समाचार

कल्भर्ट निर्माण नहुँदा कृषि उपज ढुवानी गर्न सास्ती

कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित सीमावर्ती गाउँका बासिन्दाले स्थानीय नालामा कल्भर्ट निर्माण पूरा नहुँदा सास्ती खेप्दै आएका छन् । पुरैनी तालको पानी निकास हुने नालामा पाँच वर्षदेखि थालिइको कल्भर्ट निर्माण पूरा हुनसकेको छैन । कल्भर्ट निर्माणका लागि पिलर गाडेको धेरै वर्ष बिते पनि निर्माण हुन नसकेको स्थानीय खड्क चन्दले बताउनुभयो । “भुराकोट, खैरानी, बोर्डर र […]

प्रयोगविहीन बन्दै आयुवेर्दिक औषधालय

चौतारा।  उपचार प्रभावकारी हुने भए पनि सिन्धुपाल्चोकमा रहेका आयुर्वेदिक औषधालयमा सेवाग्राहीको खासै ध्यान जान सकेको छैन । एलोपेथिक औषधिले मात्रै रोग निको हुन्छ भन्ने अल्पज्ञानले आयुर्वेदिक औषधिमा सर्बसाधारणको चासोमा नगएको हो । आयुर्वेदिक उपचारबाट पनि विभिन्न रोग निको हुने भएकाले यसको प्रचारप्रसार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले मङ्गलबार आयोजना गरेको […]

स्वादका लागि चर्चित बागलुङको आलु

बलेवा, कृषिमा अब्बल बागलुङको ताराखोला आलुका लागि चर्चित गाउँपालिका हो । ताराखोलाका पाँचवटै वडामा बर्खे आलु फल्छ । हिउँदमा पनि गाउँपालिका–४ का बेसी फाँटमा आलु फलेको छ । ताराखोले आलुले अहिले गण्डकी प्रदेशमा नै आफ्नो नाम स्थापित गरिसकेको छ । यहाँको आलुमा मिसावट पनि छैन । किसानले आलुबाटै घर खर्च चलाउने र बालबालिका पढाउने गरिरहेका […]

पर्वतमा हलगोरु पाल्ने प्रचलन हराउँदै

पर्वत।एक दशक अघिसम्म फलेवास नगरपालिका–५ का ढाकाराम सुवेदीको गोठमा हलगोरु हुन्थे । पूर्वकृषि प्राविधिक सुवेदीले २०७५ सालमा यान्त्रिक हलो किन्नुभयो । उहाँले त्यसपछि गोरु पाल्ने झनझट गर्नुभएन । कुस्माकै किसान विष्णु भुँवाजीले पनि यान्त्रिक हलोले जोतेर खेती गर्न थालेको नौ वर्ष भइसकेको छ । अचेल जिल्लाका झन्डै ७० प्रतिशत किसानले यान्त्रिक हलो मिनी ट्रिलर, पावर […]

मकैमा अमेरिकी फौजी कीरा

बनियानी। झापाका केही स्थानमा लगाइएको मकै बालीमा अमेरिकी फौजी कीरा देखिएको छ । झापाको बाह्रदशी, अर्जुनधारा र भद्रपुरका केही स्थानमा अमेरिकी फौजी कीरा देखिएको हो । केही ठाउँमा अमेरिकी फौजी कीरा देखिएको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत गणेश शिवाकोटीले जानकारी दिनुभयो । “ठूलो क्षति गर्ने गरी प्रकोपका रूपमा देखिएको छैन”, उहाँले भन्नुभयो । […]

किसानलाई कृषि सामग्री सहयोग

मङ्गलबारे। इलाम नगरपालिका–१० ले किसानलाई रु. १४ लाख बराबरका कृषि सामग्री वितरण गरेको छ । वडाका एक सय १० किसानलाई व्यावसायिक बन्न पे्ररित गर्ने उद्देश्यले कृषि सामग्री वितरण गरिएको हो । कृषि तथा पशुपालन प्रवद्र्धन कार्यक्रमअन्तर्गत ७० प्रतिशत अनुदानमा सामग्री वितरण गरिएको वडाध्यक्ष दिलीप प्रधानले जानकारी दिनुभयो । किसानलाई २२ थान घाँस काट्ने मेसिन, ३५ […]

किसानलाई किवी भण्डारणको समस्या

डडेल्धुरा। डडेल्धुराका किसानले किवी फल बिक्री गरी मनग्य आम्दानी गरिरहेका छन् । किवीबाट किसानले वार्षिक लाखौँ रकम आम्दानी गर्न सफल भएका छन् । जिल्लाको गन्यापधुरा, आलिताल गाउँपालिका र अमरगढी नगरपालिकाका केही गाउँमा व्यावसायिकरुपमा किवीखेती गर्न थालिएको छ । किवी फल मुटुरोग, उच्च रक्तचाप घटाउन, पाचन प्रक्रिया सहज बनाउन, शारीरिक तौल घटाउन, छालाको रोग हटाउन, दृष्टि […]

विदेशमा सीप सिकेर स्वदेशमा लगानी

रामपुर। कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो । उत्पादन लिन नभई घर वरपरको वातावरण सुन्दर र हरियाली बनाउन गाउँघरमा सबैका घरमा दुई–चार बोट कफीका भेटिन्थे । कफीका बोटमा फलेका दानाको महत्व राम्रोसँग थाहा नहुँदा त्यसै खेर जान्थ्यो । हिजोआज भने कफीतर्फ आकर्षण बढ्दै गएको छ । यसको खरिद बिक्री, खेती विस्तारमा […]

उजाडिएको गाउँमा साथी छैनन् मित्रलालका

गलकोट। गाउँकै एक्ला युवा हुन् मित्रलाल गौतम । दिनभर कृषिमा रमाउँदै आउनुभएका उहाँको काँधमा गाउवासीको आड भरोसा रहँदै आएको छ । वैदेशिक रोजगारी, शिक्षा र अवसर खोज्न गाउँमा युवा पलायन हुँदा मर्दापर्दा पनि एक्ला युवा मित्रलालकै भरमा छन् सबैजना । बागलुङको बरेखानी गाउँ बुढापाका र एक्ला युवाको भरमा रहेको बरेखानी गाउँ बसाइँसराइको नमुना गाउँका रूपमा […]

कर्णाली प्रदेशमा २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै

सर्खेत। कर्णाली प्रदेशको २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको तथ्याङ्क छ । बाँझो जमिन सदुपयोग गर्ने सरकारले नीति लिएपनि कर्णाली प्रदेशभर अहिले पनि २८ प्रतिशत जमिन बाँझै रहेको पाइएको हो । कर्णालीमा बर्सेनि खाद्यान्न अभाव हुने गर्दछ । कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये ७२ प्रतिशत जमिनमा खेती हुँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली […]