समाचार

किसानलाई कृषि उपकरण प्रदान

लुम्बिनी। बुटवल उपमहानगरपालिकाले बुटवलका ग्रामीण किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा मकै पकेट क्षेत्रका लागि पावर टिलर, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, मकै पिस्ने मेसिन, त्रिपाल, जैविकमललगायतका सामग्री र उपकरण उपलब्ध गराएको हो । बुटवल उपमहानगरपालिका–१४ मोतीगञ्जमा शनिबार आयोजित […]

बेमौसमी वर्षाले गहुँबालीमा क्षति

लुम्बिनी। दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्याएको छ । बाली भित्र्याउने समयमा शुक्रबार चलेको हावाहुरी र शनिबारको वर्षा र असिनाले बालीमा क्षति पुर्याएको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का कृषक चिन्नु यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “हावाहुरीले खेतमा काटेर राखेको गहुँबाली उडाएर यत्रतत्र छरिएका छन् । असिनापानीले काट्न बाँकी रहेका गहुँका दाना जमिनमा झरेका छन् भने […]

कागतीखेतीबाट रु २० लाख आम्दानी

  पथरी। सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो गाउँको बीचमा रहेको उहाँको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ । उमेरले ४५ वर्ष टेक्नुभएका उहाँले दुई बिघा क्षेत्रफलमा लगाएको कागती देखेरे सबैले प्रशंसा गर्दछन् । मोरङको पथरी शनिश्चरे–२ कालापानीमा रहेको पथरी कृषि फार्मबाट सन्तुष्ट हुनुहुन्छ उहाँ । लामो समय विदेशमा परिश्रम गर्नुभएका न्यौपाने आर्थिक […]

देवदहमा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा

लुम्बिनी। देवदह नगरपालिकामा कृषिउपज सङ्कलन तथा सेवा केन्द्र सञ्चालनमा आएको छ । उक्त सेवा केन्द्रको आज लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले उद्घाटन गर्नुभयो । उक्त केन्द्र देवदहस्थित निर्माण बहुउद्देशीय सहकारी संस्थाले निर्माण गरेर सञ्चालनमा ल्याएको हो । सो अवसरमा सभामुख मगरले सहकारीहरु सहकारीको स्थापित मान्यताबाट विमुख हुन नहुने उल्लेख गर्नुुभयो । उहाँले केही सहकारीका व्यवस्थापकमाथि […]

सुरु भयो ‘२४औँ फ्लोरा एक्स्पो’

ललितपुर। आजदेखि भृकुटीमण्डपमा ‘२४औँ फ्लोरा एक्स्पो’ (पुष्प मेला) सुरु भएको छ । पुष्प व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एशोसियसन नेपालले मेला आयोजना गरेको हो । मेलाको उद्घाटन गर्दै उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले स्वदेशी वस्तुको उत्पादन र प्रवर्द्धनमार्फत आयात प्रतिस्थापन अहिलेको मुख्य दायित्व रहेको रहेको बताउनुभयो । “सुशासन, पुँजीगत […]

सञ्चालन हुन सकेन बायोग्यास प्लान्ट

भजनी। कैलालीको टीकापुरमा नगरपालिकाले निर्माण गरेको बायो ग्यास प्लान्ट एक वर्षदेखि अलपत्र परेको छ । सामुदायिक छाडा चौपाया व्यवस्थापन गर्ने र त्यही चौपायाको गोबरबाट ग्यास उत्पादन गरेर विपन्न ५५ घरधुरीका लागि पाइप लाइनबाट घरमै ग्यास पु¥याउने भनिए पनि गोबरको अभाव र निर्माण कम्पनीले प्लान्ट नगरपालिकालाई हस्तान्तरण गर्न नसक्दा अलपत्र परेको हो । खोटेना भुराखानी सामुदायिक […]

रैथाने बाली खरिद गर्न सम्झौता

सिमकोट। हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय हुम्लासँग रैथाने बाली खरिदका लागि सम्झौता गरेको छ । सम्झौतामा गाउँपालिकाले खरिद गरेर शाखालाई उपलब्ध गराउनुुपर्ने परिमाण र बालीको प्रकार खुुलाउनुपर्ने उल्लेख छ । सम्झौतामा लिमिटेडको तर्फबाट शाखा प्रमुख कृष्णप्रसाद अधिकारी र अदानचुली गाउँपालिकाको तर्फबाट वडा नम्बर ५ का अध्यक्ष […]

कृषक हर्षित

उदयपुर। उदयपुरमा यसपटक आँप र लिचीका बोटमा लटरम्म फूल फुलेपछि कृषक खुशी भएका छन् । त्रियुगा नगरपालिकाको जोगीदह, श्रीपुर, राजाबास, चुहाडे, कौवाइ, बगाहा, मोतिगडा, पोर्ताहा, लक्ष्मीपुर, असारी क्षेत्रसहित चौदण्डीगढी नगरपालिकाको हडिया, जोगीदह, बसाहा क्षेत्रमा अहिले आँप र लिचीका बोटमा फूल राम्रैसँग फुलेपछि कृषक राम्रै उत्पादन हुनेमा आशावादी भएका छन् । त्यसैगरी बेलका नगरपालिका क्षेत्रको पुरनदह, […]

तरकारी खेतीबाट वार्षिक रू १२ लाख आम्दानी

गलेश्वर। म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिलको पुछारमा चारतले पक्की घर छ । सदरमुकाम बेनीको मङ्गलाघाटमा घर र घडेरी । सत्ताइस रोपनीभन्दा बढी खेतबारी अनि त्यही खेतबारीमा तरकारी नै तरकारी । पोखरीमा माछा, खोरमा बाख्रा र लभ्लीहिल नजिकै किराना पसल बेनी नगरपालिका–२ खबरास्थित लभ्लीहिलका ५९ वर्षीय चन्द्रबहादुर कार्कीले तरकारी खेतीबाट आर्जेको सम्पत्ति हो यो । चालिस वर्ष पहिले ‘विदेश […]

वन्यजन्तुबाट बालीनाली जोगाउनै मुश्किल

काभ्रेपलाञ्चोक।  पनौती नगरपालिका–५ सुब्बागाउँको खेतमा रोपिएको आलुखेतीमा बँदेलले क्षति पु¥याउँदै आएको छ । जङ्गल छेउका खेतमा एक रातमै करिब दुई/तीन रोपनी खेतको आलुको ड्याङ भत्काएर खाने र कलिलैमा सपाख पारेपछि स्थानीय कृषक चिन्तित बनेका छन् । केही दिनदेखि बँदेल आतङ्कका कारण राति खेत कुर्नुपर्ने बाध्यता आउन थालेको स्थानीय बुद्धिबहादुर थापाले बताउनुभयो । “राति बँदेलको समूहले […]