्लू भाइरस सङ्क्रमित र शङ्कास्पद फार्मको पन्छी, पन्छीजन्य पदार्थ र पन्छीजन्य उत्पादनका सामग्रीहरू नष्ट गरेर थप फैलनबाट रोकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका प्रमुख भरत पाण्डेले जानकारी दिनुभयो […]

सरकारले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल तीन हजार तीन सय ५१

ललितपुर। सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल रु. तीन हजार तीन सय ५१ तोक्ने निर्णय गरेको छ । यही फागुन ११ गते बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०७९/०८० का लागि उक्त मूल्य निर्धारण गर्ने निर्णय गरेको हो । बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ सम्बन्धी विधेयक सङ्घीय संसद्समक्ष […]

चार करोड ३४ लाख माछा र भुरा बिक्री

बागमती। हेटौँडाको प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्रले चालु आर्थिक वर्षको हालसम्म चार करोड ३४ लाखभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्री गरेको छ । मकवानपुरस्थित कार्यालयका अनुसार किसानको मागबमोजिम विगतको तुलनामा माछाको भुरा उत्पादन र बिक्री बढ्दै गएको हो । प्रत्येक वर्ष तीन करोडदेखि तीन करोड ३४ लाख माछाका भुरा उत्पादन तथा बिक्री […]

सन्धिखर्कका कृषकलाई मेसिन सहयोग

अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषकलाई डिप फ्रिज, विद्युतीय घाँस काट्ने मेसिन र भकारो सोहोर्ने हाइप्रेसर क्लिनर मेसिन वितरण गरेको छ । कृषकको मागका आधारमा कृषकलाई डिप फ्रिज, विद्युतीय घाँस काट्ने मेसिन र भकारो सोहोर्ने हाइप्रेसर क्लिनर मेसिन वितरण गरेकामा पशुपालनमा लागेका कृषक खुसी भएको कृषक बाबुराम पाण्डेले बताउनुभयो । सन्धिखर्क नगरपालिकाको पशु सेवा शाखाले […]

हिमपात नहुँदा भोकमरीको जोखिम

बझाङ। सुर्मा गाउँपालिका–१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउनुहुन्छ । मङ्सिरमा छरेको गहुँ फागुनको मध्यतिर पनि नउठेपछि आउँदो वर्ष खाद्य सङ्कट होला भन्ने चिन्ताले उहाँलाई सताउन थालेको छ । जिल्लाको लेकाली भेगमा पुसको महिनामा बाक्लो हिमपात भएपछि माघ–फागुनमा गहुँ हुर्किसक्थ्यो । बुढा भन्नुहुन्छ, “यो समयमा त गहुँले चारैतिर हरियाली हुन्थ्यो । खेत गराहरू गहुँमय हुन्थे […]

सर्लाहीमा रासायनिक मल वितरण

सर्लाही। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले यहाँका किसानलाई रासायनिक मल वितरण गर्न थालेको छ । स्थानीय तहका सिफारिसमा कार्यालयले युरिया, डिएपी र पोटास मल वितरण गर्न थालेको सो कार्यालयका प्रमुख दीपक थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार २० स्थानीय तह रहेको जिल्लाका दुई सय वडाबाट एक–एक सहकारीलाई स्थानीय तहको सिरफारिसका आधारमा मल वितरण थालिएको […]

वन्यजन्तुका कारण गहुँखेतीमा ह्रास

कावासोती। पूर्वी नवलपरासीको कावासोती–११ का फेमनारायण पौडेलले आफ्नो खेतबारीमा गहुँको खेती गर्न छाड्नुभएको करिब पाँच वर्ष पुग्यो । नजिकैको निकुञ्जबाट निस्किने वन्यजन्तु विशेषगरी गैँडाले बाली लाग्नुअगावै सखाप पार्ने क्रम नरोकिएपछि पछिल्लो समय उहाँले आफ्नो खेतबारीमा गहुँखेती नै गर्न छाड्नुभएको हो । पौडेलजस्तै पूर्वी नवलपरासीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका अधिकांश किसानले खेतबारीमा गहुँखेती गर्न […]

कुखुरा र कालिजपालनतर्फ युवाको आकर्षण बढ्दो

रामपुर। हरियाली गाउँ, पाखा पखेरामा कुखुरा र कालिजपालनको बेग्लै मज्जा लिइरहनुभएको छ, युवा तुलबहादुर थापा । रामपुर बजारको माथिल्लो भेग, हरियाली रमाइलो, प्रकृतिको काखमा व्यवसाय गर्दा उहाँलाई व्यस्तताको अनुभूति छैन । पछिल्लो समय धेरैले गाउँ छाड्दै गरेको अवस्थामा थापाले भने गाउँमै व्यवसाय गरेर आयस्रोत बृद्धि गर्ने मनसायले स्थानीय जातका कुखुरा र कालिजपालन व्यावसाय थाल्नुभएको छ […]

कचनकवलका युवा बेसार खेतीतर्फ आकर्षित

बनियानी। झापाको कचनकवल गाउँपालिकाका युवा यतिबेला व्यावसायिक बेसार खेतीमा लागेका छन् । साढे पाँच बिघा जग्गा भाडामा लिएर यहाँका प्रदीप थापा, गोविन्द राजवंशी र यज्ञ थापा व्यावसायिक बेसार खेती गर्दैछन् । बाँकेको नेपालगञ्जबाट बीउ ल्याएर उनीहरुले गत वर्षदेखि खेती गर्न थालेका हुन् । कचनकवलसँग सीमा जोडिएको भद्रपुर–१ मा पाँच बिघा १० कठ्ठा जग्गा वार्षिक रु […]

आयातित अन्नकै भर

गलेश्वर। म्याग्दीको बगरफाँट, सिङ्गा र बाबियाचौरमा डेढ दशकअघिसम्म धान, गहुँ, मकै र समयअनुसारको अन्नबाली लहलह झुलेको देखिन्थ्यो । अन्नबालीले फाँट हरिया देखिन्थे । यहाँको उत्पादनले स्थानीयलाई १२ महिनासम्म खान पुग्थ्यो । पूर्वाधारको विकाससँगै सडक बनेर गाडी कुद्न थालेपछि हरिया फाँट कङ्क्रिटका घरले भरिन थालेका छन् । बेनी नगरपालिका–२ बगरफाँटको उर्वर फाँटमा पक्की घर निर्माण गर्न […]