समाचार

गाउँघरको उखुको व्यापार सडकमा

धनकुटा। धनकुटाको तमोर नदीस्थित मूलघाटमा रहेको सशस्त्र प्रहरीको ‘चेकपोष्ट’मा कुनै सवारी नम्बर दर्ता (इन्टिङ) गर्न रोकिनेबित्तिकै तँछाडमछाड गर्दै स्थानीय व्यापारी ‘उखु खाम उखु’ भन्दै गाडीका झ्यालमा पुग्छन् । घरीघरी सडकको दुवैतर्फबाट गाडी आएर रोकिँदा उखु बेच्नेको भागदौड र भीड हेर्न जति रमाइलो लाग्छ सायद यात्रुलाई पनि त्यति नै उखु खाउँखाउँ लाग्दो हुन्छ होला । त्यसैले […]

लेक पुगे भेँडाका बथान

लमजुङ।  यहाँका भेँडीगोठमा रहेका भेँडाका बथान यतिबेला पुनः लेक पुगेका छन् । चिसो छल्न बेँसी ल्याइएका घुम्ती भेँडीगोठ गर्मी बढेसँगै पुनः चरन क्षेत्र लेक तथा उच्च हिमाली भेग पुगेका हुन् । यतिबेला उच्च हिमाली भेगका चरन क्षेत्रमा गोठालाले आ–आफ्ना भेडाका बथान पुर्याएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा रुपेश श्रेष्ठले बताउनुभयो । […]

प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५० गोही नदीमा छाडियो

चितवन। चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५० घडियाल गोही राप्ती नदीमा छाडिएका छन् । पाँच वर्ष उमेर पुगेका गोहीलाई नदीमा छाडिएको हो । यसै आर्थिक वर्ष थप २० गोही नदीमा छाडिँदै छ । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार पाँच वर्ष उमेर र एक दशमलव पाँच मिटर लम्बाइ भएपछि […]

सुपारी र कुखुराको अवैध आयात रोक्न माग

झापा। अवैधरुपमा भारतबाट भित्रिने कुखुरा र तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी बनाएको स्थानीय व्यवसायीले बताएका छन् । जिल्ला कुखुरा व्यवसायी सङ्घ झापाका अध्यक्ष विवेक निरौलाले खुकुलो सीमाको फाइदा उठाउँदै भारतबाट अवैध ढङ्गले भित्रिरहेको कुखुरा, मासु र अण्डा नरोक्ने हो भने स्वदेशी पोल्ट्री व्यवसाय बन्द हुने र फार्म सञ्चालक ऋण तिर्न नसक्ने बताउनुभयो […]

च्याङ्ग्राको भुवाको गुणस्तर अध्ययन

मुस्ताङ। गुणस्तरीय पश्मिना उत्पादनका लागि च्याङ्ग्रा भुवाको गुणस्तर निर्धारण गर्ने उद्देश्यले मुस्ताङका च्याङग्रा किसानलाई भुवाको नमूना सङ्कलन तालिम सुरू भएको छ । एक साता लामो सो तालिमपछि स्थानीय किसानका एक सय ६० च्याङ्ग्रा गोठमा गई तालिमप्राप्त किसानहरूले अन्तर्राष्ट्रिय विज्ञको निगरानीमा आठ सयवटा च्याङ्ग्राको भुवा नमूना सङ्कलन गरिने छ । नेपालमा पहिलोचोटी गर्न लागिएको च्याङ्ग्राका भुवाको […]

महिलाले खोले ‘अन्नपूर्ण खाद्यान्न उद्योग’

वालिङ। स्याङ्जाको वालिङमा महिलाद्वारा सञ्चालित गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्थाले ‘अन्नपूर्ण खाद्यान्न उद्योग’ सञ्चालनमा ल्याएको छ । सहकारीले रू. तीन करोड ३३ लाखको लागतमा फागुन २८ गतेदेखि उद्योग सञ्चालनमा ल्याएको हो । वालिङ नगरपालिकाभित्रका विभिन्न ठाउँमा उत्पादन हुने रैथाने बालीको प्रवद्र्धन गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष कविता तिवारी गैरेले बताउनुभयो । उक्त उद्योगबाट […]

‘कोल्ड स्टोर’ निर्माणपछि भण्डारणमा सहज

गोलबजार। सप्तरीको बोदे बर्साइन नगरपालिकामा तरकारी तथा फलफूल लामो समयसम्म भण्डारण गर्ने उद्देश्यले ‘कोल्ड स्टोर’ निर्माण सुरु गरिएको छ । वडा नं २ बैरियामा निर्माण गरिएको सात सय मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोर शिलन्यासमा नगरप्रमुख आतेशकुमार सिंहले यसले किसानलाई आलु, प्याज तथा अन्य तरकारी भण्डारणमा सहयोग पुग्ने बताउनुभयो । नगरप्रमुख सिंहले लामो समयसम्म उत्पादन […]

बागवानी केन्द्रमा फुल्यो आँप

सर्लाही। दक्षिण एशियाकै ठूलो उष्ण प्रादेशीय बागवानी केन्द्र नवलपुर सर्लाहीले यसवर्ष अहिलेसम्मकै धेरै राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । लालबन्दी नगरपालिका–१ स्थित केन्द्रमा यसवर्ष अहिलेसम्मकै धेरै ढकमक्क आँप फूलेपछि राजस्व वृद्धि हुने अनुमान गरिएको केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले बताउनुभयो । उक्त सरकारी बगैँचामा करिब छ हजार आँपका रुख ढकमक्क फुलेका छन् । फुलेअनुसार […]

तनहुँमा दश खानेपानी आयोजना अन्तिम चरणमा

तनहुँ। गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा खानेपानी आयोजना निर्माण तीव्र रूपमा भइरहेको छ । जिल्लामा निर्माणधीन अवस्थामा रहेका एक सय उनानचालिस आयोजनामध्ये दश आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको रू एक करोड चौबन्न लाखको लागतमा उक्त आयोजनाको निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका इञ्जिनीयर वामदेव पौडेलले […]

देवचुलीमा छाडा चौपायाको व्यवस्थापन

त्रिवेणी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले छाडा चौपायाको व्यवस्थापन थालेको छ । छाडा चौपायाले बाली नष्ट गरेका कारण किसान हैरान बनेपछि नगरपालिकाले व्यवस्थापन कार्य अघि बढाएको हो । देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले छाडा चौपायाले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि व्यवस्थापनको पहल गरिएको बताउनुभयो । देवचुली–१० लोकाहा नदी किनारमा छाडा चौपायाको व्यवस्थापन […]