समाचार

वन्यजन्तु उद्वार केन्द्रसँगै चिडियाखाना बनाइने

चितवन। भरतपुरको देवनगरमा निर्माणाधीन वन्यजन्तु उद्धार केन्द्रसँगै चिडियाखानासमेत बनाइने भएको छ । भरतपुर भ्रमण वर्षको अवसरमा पर्यटकलाई बाघ लगायतका वन्यजन्तु देखाउन चिडियाखाना निर्माण गरिने भएको हो । उद्धार गरिएका वन्यजन्तुलाई पर्यापर्यटनसँग जोडेर आम्दानी समेत गर्ने गरी योजना अघि बढाइएको हो । भ्रमण वर्षका अवसरमा भरतपुर महानगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जलाई यहाँ आउने पर्यटकलाई बाघ देखाउने वातावरण […]

ड्रागन खेतीमा रमाउँदै पूर्व शिक्षक अर्याल

बागलुङ। शरीरमा तागत घट्दै गए पनि बालकृष्ण अर्यालको कृषि कर्मप्रतिको जाँगर घटेको छैन । ७६ वर्षीय उनको पहिचान शिरमा ढाका टोपी, शरीरमा पुराना कोट, पाइन्ट र कमिज हो । घर्कदो उमेरले चाउरिँदै गएको अनुहार, घट्दो हातपाखुराका तागत । उनको घर छेउको बारीमा पुग्दा लटरम्म फलेका ‘ड्रागन फ्रुट्स’ देखिन्छन् । दुई वर्ष अगाडि लगाएको बिरुवाले अहिले […]

धानबालीमा गबारो र पात बेरुवा किरा

डुम्रे। तनहुँमा धानबालीमा गबारो र पात बेरुवा किरा देखिएको छ । म्याग्दे गाउँपालिका–७ पयेरमा धानबाली अनुगमनका क्रममा गबारो र पात बेरुवा किरा देखिएको हो । गत वर्ष देखिएको समस्या यस वर्ष पनि देखिएको म्याग्दे गाउँपालिका कृषि शाखा प्रमुख रुक्मिता घिमिरेले जानकारी दिए । “किरा नास गर्न काम थालिसकेका छौँ”, उनले भने । उनका अनुसार यस […]

गाउँपालिकाका पूर्व अध्यक्षको उदाहरणीय कृषि कर्म

मन्थली। रामेछापको गोकुल गङ्गा गाउँपलिकाका निवर्तमान अध्यक्ष शेरबहादुर सुनुवारले कृषि कर्ममार्फत गाउँमा उदाहरणीय बनेर देखाएका छन् । दैनिक हजारौँको सङ्ख्यामा विदेशिने युवालाई चुनौती दिँदै उनले गाउँमै नमुना कृषि फार्ममार्फत व्यावसायीक कृषि गर्दै आएका छन् । पछिल्लो समय स्वदेशमै कृषि गर्नुभन्दा विदेश जाने युवाको सङ्ख्या बढेको भन्दै राजनीतिसँगै कृषिलाई व्यावसाय बनाएको सुनुवारले बताए । राजनीति गर्नेले […]

चक्लाबन्दी खेतीमा किसान आकर्षित हुँदै

गण्डकी। व्यावसायिक कृषि उत्पादनका लागि किसान चक्लाबन्दी खेतीतर्फ आकर्षित भएका छन् । गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० स्थानमा पाँच हजार चार सय ७७ रोपनी जग्गामा चक्लाबन्दी खेती सुरु गरिएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । गत आवमा मात्र तनहुँ र नवलपुरमा गरी पाँच सय ३२ रोपनी जग्गालाई चक्लाबन्दी गरिएको मन्त्रालयको भूमि स्रोत नक्साङ्क […]

कपुरकोट हाटबजार : दुई महिनामा एघार करोड बराबारको तरकारी बिक्री

कर्णाली। सल्यानका तरकारी किसान डोकोमा आफ्ना उत्पादन बोकेर कपुरकोट हाटबजार पुग्दै थिए । त्यहाँ तरकारी किसानको निकै ठूलो भीड थियो । पसले उपभाक्तालाई बिक्री गर्न तरकारी सजाउँदै थिए । सदाझैं आफ्नो दैनिकीलाई निरन्तरता दिएका उनीहरु मङ्गलबार बिहान पनि आफ्नै कर्ममा व्यस्त थिए । यद्यपि अन्य दिनको भन्दा हिजो उक्त दृश्य अलि फरक थियो । उपभोक्तालाई […]

झाडी फाँडेर कागती खेती

गण्डकी। दृढ इच्छाशक्तिका साथ लगनशील हुने हो भने पैसा कमाउन विदेशिनुपर्दैन भन्ने उदाहरण यहाँका एक किसानले दिएका छन् । पोखरा महानगरपालिका–३१ स्याङखुदीस्थित खनास्वारामा झाडी फाँडेर गरिएको व्यावसायिक कागती खेतीबाट राम्रो आम्दानी गरेका स्थानीय किसान टुकाराम लामिछाने यतिखेर सबैका लागि प्रेरणाको स्रोत बनेका छन्। नेपाल सरकारको जागिर छोडेर पाँच वर्षअघि सुरु गरिएको व्यावसायिक कागती खेतीले आम्दानी […]

धानलाई रोगबाट जोगाउन थारू गाउँमा हरेरी पूजा

कञ्चनपुर। धानबालीलाई रोगबाट जोगाउनका लागि कञ्चनपुरका थारू समुदाय हरेरी पूजा आयोजना गर्नमा व्यस्त रहेका छन् । थारू समुदायका गाउँमा अहिले हरेरी पूजा गर्ने कार्य भइरहेको छ । थारू समुदायका मुख्य व्यक्ति वडघरियाको घरमा भेला भई गाउँको देउथुनुवामा हरेरी पूजा गर्ने परम्परागत चलन रहेको छ । यसमा भुइया भवानीको पूजा गरिन्छ । पूजा गर्ने दिन भने […]

सिन्धुलीका युवा व्यावसायिक ड्रागन खेतीतर्फ आकर्षित

कमलामाई। बाटो पहिल्याउन सके गाउँकै माटोमा पसिनाअनुसारको पैसा भेटिन्छ । टिप्न मिहेनत र परिश्रम गर्नुपर्छ, काम खोज्दै देश–विदेश भौँतारिरहनु पर्दैन, सिन्धुलीको दुधौली नगरपालिका–६ हर्षाही, बताहीका भरत काफ्लेलाई यसैको ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ । उनले आफ्नै ठाउँमा बसेर गुणस्तरीय ड्रागन फलको फल र बिरुवा उत्पादन गर्छन् । यसले पाँच जनाको काफ्ले परिवारलाई स्वरोजगार बनाएको छ […]

तिप्लिङमा स्याउ लटरम्मै, बजार अभावले बारीमै थन्कियो

मलेखु। धादिङको सबैभन्दा उपल्लो गाउँ हो तिप्लिङ (मचेत)। रुविभ्याली गाउँपालिका–१ मा पर्ने मचेत चीनसँग सिमाना जोडिएको छ । भौगोलिक हिसाबले विकट मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ । तर बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न नसक्दा स्याउ बजार झार्न सकिएको छैन । मचेतका लरेन्स लामाले पाँच वर्षअघि लगाएको स्याउले अहिले प्रशस्तै उत्पादन दिइरहेको छ । […]