आउनुहोस प्लास्टिकको टनेल निर्माण गर्न सिकौं
नेपालमा सामान्यतया प्लास्टिक टनेल तथा बाँसको प्लास्टिक घर बढी प्रचलित छ। सामान्यतया ५ मिटर चौडाई र २० मिटर लम्बाईको प्लास्टिक घर राम्रो मानिन्छ। प्लास्टिक घरको निर्माण गर्दा भने बिज्ञहरुको सहयोग लिनु आवश्यक छ। प्लास्टिक घर मित्र सापेक्षित आद्रता ७० देखि ९० प्रतिशत र तापक्रम करिब २० डिग्री सेल्सियस हुनु बिरुवाको बृद्दि बिकासका लागि उपयुक्त मानिन्छ। […]





