समाचार

विदेशको सीप स्वदेशका लगाउँदा एक वर्षमा ९० लाखको व्यापार

गलकोट। रोजगारीका लागि ‘इपिएस भीषा’मा कोरिया गएका गमबहादुर कुँवरले त्यहाँमा बाख्रापालन गरेको देखेर आफ्नो गाउँठाउँ सम्झिए । उनले मनमनै व्यवसाय सञ्चालन गर्ने सोच बनाए । पाँच वर्ष कोरियामा काम गरेर फर्किएपछि उनले आफ्नै गाउँमा बाख्रापालन व्यवसाय थाले। बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीको ज्यामिरे गाउँका कुँवरले नमूना बाख्रा फार्म सञ्चालन गरेर मनग्य आम्दानी मात्रै गरेका छैन अध्ययन […]

ढिलो वर्षापछि किसानलाई बीउको पिरलो

महोत्तरी। साउनको अन्तिम सातादेखि सुरु भएको वर्षापछि खेतका गरा पानीले भरिएका छन् । पानी भरिएपछि ढिलै भए पनि धान रोप्न पाइने भएको छ । तर बीउ र जनशक्ति नपाउँदा किसान छटपटिएका छन् । “एक साता पहिले पर्न थालेको पानीले खेत डम्म भरिएका छन्, अब धान रोप्नुबाहेक अर्को विकल्प छैन, तर न बीउ छ, न काम […]

स्मार्ट कृषिले किसानलाई व्यावसायिक बनाउँदै

अर्घाखाँची। सन्धिखर्क नगरपालिका–१ र २ मा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएपछि किसान व्यावसायिक तरकारी खेतीमा लागेका छन् । सन्धिखर्कको कुडूले फाँट, वृति फाँटर सुक्मी फाँटका किसान अहिले परम्परागतखेती छाडेर मौसमी तथा बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । लुम्बिनी प्रदेश सरकारले स्मार्ट कृषि गाउँ कार्यक्रम लागू गरेपछि यस क्षेत्रका किसान पनि आधुनिक तथा प्रविधिमैत्री […]

बाँदर र बँदेल धपाउन बारीमै जागराम, बाली जोगाउनै मुस्किल

दैलेख। भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्छन् । घोगा लाग्ने बेलाको मकै बँदेल र बाँदरले नष्ट गर्न थालेपछि उनीमात्र नभई गाउँका किसान मकै बारीमै दिनरात बिताउन बाध्य छन् । केही वर्षअघिदेखि बँदेल र बाँदरले लगाएको बाली नष्ट गर्न थालेपछि उनीहरु मारमा पर्दै गएका छन् । जङ्गल क्षेत्रको विस्तारसँगै नजिक आउने […]

माछाका ‘ह्याचलिङ’मा किसान आकर्षित

भरतपुर। चितवनको मत्स्य विकास केन्द्र भण्डाराद्वारा उत्पादित माछाका भुराप्रति किसान आकर्षित भएका छन् ।कार्यालयले आर्थिक वर्ष २०७९/८० मा सात करोड ५० लाख माछाको ह्याचलिङ (चारदेखि सात दिनको भुरा) वितरण गरेको हो । यस्तै ७० लाख फ्राई (एक महिना अवधिको) र छ लाख ६० हजार फिङ्गरिङ (दुई महिनामाथिको) माछाका भुरा वितरण गरेको कार्यालयका प्रमुख माधवप्रसाद दाहालले […]

अलैँचीको भाउ बढ्यो, उत्पादन घट्यो

भोजपुर। खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् । अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्वअध्यक्ष नवीन प्रधानले भने, “गत वर्ष उत्पादन राम्रो […]

खण्डहर बन्दै भृकुटी कागज कारखाना

नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ मा रहेको भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड बन्द भएपछि खण्डहर बन्दै गइरहेको छ । नेपाललाई कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले चार दशकअघि स्थापना गरिएको नेपालकै ठूलो कागज कारखानाको अवस्था अहिले भेन्टिलेटरमा राखिएको बिरामीजस्तै भएको स्थानीय बताउँछन् । भृकुटी कागज कारखाना नजिकैका ७० वर्षीय रामेश्वर कँडेलले उद्योग सञ्चालनमा हुने बेलासम्म यहाँ निकै […]

तुलसीपुरमा ऐलानी जग्गा उपयोग ‘कार्ड’ वितरण

तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिकाले ऐलानी जग्गा उपयोग कार्ड वितरण सुरुआत गरेको छ । सुकुम्बासीलाई लालपुर्जा दिने कार्यक्रमअन्तर्गत उक्त कार्ड वितरण गर्न लागिएको उपमहानगरपालिकाको सामाजिक विकास समिति संयोजक मानबहादुर रावतले बताए । “वडा नं ११ मा हामीले सुरु गरेका छौँ, अन्य वडामा पनि सुरु भइरहेको छ”, उनले भने, “यो अभियान तीव्रताका साथ अघि बढाएका छौँ ।” […]

बैतडीमा जङ्गली जनावरद्वारा बालीनाली सखाप

बैतडी। बैतडीमा जङ्गली जनावर बँदेल, भालु, दुम्सी, बाँदरलगायतले आतङ्क मच्चाएका छन् । ती जनावरले पछिल्लो समय मानिसमाथि आक्रमण गर्नुका साथै बालीनालीसमेत नष्ट गर्न थालेका छन् । दिउँसो बाँदर र रातिको समयमा बँदेल, दुम्सीले मकैबाली नष्ट गर्न थालेको दोगडाकेदार ३ श्रीकोटका डम्बर जोशीले बताए । मकै उत्पादनका लागि पकेट क्षेत्र मानिएको यस जिल्लाका अधिकांश क्षेत्रमा मकैबाली […]

बङ्गुरपालन व्यवसायमा २४ करोडको क्षति

गण्डकी। बङ्गुरमा देखिएको ‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारण गण्डकी प्रदेशका बङ्गुरपालक किसानले झन्डै २४ करोड बराबरको क्षति व्यहोर्नुपरेको छ । गत वर्षको हिउँदमा पहिलोपल्ट नेपालमा सङ्क्रमण पुष्टि भएको उक्त रोगबाट गण्डकी प्रदेशभित्र १८ हजार २० बङ्गुरको मृत्यु भएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । “२२ हजार ६६ बङ्गुर सङ्क्रमित भएकामा ठूलो सङ्ख्यामा […]