समाचार

स्वदेशमै कृषिमा भविष्य देखेका धनकुमार

भोजपुर। भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेको विभिन्न प्रोत्साहनमूलक कार्यक्रमले पनि सहयोग पुगेको छ । आफ्नै ठाउँमा केही गर्ने अभिलासाले पौवादुङमा गाउँपालिकाका धनकुमार राईले लामो समयदेखि कृषि व्यवसाय गर्दै आएका छन्। उनीे […]

बुकीमै गोठालाको उपचार

बागलुङ। बागलुङको तमानखोला गाउँपालिका धेरैजसो पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन् । गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गमस्थल हो । यसलाई स्थानीयवासीले बुकीका रुपमा चिन्छन् । करिब चार हजार मिटरको उचाइमा रहेको गुर्जाघाट यस याममा गोठ तथा पशुचौपायाले भरिएको छ । तमानखोलासँगै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र म्याग्दी धौलागिरि गाउँपालिकाका विभिन्न स्थानबाट गोठाला पशुचौपाया लिएर यहाँ पुगेका […]

चितवनमा दूध उत्पादन घट्यो

चितवन। चितवन जिल्लामा दूध उत्पादन घटेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा. रामचन्द्र आचार्यले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दूध उत्पादन ११ दशमलव ९ प्रतिशत घटेको जानकारी दिए। उनका अनुसार अघिल्लो आवमा ११ करोड १५ लाख २७ हजार लिटर दूध उत्पादन भएकोमा गत आवमा दूध उत्पादन नौ […]

लोपोन्मुख प्रजातिका सतिसाल र सादनका वृक्षरोपण

जानकी। शमशेरगञ्ज सव डिभिजन वन कार्यालय बाँकेले लोपोन्मुख प्रजाति सतिसाल र सादनको बिरुवा उत्पादन गरी जिल्लाका विभिन्न स्थानमा बासस्थान वृद्धिका लागि वृक्षरोपण सुरुवात गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा मात्रै कार्यालयले सतिसालका करिब २५ हजार र सादनको करिब २० हजार बिरुवा उत्पादन गरी जिल्लाका विभिन्न स्थानमा वितरण तथा वृक्षरोपण सुरुवात गरेको कार्यालयका सहायक […]

कृषि पेसामा जमेका शिव, मासिक आम्दानी डेढ लाख

भरतपुर। नेपालमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्ने युवा प्रशस्त छन् । तीनैमध्येका एक हुन् चितवनको इच्छाकामना गाउँपालिका–३ मृगस्थलीका शिवप्रसाद पौडेल । उनले कृषि पेसाबाटै विदेशमा भन्दा राम्रो आम्दानी गर्न सफल भएका छन् । उनले मासिक एकदेखि डेढ लाखसम्म आम्दानी गर्ने गरेका छन् । झन्डै डेढ करोडको लगानीमा पौडेलले शुभलक्ष्मी कृषि तथा पशुपक्षी फार्म सुरु […]

गण्डकीमा पशुलाई पूर्णखोप अभियान

गण्डकी। वस्तुभाउमा देखिने विभिन्न रोगविरुद्ध गण्डकी प्रदेशमा पूर्णखोप कार्यक्रम सञ्चालन गरिएको छ । प्रदेशका ७५ प्रतिशत पशुपालक किसानको घरगोठमा खोप सेवा पुगेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । गण्डकीका ८५ पालिकामध्ये एक महानगरपालिका, २३ नगरपालिका र ३८ गाउँपालिकाका पाँच सय ८० वडामा पूर्णखोप कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा. […]

सुदूरपश्चिममा कफी खेतीको सम्भावना

सुदूरपश्चिम। कफीखेतीका लागि सुदूरपश्चिम प्रदेशमा प्रचुर सम्भावना भए पनि व्यावसायिक रुपमा खेती सुरु हुन सकेको छैन । सुदूरपश्चिमलाई हेरिने दृष्टिकोण, स्पष्ट नीतिगत व्यवस्थाको अभाव, लगानीकर्ताको कमी, उद्योगी, व्यापारी एवं निजी क्षेत्रले यसतर्फ चासो नदिनुलगायत कारणले प्रशस्त सम्भावना भए पनि खेती सुरु हुन नसकेको कृषि प्राविधिक बताउँछन् । प्रदेशमा कफीखेतीको प्रशस्त सम्भावना हुँदाहुँदै पनि यहाँका किसानले […]

वर्षा अझै केही दिन : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

ललितपुर। अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसपास रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । यसैगरी महाकाली नदीको जलसतह पनि खतरा आसपास रहेकाले त्यहाँ पनि […]

डोटीमा लोप हुँदै कोदो

दिपायल। स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोबाली पछिल्लोे समय डोटीमा लोप हुँदै गएको छ । कोदोको महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति किसानको आकर्षण घट्दै जाँदा लोप हुँदै गएको हो । व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या कमी हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्नबालीका रूपमा स्थापित कोदोखेती लोप हुने अवस्थामा पुगेको हो । एक दशकअघि डोटीको […]

कुतियाकबरमा भारतीयको लोभलाग्दो तरकारी खेती, मनग्य आम्दानी

कञ्चनपुर। दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरको पारी भारतीय बस्ती नौजलियाका बासिन्दा हुन, कार्तिक मण्डल । नौजलियामा उनीसँग खेतीका लागि जमिन छैन । बसोबासका लागि एउटा सानो छुप्रो मात्रै छ । उनले जीविकोपार्जनको गन्तव्य बनाएका छन् नेपाली गाउँ, कुतियाबरलाई । उनले कुतियाकबरमा तरकारी खेती गर्न थालेको दशकभन्दा बढी समय भइसक्यो । “खेतीका लागि आफूसँग जमिन छैन, यहाँ […]