समाचार

मह आयात रोक्न माग

भरतपुर। स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ । चितवनको भरतपुरमा ‘१७औँ राष्ट्रिय मह दिवस’ अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाहरूले सो माग गरेका हुन् । कार्यक्रममा मौरी विकास कार्यक्रम भण्डाराका वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले गत माघदेखि महको बिक्री हुन नसकेको बताउनुभयो । उहाँले बिक्री नभएर नेपालमा अझै एक हजार पाँच […]

मुस्ताङी च्याङ्ग्राको भुवा सङ्कलन

म्याग्दी। मुस्ताङमा गुणस्तर परीक्षणका लागि पश्मिनाको कच्चा पदार्थ च्याङ्ग्राको भुवा सङ्कलन गर्न थालिएको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गतको नेपाल पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना सङ्घ र च्याङ्ग्रा पश्मिना किसान सङ्घको समन्वयमा नेपालमै पहिलोपटक भुवाको परीक्षण गर्न लागेको हो । सङ्कलित नमूनालाई पश्मिनाको मोटाइ र लम्बाइ मापन […]

झपक्कै फुल्यो आँप

तुलसीपुर। यस वर्ष दाङमा विगतभन्दा अत्यधिक मात्रामा आँप फुलेको छ । फूलले आँपको रुख नै ढाकेको छ । यसले किसानमा खुसी ल्याएको छ । “अहिलेसम्म हामीले यसरी आँप फुलेको देखेका थिएनौँ”, तुलसीपुर–७ प्रसेनीका किसान नवराज सुवेदीले भन्नुभयो, “यसले हामीलाई खुसी बनाएको छ । हेर्दा पनि मनमोहक देखिन्छ ।” आँप धेरै फुले पनि यसलाई जोगाउन भने […]

दूधमा प्रतिलिटर पन्ध्र अनुदान

वालिङ। स्याङ्जाको गल्याङ नगरपालिकाले यहाँका आठ सय ७६ दुग्ध उत्पादक किसानलाई अनुदान वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो किस्ताबापत प्रतिलिटर रु. १५ का दरले रु. ३३ लाख ४६ हजार नौ सय १२ अनुदान किसानलाई उपलब्ध गराएको हो । आयआर्जनका लागि दूध उत्पादन कार्यक्रमअन्तर्गत उत्पादनमा आधारित रहेर प्रतिलिटर रु. १५ अनुदान दुग्ध […]

चितवनमा तोरीको उत्पादन बढ्यो

चितवन। जिल्लामा तोरीको उत्पादन बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र चितवनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा तोरी खेती गर्ने जमिनका क्षेत्रफलमा वृद्धि भएसँगै उत्पादनमा वृद्धि भएको हो । केन्द्रका निमित्त प्रमुख मीनबहादुर पुनका अनुसार यस वर्ष १५ हजार नौ सय २४ हेक्टर क्षेत्रफलमा तोरी […]

चैत १७ देखि २० गतेसम्म काठमाडौँमा फ्लोरा एक्स्पो

ललितपुर। पुष्प व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि भन्दै फ्लोरिकल्चर एशोसियशन नेपालले यही चैत १७ देखि २० गतेसम्म काठमाडौँमा ‘२४औँ फ्लोरा एक्स्पो’ आयोजना गर्ने भएको छ । एशोसियशनले आज पत्रकार सम्मेलन गर्दै भृकुटीमण्डपमा आयोजना गरिने मेलाबारे जानकारी दिएको हो । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ मेला आयोजना गर्न […]

निःशुल्क माटो परीक्षण पछि किसान खुसी

सिन्धुली। कमलामाई नगरपालिका–७ बर्देउटारमा निःशुल्क माटो परीक्षण गरिएको छ । कृषि विशेषज्ञसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सहयोगमा त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्था रामपुरको आयोजनामा माटो परीक्षण गर्दा किसान खुसी भएका हुन् । माटोको उर्वराशक्ति पत्ता लगाई माटोमा अम्लिय र क्षारियपना पत्ता लगाउन शिविर आयोजना गरिएको कृषि र पशु विज्ञान अध्ययन संस्था […]

अवकाशपछि कालिजपालन

दाङ। तुलसीपुर उपमहानगरपालिका–१० नयाँ गाउँमा वडा नं. ६ निवासी विण्णुमणि आचार्यले व्यावसायिकरूपले कालिज पालन गर्नुभएको छ । सोही पेसामा रमाउनुभएका उहाँको दिनचर्या कालिजलाई दानापानी खुवाउन र रेखदेखमा बित्ने गरेको छ । अवकाश प्राप्त राष्ट्रसेवक आचार्य भन्नुहुन्छ “अवकाश भएपछि चार महिनासम्म घरमै बसँे । दिनभर घरपरिवार साथीभाइ तथा आफन्तसँग त्यत्तिकै बसेर समय बिताउँथे । तीस वर्षसम्म […]

आँपमा मधुवा रोग लागेपछि किसान चिन्तित

सर्लाही। जिल्लाको उत्तरी क्षेत्रमा गरिएको व्यावसायिक आँप खेतीमा ढुसी लाग्न थालेपछि किसान चिन्तित भएका छन् । आँप खेतीमा ढुसी लाग्न थालेकाले जिल्लाका किसान चिन्तित बनेका हुन् । आँपको पात नै नदेखिने गरी बोटै ढपक्क ढाँकेर फुल्दा खुशी भइएकामा अहिले मजुराफूलमा मधुवा किराका कारण ढुसी लाग्न थालेकाले चिन्ता बढेको हरिवन नगरपालिका–२ का किसान रामपुकार महतोले बताउनुभयो […]

वर्षा भएपछि किसान उत्साहित

फुङ्लिङ। लामो समयसम्म वर्षा नहुँदा सास्ती खेप्दै आएका ताप्लेजुङका किसान अहिले भने उत्साहित भएका छन् । प्रायः प्रत्येक साँझ–बिहान वर्षा भएसँगै अन्नबाली फष्टाउन सहयोग पुग्ने भएपछि किसान उत्साहित भएका हुन् । फक्ताङलुङ गाउँपालिका–६ का सन्तकुमार लिम्बू अहिले अलैँची बगानमा सिँचाइ गर्न नपरेकाले बिहीबार सदरमुकाम फुङ्लिङ बजारमा आइपुग्नुभयो । कात्तिकको तेस्रो सातादेखि उहाँ प्राय अलैँची बगनामै […]