
बारा। कनेक्ट किसानले आयोजना गरेको कृषि एक्स्पो २०८१ शुरु भएको छ । स्थानीय कृषि उपजको प्रर्वद्धन र नविनतम प्रविधि किसान समक्ष पु¥याउने उदेश्यले उक्त एक्स्पो आयोजना गरिएको हो । एक्स्पोको उद्घाटन गर्दै उप-प्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले कृषि क्षेत्रको विकासको लागि यस्ता एक्स्पो कोसेढ्ङुगा सावित हुने बताउनु भयो ।
मंसिर १८ गते (आज) देखि २४ गते आयोजना हुने एक्स्पो ५ वर्षको अन्तरालामा लाग्ने गढीमाई मेलामा सहभागी जनाउन आउने भक्तजन र उर्भर भूमि तराईमा खेती गर्दै आएका किसानहरुलाई प्रविधि र बजारसँग जोड्ने उद्देश्यले आयोजना गरिएको हो । किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकार राख्ने अभियान्ताहरुको जमघट गराउने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा रोर्वोट प्रमुख आर्कषणको रुपमा रहेको छ ।
एक्स्पो २ लाख बढीले अवलोकन गर्नुका साथै ५ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ । एक्स्पोमा १ सय ५० भन्दा बढी स्टलहरु रहेका छन् भने अवलोकनकर्ताहरुले कृषिमा भित्रिएको नविनतम प्रविधिदेखि मल, बीउ, परामर्श सबै एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन् । यस्तै, एक्सपोलाई सफल बनाउनका लागि प्रवद्र्धक र साझेदारको भूमिकामा कृषि सूचना तथा प्रशिक्षण केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि औजार अनुसन्धान केन्द्र, कृषि अनुसन्धान निर्देशनालय, राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्र, कृषि ज्ञान केन्द्र, कृषि उद्यम केन्द्र तथा अन्य संघ संस्थाहरु रहेका छन ।
नि:शुल्क प्रवेशको व्यवस्था गरिएको उक्त एक्स्पोमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना-साना औजार, मेशिनदेखि डेरी मेशिनरी, पशुपन्छीपालन, फलफूल खेति र कृषि जन्यउद्योगमा प्रयोग हुने उपकरणहरुको प्रदर्शनी गरिने छ । उक्त एक्स्पोबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने र कृषि उपजहरुको बजरिकरणमा राम्रो भूमिका खेल्ने विश्वास गरिएको मेला संयोजक सन्चिता लामिछानेले जानकारी दिईन्।