समाचार

तरकारीमा आत्मनिर्भर बन्दै तनहुँ

दमौली। तरकारी खेतीतर्फ कृषकको आकर्षण बढेसँगै तनहुँ तरकारीमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषकको आकर्षण यसमा बढेको छ । त्यसकारण तनहुँ तरकारीमा आत्मनिर्भर मात्र होइन यहाँ उत्पादित तरकारी निर्यातसमेत हुन थालेको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा गत वर्ष ४१ हजार सात सय ८३ मेट्रिक टन […]

कृषि उत्पादन बढाउन निःशुल्क माटो परीक्षण सुरु

सन्धिखर्क। अर्घाखाँचीको कृषियोग्य जमिनमा रहेको माटोको अवस्था थाहा पाउन कृषि ज्ञान केन्द्रले डिजिटल प्रविधिबाट माटो परीक्षण सुरु गरेको छ । डिजिटल प्रविधिबाट माटो परीक्षणका लागि ‘मिनी ल्याब’ सञ्चालनमा आएपछि कृषक पनि खुसी भएका छन् । माटो परीक्षणका लागि जिल्लाबाहिर जानुपर्ने कृषकहरुको बाध्यता हटेको छ । माटोमा कुन पदार्थ कति छ र माटोमा उर्वराशक्ति बढाउन के […]

विद्यार्थी सयपत्री खेतीतर्फ

तुलसीपुर। विद्यार्थी बिहान पढाइ अनि दिउँसो सयपत्री खेति गर्दैगरेको अवस्थामा भेटिन्छन् । पढाइ किताबी ज्ञान मात्रै नभई प्रयोगात्मक तथा व्यवहारिक हुने भन्दै उनीहरु सयपत्री खेतीमा तल्लीन छन् । दाङको तुलसीपुरस्थित गोरखा मोडेल कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले तुलसीपुर–६ गोलौरामा सात कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक सयपत्री खेती थालेका हुन् । कलेजमा अध्ययनरत पारस न्यौपानेले बिबिएस […]

रोपवेले किसानलाई सहज

रुकुम। रुकुम (पूर्व)मा ग्राभिटी गुड्स रोपवेले गर्दा किसानलाई आफ्नो उत्पादन बजारमा पु¥याउन सहज भएको छ । जिल्लाको भूमे गाउँपालिका–४ र ८ मा बनाइएको रोपवेले स्थानीय किसानलाई सहज बनाएको हो । विगतमा एक डोको तरकारी बिक्री गरेर घर फर्कन एक दिनभरि लाग्ने गरेकामा रोपवेका कारण अचेल किसानको आधाभन्दा बढी समय बचत हुने गरेको छ । अहिले […]

केरामा ‘ओइलाउने’ रोग

चितवन। चितवनको पूर्वी क्षेत्रमा लगाइएको केरामा ओइलाउने रोगको समस्या देखिएको छ । ‘व्याक्टेरिया’का कारण हुने यो रोग विगत एक महिनादेखि देखिन थालेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका अनुसार कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा रहेका केरा बगैँचामा यो समस्या देखिएको हो । कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाका अनुसार विभिन्न व्याक्टेरियाका कारण […]

केराको पानामा रोगको सङ्क्रमण

भजनी। कैलालीको टीकापुर क्षेत्रभित्र केराखेतीमा पानामा रोग देखा पर्न थालेपछि केरा किसान चिन्तित बनेका छन् । नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० को अनुसन्धान टोलीले केराबारीबाट लिएको नमुनाको ल्याब परीक्षणका क्रममा केराखेतीमा पानामा रोगको सङ्क्रमण पुष्टि भएपछि किसान चिन्तित बनेका हुन् । टीकापुरमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने सम्बन्धमा छलफल गर्न गत साउन १० गते टीकापुर […]

रित्तिदै गाउँ, जीर्ण बन्दै घर

भरतपुर। इच्छाकामना गाउँपालिका–३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ । गाउँमा पहिले जस्तो गाउँमा चहलपहल छैन । धेरै मानिसहरु बसाइँसराइ गरी बजार पुगेका छन् । “घरमा श्रीमान र श्रीमती मात्रै छौँ”, मगरले भने, “कोही छोरा भरतपुर त कोही विदेशमा छन् ।” पहिले १२ घरपरिवार रहेको खानी गाउँमा अहिले पाँचरछ घर मात्रै छन् । […]

तनहुँमा अङ्गुरखेती : पहिलो वर्ष १८ लाखको उत्पादन

तनहुँ। तनहुँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा अठार लाख मूल्यबराबारको अङ्गुर उत्पादन भएको छ । खेती सुरु गरेको पहिलो वर्षमै उद्यमी कुमार कार्कीले सो मूल्यबराबारको अङ्गुर उत्पादन गरेका हुन् । गतवर्ष ७० रोपनी जग्गा खरिद गरेर उनले व्यावसायीक अङ्गुर खेती थालनी गरेका थिए । ‘भाइन यार्ड एन्ड रिसर्च सेन्टर’ फार्म स्थापना गरी सुरुमा रु. एक करोड […]

किसानलाई दूधमा अनुदान

काभ्रे। बेथानचोक गाउँपालिकाका किसानलाई दूध उत्पादन परिमाणका आधारमा अनुदान वितरण गरिएको छ । दूध उत्पादन र बजारीकरण गर्दै आएका जिल्लाका दुग्ध उत्पादक सहकारी संस्था, दूधको कारोबार गर्ने कृषि, बहुमखी र बहुद्देश्यीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा प्रतिफलमा आधारित प्रोत्साहन अनुदानबापत प्रदान गरिने रकमअन्तर्गत बेथानचोकका किसानलाई अनुदान वितरण गरेका हुन् । आधुनिक कृषि सहकारी संस्थाले थानी […]

लोपोन्मुख रैथाने‘तिल्की’ धान संरक्षण गर्न थालियो

तुलसीपुर। स्दाङमा रैथाने ‘तिल्की’ धान संरक्षण गर्न थालिएको छ । पछिल्लो समय लोपन्मुख मानिएको उक्त धान तुलसीपुर उपमहानगरपालिका–१८स्थित विजौरीमा करिब दुई बिघा जग्गा भाडामा लिएर खेती सुरुवात गरिएको हो । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र र संयुक्त राष्ट्रसङ्घीय विश्व वातावरण कोष साना अनुदान कार्यक्रमबीच सम्झौता भई प्राङ्गारिक खेतीअन्तर्गत तिल्की धानको खेती सुरु गरिएको केन्द्रका […]