समाचार

रेडपाण्डा अध्ययन केन्द्र निर्माण

फुङ्लिङ। ताप्लेजुङमा रेडपान्डा (रातो हाब्रे ) अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित देउराली सामुदायिक वनमा दुर्लभ वन्यजन्तु रेडपान्डाबारे अध्ययन तथा अनुसन्धानका लागि केन्द्र निर्माण गरिएको हो । जिल्लास्थित हिमाली संरक्षण मञ्च र रेडपान्डा नेटवर्कले केन्द्र निर्माण गरेका हुन् । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने गरी केन्द्र […]

मकै बेचेरै जीविकोपार्जन

कमलामाई। जब खाजा खानेबेला हुन्छ, ६२ वर्षीय नीरबहादुर विकको आवाज दोहोरिरहन्छ । ‘आउनुहोस् हजुर, मकै खानुहोस् रसिलो, पोषिलो, दुधिलो मकै स्वादिलो नून, खुर्सानी, टिमुर खाए मकै, नखाए भोकै’ सिन्धुली सदमुकाम सिन्धुलीमाडी बजारको व्यस्त सडकमा सुनिने यो आवाजले पदैलयात्रुलाई मकैको ठेलासम्म तान्छ । सडक दायाँबायाँ रहेका व्यापारी र व्यवसायी पनि ठेला वरिपरी झुमिन्छन् । लाग्छ, नीरबहादुर […]

विश्वव्यापी पानी सङ्कट : वर्षात्को पानीे सदुपयोग गर्ने वैज्ञानिक उपायको खोजी

काठमाडौँ।   नेपालमा उत्पन्न पानीको सङ्कट र त्यसलाई न्यूनीकरण गर्ने उपायको खोजी गरी कार्यान्वयन गर्ने उद्देश्यका साथ विश्व पानी दिवसका अवसरमा ‘वर्षात्को पानी सङ्कलन , पानी सुरक्षण र जलवायु परिवर्तनको असरको सम्बोधन’ विषयक दुई दिवसीय राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । वर्षात्को पानी सङ्कलन गरी दिगो विकासको लक्ष्यप्राप्तिमा सहयोग पु¥याउने, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा […]

साँघुरिँदै कालीगण्डकी नदी : हराउँदै मौलिक स्वरुप

गलेश्वर।  नदी किनारमा मोटरबाटो र अव्यवस्थितरुपमा बढ्दै गएका बस्तीका कारण कालीगण्डकी साँघुरिँदै गएको छ । अव्यवस्थित बसोबासले पहिरो र कटानको जोखिम बढाएसँगै समस्या देखिन थालेको हो । पछिल्लो समय मुस्ताङको लेतेदेखि म्याग्दीको सदरमुकाम बेनीसम्मको कालीगण्डकी नदी क्षेत्रको मौलिक स्वरुप नै परिवर्तन भएको छ भने बेनीदेखि गुल्मीको रिडीसम्मको नदी क्षेत्र साँघुरिँदै गएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका […]

कृषि क्षेत्रको अनुदान कटौतीप्रति सांसदले गराए ध्यानाकर्षण

काठमाडौँ।  कृषि क्षेत्रमा दिइएको अनुदान कटौती गरी रासायनिक मल र दूधको मूल्यवृद्धि गरिएकामा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद भानुभक्त जोशीले गत वर्षको बेमौसमी वर्षाले बझाङमा एकै परिवारका सात जनाको निधन भई प्रधानमन्त्री, गृहमन्त्रीलगायतले अवलोकन गरी बाढी प्रभावित क्षेत्र घोषणा गरे पनि अझै राहतलगायत व्यवस्था नभएकाले छिटो गर्न माग […]

ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात

ढोरपाटन। बागलुङको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि शनिबार रातिदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण चिसो बढेको छ । हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको स्थानीय होटल व्यवसायी श्यमलाल घिमिरेले बताउनुभयो । हिमपातले स्थानीयको जनजीवन कष्टकर भएको घिमिरेको भनाइ छ । हिउँका कारण शनिबार रातभर मोबाइल नेटवर्कले […]

कृषि उपज बिक्री केन्द्र निर्माणले किसान उत्साहित

महोत्तरी।   गौशालामा कृषि उपज बिक्री केन्द्र स्थापना हुने भएको छ । “न समयमा बीउ, मल पाइन्छ, न सिँचाइको भरपर्दो उपाय, तैपनि जेनतेन बाली उब्जाउँदैछौँ”, गौशाला–४ का ६० वर्षीय चन्द्रमान तामाङले भन्नुभयो, “यसरी उब्जाइएको बस्तुले पनि राम्रो बजार कहिल्यै पाएका थिएनौँ, बल्ल कृषि उपज बिक्री केन्द्र बन्ने भएछ ।” केन्द्र बनिसकेपछि आफ्नो उत्पादन बेच्न र भण्डारण […]

विदेशमा ठक्करः स्वदेशमा अवसर

ढोरपाटन।  समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका फाँटहरू । त्यही फाँटको मध्यभागमा सेताम्य प्लास्टिक टनेलभित्र लटरम्म फलेका गोलभेँडा, बन्दा र काउली । यो तरकारी खेती यहाँका युवाले भने गरेका होइनन् । चार वर्ष अगाडि पर्वत महाशिला गाउँपालिका–४ का प्रकाश पौडेल र जैमिनीका गोविन्दप्रसाद सुवेदीले सुरु गरेको तरकारी खेती हो । कुँडुलेका अधिकांश युवाशक्ति […]

तीन दिन वर्षा हुने

ललितपुर। स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी तीन दिनसम्म अपराह्नपछि देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले काठमाडौँसहित देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको […]

नमोबुद्धको कृषि रणनीति

धुलिखेल। नमोबुद्ध नगरपालिकाले दीर्घकालीन योजनासहित कृषि रणनीति तय गर्ने भएको छ । ‘कृषि, व्यापार र पर्यटन : हाम्रो सशक्त अभियान’ भन्ने नारासहित पालिकाले कृषि रणनीति तय गर्न लागेको हो । नगरको वर्तमान कृषिको वस्तुस्थिति विश्लेषण गरी आगामी वर्षका लागि आवधिक योजनासहति रणनीति तर्जुमा गर्न लागिएको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिनुभयो । सबै क्षेत्रलाई योजनाबद्ध […]