समाचार

उखुखेती प्रवद्र्धन गर्दै रामपुरका युवा

रामपुर। उखुुखेती लोपोन्मुख हुन थालेपछि यहाँका युवाले सामूहिक खेती सुरुआत गरेका छन् । यहाँका १० युवाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन् । रामपुर नगरपालिका वडा नं. ५ भम्बकमा करिब १५ रोपनी जग्गा भाडामा लिएर स्थानीय जातको उखुलाई प्रवद्र्धन गर्ने उद्देश्यले उखुखेती सुरु गरेको युवा विष्णुप्रसाद गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला उखुले […]

तरकारी खेतीबाट मनग्य आम्दानी

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–११ दीपनगरका डम्बरबहादुर विष्ट व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै आउनुभएको छ । तरकारी खेतीबाट हुने आम्दानीले विष्टको परिवारको खर्च चल्ने गरेको छ । उहाँले खेतबारीमा बाह्रै महिना तरकारी खेती गर्नुहुन्छ । दश कठ्ठा बढी जग्गामा उहाँले तरकारी खेती गरेर वार्षिकरूपमा रु दुई लाखदेखि पाँच लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । “यस […]

पोखरामा ‘आलु महोत्सव’

गण्डकी। एघारौँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’ आउँदो आइतबारदेखि सुरु हुँदैछ । पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजना हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजक विष्णु पादुका क्लबले जनाएको छ । कोभिड–१९ महामारीका कारण तीन वर्ष रोकिएको महोत्सवलाई यस वर्षदेखि पुनः निरन्तरता दिन लागिएको क्लबका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव आउँदो वैशाख ३ गतेसम्म चल्नेछ । […]

बिक्न छाडे काम्लो, बख्खु र घुम

ढोरपाटन। बागलुङको उच्च पहाडी क्षेत्रमा अहिले पनि थुप्रै भेडापालक कृषक छन् । हिउँद–बर्खामा लेकबेँसी गर्दै उनीहरुले भेडाबाख्रा पाल्दै आएका छन् । निसीखोला, तमानखोला र ढोरपाटनका उच्च पहाडी क्षेत्र पशुपालनका लागि उर्वर छन् । अहिले युवापुस्ता सहर केन्द्रित हुँदा र रोजगारीका लागि विदेश रोज्न थालेपछि भेडापालन सङ्कटमा पर्ने चिन्ता छ । वर्षांै पहिलेदेखि पुस्ता हस्तान्तरण हुँदै […]

व्यावसायिक कृषिमा जुटे भोजपुर कोटका किसान

भोजपुर। भोजपुर कोटका किसान व्यावसायिक कृषिमा जुटेका छन् । व्यावसायिक कृषिमा लागेर उनीहरुले मनग्य आम्दानीसमेत गर्दै आएका छन् । पराम्परागतरुपमा खेती गरिरहेका उनीहरु टेम्केमैयुङ गाउँपालिका–६ वडा कार्यालयले अनुदानसँगै प्राविधिक तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेपछि व्यावसायिक खेतीमा जुटेका हुन् । वडाले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेसँगै कृषिप्रति मोह बढेको स्थानीय किसान सिर्जना बास्तोलाले बताउनुभयो । वडा कार्यालयले […]

मरेका चौपाया व्यवस्थापन नहुँदा गौशाला दुर्गन्धित

भजनी। कैलालीको जानकी गाउँपालिका वडा नं १ दुर्गौलीमा मरेका चौपाया व्यवस्थापन नहुँदा गौशाला दुर्गन्धित बनेको छ । गाउँपालिका कार्यालयबाट करिब तीन सय मिटरको दूरीमा गौशाला बनेको छ । केही समय किसानको अन्न बाली जोगाउनका लागि बनाइएको गौशालामा गाउँपालिका र स्थानीय किसानको लगानी छ । संयुक्तरुपमा लगानी भएको गौशाला बाहिरबाट राम्रो देखिए पनि त्यसभित्रको नाजुक अवस्थाका […]

दुई करोड लगानीमा दाना उद्योग सञ्चालनमा

नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दाना उद्योग सञ्चालनमा ल्याएको छ । गैँडाकोट–११ हर्कपुरमा रहेको सहकारीले रु. एक करोड ९४ लाख ८५ हजार दुई सय ६४ लगानीमा उद्योग सञ्चालनमा ल्याएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना, विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराको ५० प्रतिशत […]

स्ट्रबेरी खेतीबाट मनग्य आम्दानी

मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा मिश्रा पराजुलीले व्यावसायिक स्ट्राबेरी खेती सुरु गर्नुभएको छ । उहाँले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेको छ । यस क्षेत्रमै पहिलो पटक रु दुई लाखको लगानीमा व्यावसायिकरुपमा स्ट्रबेरी खेती सुरु गरिएको उहाँले बताउनुभयो । “प्लाष्टिक टनेलमा मल्चिङ प्रविधिको प्रयोग गरी सिँचाइ सुविधा पु¥याउनका लागि थोपा सिँचाइको समेत व्यवस्था […]

मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र निर्माण हुँदै

मुस्ताङ। मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र बन्ने भएको छ । स्याउको राजधानीको रुपमा परिचित मार्फामा पर्याप्त मात्रामा स्याउ भण्डारण गर्नको लागि एक करोड ४१ लाख लागतमा सङ्कलन तथा चिस्यान केन्द्र बन्न लागेको हो । घरपझोङ गाउँपालिका–२ सामग्री टोल नजिकै बन्ने उक्त केन्द्रको निर्माण तत्काल सुरु गरिने फलफूल तथा स्याउ ग्रेडिङ मेसीन उपभोक्ता समितिका सचिव […]

केरा बेचेर वार्षिक डेढ करोडभन्दा बढी आम्दानी

गलेश्वर। पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका–२ खबराको दृश्य हो यो । सदरमुकाम नजिकै पर्ने खबरा र बगरफाँटमा गाउँभरी विस्तार गरिएको केराखेतीबाट यहाँका किसानले मनग्गे आम्दानी गर्न सफल भएका छन् ।खबराका एक सय ६० […]