ललितपुर। नेपाल कफी व्यवसायी महासंघको आयोजनामा नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१ आयोजना हुने भएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै महासंघले उक्त कुराको जानकारी गराएको हो । कफी उद्योगको मूल्य शृङखला अनरुप कार्य गर्ने सम्पूर्ण सरोकारवालाहरुलाई एकै ठाउँमा सहभागी गराई कफी क्षेत्रको विकास र प्रर्वद्धन गर्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको कफी उत्पादक महासंघका महासचिव सन्तोष पोखरेलले जानकारी दिए । नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१ प्रतियोगिता चैत्र २१ देखि २३ सम्म ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा हुनेछ ।

प्रर्दशनीले नेपालमा उत्पादित कफीको बजारीकरणमा टेवा पुग्ने आयोजकले जनाएको छ । प्रर्दशनीमा कफीका परिकारहरु, कृषि तथा क्याफे स्थापनाका लागि आवश्यक मेसिनरीहरु, रोस्टिङ प्रविधिहरु, प्याकेजिङ समानहरुको अवलोकन गर्ने अवशर मिल्नुका उत्कृष्ठलाई पुरस्कृत गर्ने महासंघका अध्यक्ष ओमनाथ अधिकारीले जानकारी दिए ।

कफी व्यवसायमा लगानीका अवसरहरू पहिचान गर्न, उत्पादकहरूलाई नयाँ प्रविधि र प्रवृत्तिहरूसँग जोड्न तथा नेपाली कफीलाई वैश्विक स्तरमा स्थापित गर्न कार्यक्रम सहायक हुने अपेक्षा गरिएको छ । ‘नेपाल कफी फेस्टिवल एण्ड च्याम्पियनसिप-२०८१’ कार्यक्रममा सरोकार सम्वद्ध मन्त्रालय, राष्ट्रिय चिया तथा कफी विकास वोर्ड र व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको समेत सहकार्य रहेको छ ।