समाचार

सूर्यमुखी फूलको खेतीमा रमाउँदै मिलन

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका मिलन राईले विसं २०७७ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका छन् । खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट सोह्र वर्षको उमेरमा ‘ए’ ग्रेड ल्याएर एसइई उत्तीर्ण गरेका उनले घरको कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययन गर्ने मनस्थिति बनाए । गाउँका अधिकांश परिवार वैदेशिक रोजगारीमा रहेकाले मिलनको रोजाइ पनि […]

मौरी चरन क्षेत्र बन्दै तनहुँ

डुम्रे। मौरीको चरनका लागि तनहुँमा उपयुक्त तापक्रम भएका कारण यहाँ चरनका लागि मौरी ल्याउने गरिएको छ । मौरीको चरनका लागि २० देखि ३५ डिग्री सेन्टिग्रेडसम्म उपयुक्त मानिन्छ । तराई र मध्यपहाडी क्षेत्रमा कम्तीमा आठदेखि १० महिनासम्म यो अवस्था रहने भएकाले मह उत्पादनका लागि उपयुक्त मानिन्छ । मौरीको चरन पनि लामो समय हुनेहुँदा व्यावसायिक मौरीपालन उपयुक्त […]

भदौमै पाक्न थाल्यो सुन्तला

स्याङ्जा। स्याङ्जामा भदौमै सुन्तला पाकेर बिक्रीका लागि तयारी गरिएको छ । पुतलीबजार नगरपालिका–११, मायाटारीका बोधराज अर्यालले लगाएको उन्सु जातको सुन्तला साउनको अन्तिम साताबाटै पाक्न सुरु भएको हो । उनको फार्म करिब एक सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । अर्यालको फार्ममा सुन्तला बँगैचामा उन्सुसहित १५ प्रजातिका १३ सय सुन्तला, अमिला जातका फलफूल, कफी, अदुवा, बेसार, […]

बागमतीमा ४० हजार पशुचौपायालाई लम्पी स्कीनविरुद्धको खोप

बागमती। बागमती प्रदेशका विभिन्न जिल्लामा रहेका ४० हजारभन्दा बढी पशुचौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । लम्पी स्कीनरोग विरुद्धको एक हप्ते खोप अभियान अन्तर्गत खोप लगाइएको प्रदेश सरकारको पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार खोप अभियान अन्तर्गत चितवन जिल्लामा नौ हजार २५, दोलखामा दुई सय ८४, भक्तपुरमा नौ सय २१, ललितपुरमा एक […]

म्याग्दीको धारापानीमा ‘एक घर, एक धारा’

म्याग्दी। म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–७ धारापानीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले धारापानीमा निजी धारा जडित खानेपानी आयोजना निर्माण भएको हो । एक करोडभन्दा बढीको लागतमा निर्माण भएको आयोजनाबाट दुई सय १४ घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको धारापानी खानेपानी आयोजनाको उपभोक्ता […]

बाँदरबाट क्षति रोक्न वैकल्पिक बाली

पर्वत। गाउँको बस्ती पातलो भइसकेको छ । घरभन्दा मानिसको सङ्ख्या कम हुँदै गएको अवस्था छ । गाउँ बस्तीलाई वन्यजन्तुले कब्जा गर्न थालेपछि बाली लगाउन छाडेर बाँझै रहेको जग्गा सदुपयोग गर्न महाशिला गाउँपालिका–१ होश्राङ्दीका बासिन्दाले नयाँ जुक्ति अपनाएका छन् । बाँदर नियन्त्रणका लागि लाखौँ रुपैयाँ खर्च गरेर अभियान नै थाले पनि कुनै उपाय नलागेपछि बाली नै […]

खटिरे रोगले कागती किसान समस्यामा

नारायणगढ। विगत तीन वर्षदेखि पूर्वी चितवनमा कागतीखेती गर्दै आएका प्रेम कँडेल कागतीमा रोग देखिएपछि चिन्तित बनेका छन् । उत्पादन दिने समयमा समस्या देखिएसँगै उत्पादित कागतीले बजार पाउन नसकेको उनले बताए । राप्ती नगरपालिका–७ मा कागतीखेती गर्दै आएका उनी अहिले कागतीमा खटिरे रोग (क्याङ्कर) को समस्या देखिएपछि बजारमा लैजान नपाएको बताउछन्। उत्पादनमा रोगको समस्या देखिएर बजार […]

तरकारी बजारले बदलियो फिस्लिङको पहिचान

भरतपुर। पृथ्वी राजमार्गसँगै जोडिएको चितवनको इच्छाकामना गाउँपालिका–३ को फिस्लिङ बजार जलयात्रामा जाने पर्यटकको अलि भिडभाड हुने ठाउँ मानिन्छ । विस्तारै यो ठाउँमा अहिले पर्यटकलेभन्दा तरकारी उत्पादक किसानको भिडभाड हुने गरेको छ । यतिबेला वर्षायाम हुँदा राजमार्गसँग जोडिएका कतिपय बजार चकमन्न हुँदा फिस्लिङ बजारमा भने बिहानैदेखि चहलपहल हुने गर्दछ । तरकारी सङ्कलन केन्द्रका रुपमा चिनिएको फिस्लिङमा […]

व्यावसायिक बाख्रापालनमा कम्प्युटर इन्जिनियर

गल्याङ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य आम्दानी गरेका छन् । भारतको पन्जाब टेक्निकल युनिभर्सिटीबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसनको अध्ययन पूरा गरेका ३५ वर्षीय न्यौपानेले भूमिका कृषि तथा पशुपालन फार्ममार्फत व्यावसायिक बाख्रापालन सुरु गरेका हुन्। भारतमा पढाइ सकेर विसं २०६९ मा नेपाल फर्कनुभएका उनले यतिबेला बाख्रापालनबाट वार्षिक १५ देखि २० […]

किसानलाई प्रतिफलमा आधारित अनुदान

लुम्बिनी। रुपन्देहीको सियारी गाउँपालिकाले स्थानीय किसानलाई उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम सञ्चालन गरेको छ । आर्थिक वर्ष २०७९/८० मा साढे तीन करोड बढी रकम विभिन्न क्षेत्रका किसानलाई अनुदानवापत दिइएको छ । उक्त कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले प्रतिफलमा आधारित अनुदान कार्यक्रम लागू भएको र किसानलाई जग्गा […]