अदुवाको निर्यातसम्बन्धी समस्या अध्ययन गर्न कार्यदल गठन
काठमाडौँ । कृषि विकास मन्त्रालयले अदुवाको निर्यातसम्बन्धी समस्या अध्ययन गर्न अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन शाखाका उपसचिव डा.प्रधुम्न पाण्डेको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ । मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईको अध्यक्षतामा मंगलबार बसेको बैठकले वाणिज्य मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, राष्ट्रिय प्लान्ट क्वारेन्टाइन कार्यक्रम, कृषि उद्यम केन्द्र र नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका […]





