समाचार

जङ्गली जनावरले सखाप पारे हिउँदे बाली

जलेश्वर। महोत्तरी जिल्लाका विभिन्न स्थानीय तहमा किसानले लगाएका लाखौँ रुपैयाँ बराबरको हिउँदे बाली जङ्गली जनावरले सखाप पारेको छ । जिल्लाका मटिहानी, भङ्गहा, जलेश्वर, मनरासिस्वा, बलवा, लोहारपट्टि र गौशाला नगरपालिकासहित पिपरा, एकडारा, सम्सी, सोनमा गाउँपालिकामा केही दिनदेखि हुलका हुल जङ्गली जनावर आएर खेतबारीमा लगाइएका हिउँदे बाली सखाप पारेको स्थानीय किसानले जानकारी दिएका छन् । ती स्थानीय […]

५० प्रतिशत अनुदानमा कृषकलाई हलो

तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिका कार्यालयले एक हल गोरु पाल्ने कृषकलाई एक थान हलो अनुदानमा वितरण गर्ने भएको छ । गोरुलाई विस्थापित हुनबाट जोगाउन र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषकलाई हलो प्रदान गर्न लागिएको हो । पछिल्लो समय नयाँ प्रविधिको आगमनसँगै गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण […]

वन अतिक्रमण हटाइँदै

महेन्द्रनगर। कञ्चनपुरमा पछिल्लो केही समययता वन अतिक्रमण बढ्दै गएपछि सरोकारवाला निकाय वन क्षेत्र खाली गराउन अग्रसर भएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले मातहतका छ वटा सवडिभिजन वन कार्यालयलाई परिपत्र गरी पछिल्लो समय वन अतिक्रमण बढ्दै गएकोप्रति चासो राख्दै वन क्षेत्रमा बनेका नयाँ र पुराना घररटहरा हटाउने क्रम शुरु गरेको छ । डिभिजन वन कार्यालयका […]

प्रम कृषि आधुनिकीकरण परियोजनाद्वारा बाली छनोट

काभ्रे। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकले जिल्लामा राष्ट्रिय महत्वका प्राथमिकता प्राप्त बालीको छनोट गरेको छ । जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिको बैठकले खाद्यान्न, पशुपालन तथा तरकारीजन्य बालीलाई प्राथमिकतामा राखेको हो । छनोट गरिएकामा धान, मकै, गहुँ, तरकारी, आलु, सुन्तला, स्याउ, आँप, केरा, दूध (गाई–भैँसी) , माछा, मासु (बाख्रा, बङ्गुर), मौरी तथा निर्यात […]

अम्रिसो भारत निर्यात हुँदा नेपालमा कुचोको मूल्य बढ्यो

धरान। पहाडी जिल्लामा उत्पादन हुने नगदेबालीका रुपमा रहेको अम्रिसो कुचोको मूल्य यो वर्ष बढेको छ । अम्रिसो भारत निर्यात हुन थालेपछि यस वर्ष कुचोको मूल्य पनि आकासिएको हो । विगतमा प्रतिवटा रु. ४० का दरले बिक्री हुँदै आएको अम्रिसो कुचो अहिले बजारमा रु. १०० देखि १३० सम्म बिक्री भइरहेको छ । अम्रिसो कुचोको मूल्य गत […]

साँझपख मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

ललितपुर। आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही साँझपख मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशका पहाडी भूभागमा साँझपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताए । प्रि–मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख पहाडी भूभागमा हावाहुरी, मेघगर्जन तथा […]

हिमाली जिल्ला हुम्लाका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी

सिमकोट। हिमाली जिल्ला हुम्लाका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी बनेको छ । जिल्लामा बेमौसमी तरकारी उत्पादनका लागि अधिकांश कृषक तरकारी खेती गर्नतर्फ आकर्षित भएका छन् । हिउँदयाममा बेमौसमी खेती गरेर तरकारी उत्पादन गरी कृषकले बिक्री गर्दै आम्दानीको मुख्य स्रोत बनाएका छन् । तरकारी उत्पादन गर्दा धेरै परिश्रम पनि गर्नु नपर्ने र बिक्री पनि नियमित […]

‘सेमी हाइटेक’ प्रविधितर्फ किसान आकर्षित

गलेश्वर। म्याग्दीका किसानले रैथाने प्रविधिको प्रयोग गरी परम्परागतरुपमा गर्दै आएको तरकारी खेतीलाई आधुनिकीकरण गरी ‘सेमी हाइटेक’ प्रविधितर्फ आकर्षित भएका छन् । यो प्रविधिको प्रयोग गरी तरकारीखेती गर्न थालेपछि साविकको भन्दा चारगुणा बढी आम्दानी हुन थालेको कृषकले बताएका छन् । म्याग्दीका चन्द्रबहादुर घिमिरे, हरिलाल घिमिरे, सोभित शर्मा, चन्द्रबहादुर कार्की, श्याम सापकोटा, धु्रव थापालगायत कृषकले सेमी हाइटेक […]

बधशालामा भैँसी र पाडापाडीको अभाव

चितवन। जिल्लामा रहेको पशु बधशालामा बध गर्ने पशुको अभाव देखिन थालेको छ । पूर्वी चितवनको खैरहनीमा स्थानीय व्यवसायी मिलेर पशु बधशाला निर्माण गरी सञ्चालनमा ल्याएको बधशालामा जिल्लाको उत्पादनले अपुग भएपछि बाह्य जिल्लाबाट भैँसी र पाडापाडी ल्याउने गरिएको छ । बधशालाका अध्यक्ष मनोज खड्गी जिल्लामा मात्रै नभएर बाह्य जिल्लाबाट भैँसी र पाडापाडी ल्याउँदासमेत मागअनुसारको पु¥याउन नसकेको […]

सरकारको लगानीमा पाउडर दूध प्लान्ट निर्माण शुरु

वाग्मती। वाग्मती प्रदेश राजधानी हेटौँडामा प्रदेश सरकारको लगानीमा पाउडर दूध उत्पादन गर्ने प्लान्ट र सोको भवन निर्माण शुरु गरिएको छ । प्रदेश सरकारको रु. ४१ करोड २२ लाख ७१ हजार अनुदान रकमबाट हेटौँडा उपमहानगरपालिका–१० न्युरेनीमा पाउडर प्लान्ट र सोको व्यवस्थापनका लागि आवश्यक भवन निर्माण गर्न थालिएको हो । प्लान्टले वाग्मती प्रदेशसँगै अन्य चार प्रदेशका किसानले […]