समाचार

कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन

ललितपुर। कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आइतबार साँझसम्म २२ जनाको आवेदन परेको छ । बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म सीईओका लागि आवेदन दिन सकिने जनाएको थियो । आवेदन दिने अन्तिम दिनसम्म बैंकमा कार्यरत कर्मचारीसहित २२ जनाको आवेदन परेको बैंकका कम्पनी सचिव हिमलाल पौड्यालले जानकारी दिनुभयो […]

किबीको जाम उत्पादन सुरु

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा किबीको जाम (खुदो) उत्पादन सुरुआत गरिएको छ । स्थानीय सातजना उद्यमीले चिमाल फलफूल प्रशोधन उद्योग दर्ता गरेर किबीको जाम उत्पादन गर्न थालेका हुन् । उद्योगबाट उत्पादित जाम दिक्तेल बजार तथा आसपासका क्षेत्रमा बिक्री हुँदै आएको सञ्चालक समितिका अध्यक्ष शुभचन्द्र राईले जानकारी दिनुभयो । “परीक्षण चरणमै रहेको जामले राम्रो बजार […]

गुन्द्री बनाउन महिला सामूहिकरुपमा सक्रिय

वालिङ। घाम लाग्ने पहारिलो खुल्ला बारीको पाटो आ–आफ्नै काम तर सामूहिकरुपमा खटिरहेका महिला साँझ बिहान घरधन्दा गरेर दिउँसो फुर्सद निकाले घर–घरबाट पराल लिएर पुग्छन् बारीको पाटोमा । जहाँ नौ वटा तान बनाइएको छ । उनीहरुले यसरी नै बसेनि परालको गुन्द्री बुन्दै आएका छन् । खेती किसानी गर्ने महिला दिदीबहिनीले घरमै उत्पादन भएको परालबाट गुन्द्री बुन्दै […]

हिमपातले खाद्यान्न ढुवानी गर्न समस्या

बझाङ। बझाङको दुर्गम साइपाल गाउँपालिकामा हिमपातका कारण खाद्यान्न ढुवानी गर्न समस्या भएको छ । बुधबार भएको हिमपातका कारण बाटो अवरुद्ध भएपछि खाद्यान्न ढुवानी गर्न समस्या भएको हो । यातायातका साधन नपुगेको उक्त गाउँपालिकामा भेडा, खच्चरबाट खाद्यान्न आयात गरिएको छ । हिमपातका वडा नं. १ देखि ५ सम्म बाटो अवरुद्ध भएको थियो । खाद्यान्न अभाव हुन […]

हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ

गण्डकी। हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेगमा अवस्थित टाँपुकैरुपमा व्यवस्थित छ, ल्होमान्थाङ । नेपालको मरुभूमि भनेर चिनिने यो ठाउँ हिमाली संस्कृति हेर्न र बुझ्न चाहनेका लागि पुग्नैपर्ने गन्तव्य हो । मौलिक संस्कृतिले भरिपूर्ण ल्होमान्थाङको भू–वनोटले पहिलोपटक यहाँ आउनेलाई सपनाको संसार जस्तै अनुभूति गराउँछ । पछिल्लो समयमा भएका राजनीतिक परिवर्तनसँगै ठाउँठाउँमा सामाजिक व्यवस्थामा परिवर्तन आए पनि ल्होमान्थाङमा […]

मालीबाट मालिक बनिन् ‘सनसरी’

वालिङ। विसं २०५३ मा दुई मानो आटो (मकैको पिठो) सहित चार छोराछोरी च्यापेर विकट गाउँबाट वालिङ झर्नुभयो सनसरी सार्की । श्रीमान्को उपचारमा कालीकाकोटमा भएभरको सम्पत्ति पनि सकियो र श्रीमान्को आयु पनि । बस्ने, खाने ठेगान छैन तर गाउँमा बस्नभन्दा बजारतिर झरे केही न केही काम पाइन्छ भन्ने आशासहित बजार आउनुभयो । बजार आउँदा बेलुकीको छाक […]

कोरियाबाट फर्केर सुन्तला खेती : एकै सिजनमा ४५ लाख रुपैयाँ आम्दानी

वालिङ। यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु. ४५ लाख आम्दानी गर्न सफल हुनुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त आम्दानी गर्नुभएको हो । सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी रु. ५५ बाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी रु. ८९ मा बिक्री भइरहेको उहाँले बताउनुभयो । “बगैँचामा रहेको सुन्तला आफैँ […]

फष्टायो सिद्राको व्यापार

बुद्धभूमि। जाडोयाम सुरु भएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा सिद्राको व्यापार फष्टाएको छ । अहिले यहाँका सिद्रा व्यापारीलाई सिद्रा बेच्ने चटारो छ । दुई दशकदेखि सिद्रा व्यापार गरिरहनुभएका अनिश अन्सारीले दैनिक एकदेखि डेढ क्विन्टल सिद्रा बेचिरहेको बताउनुभयो । असोज अन्तिम हप्तादेखि बढेको सिद्राको व्यापार फागुनसम्म चल्ने अन्सारी बताउनुहुन्छ । वर्षभरि ४० देखि ४५ क्विन्टलसम्म सिद्राको व्यापार गर्ने […]

भैँसीपालनबाट आम्दानी

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४५ वर्षीय वकी डाँगीको दिनचर्या बिहानको मिर्मिर उज्यालोदेखि बेलुकासम्म भैँसीका पाडापाडीको स्याहारसुसारमा बित्ने गरेको छ । छोटो समयमा व्यावसायिक भैँसीपालन गरेर एक सफल महिला उद्यमीका रुपमा आफूलाई चिनाउन सफल हुनुभएकी डाँगी सधैँ भैँसी स्याहारदेखि दूध बिक्रीवितरणको काममा व्यस्त देखिनुहुन्छ । आठ वर्षदेखि भैँसीपालन गर्दै आउनुभएकी डाँगीको परिवारमा अहिले दुईजना सदस्य […]

व्यावसायिक हुन सकेन ठेकी बनाउने पेसा

तनहुँ। गाउँघरमा गाईभैँसी पाल्नेका लागि काठको ठेकी र मदानी अनिवार्य जस्तै मानिन्छ । वैदेशिक रोजगारीसँगै बजार क्षेत्रमा बसाइँ सर्ने क्रम बढेपछि गाईभैँसी पाल्ने घट्दै गएका छन् । यसको असर ठेकी र मदानी बनाउने पेसा सङ्कटमा परेको छ । कास्कीको रुपा गाउँपालिका–७ हंसपुरका प्रेम विश्वकर्मा ठेकी र मदानी बनाउने परम्परागत पेसा अँगाल्दै आउनुभएको छ । तर […]