सामूहिक पुष्पखेतीमा गैँडाकोटका किसान
मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–२ मा दिदीबहिनी किसान समूहले पाँच वर्षदेखि सामूहिक पुष्पखेती गर्दै आएका छन् । स्थानीय महिला समूहमा आवद्ध भई विसं २०७६ देखि सामूहिक फूलखेती गर्दै आएका हुन् । सञ्चालनका समयमा छ कठ्ठा जग्गामा पुष्पखेती गरिएकोमा अहिले यसलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै १५ कठ्ठा पुर्याइएको समूहमा आवद्ध लक्ष्मी अधिकारीले बताउनुभयो । […]





