समाचार

गुराँस टिप्नेलाई पाँच हजार जरिवाना

म्याग्दी। अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतवार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जानकारी दिएको छ । समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले अनुरोधलाई अटेर गरेर गुराँस टिप्नेलाई रू। पाँच हजार जरिवाना तिराउने निर्णय भएको जानकारी दिए […]

कृषिमा विदेशी लगानीप्रति सांसदको असन्तुष्टि

ललितपुर। नेपाल कृषिप्रधान देश तर कृषि उपजमा विदेशी देशको भर पर्नु परेको भन्दै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार संसदीय समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सहभागी सदस्यले नेपालको उत्पादनले कहिलेसम्म पेट पालेर बस्ने भन्दै कृषिमा आत्मनिर्भर हुनुपर्ने बताएका हुन् । कृषिमा वैदेशिक लगानी खुलाको विषयमा भएको छलफलमा सांसद […]

प्राकृतिक जलाशयको संरक्षणमा समस्या

वाग्मती। स्रोतसाधन र बजेटको अभावमा प्राकृतिक जलाशय मत्स्य प्रबद्र्धन केन्द्रको कार्यालय हेटौडाले आफनो उदेश्यअनुसार काम गर्न नसकेको जनाएको छ । देशभरिका प्राकृतिक जलाशयअन्र्तगत रहेका मत्स्य तथा जलीयजीव र वनस्पतीको संरक्षण गर्ने उद्देश्यका साथ सञ्चालनमा रहेको सो कार्यालयले बजेट, सवारीसाधन र जनशक्तिको अभाव झेलिरहेको छ । कार्यालयबाट प्राप्त जानकारी अनुसार रु. १० करोड बजेटको आवश्यक्ता रहेकामा […]

माछापालनप्रति किसानको आकर्षण बढ्दै

पर्वत। कुश्मा नगरपालिकाका युवा माछापालनमा आकर्षित भएका छन् । नगरपालिकाको वारी अम्बोट, दोविल्ला, पकुवा, चुवा, खुर्कोट र पाङमा व्यावसायिक माछापालन फस्टाउँदै गएको हो । सरकारी निकायको अनुदान र किसानको मेहनतका कारण पछिल्लो समयमा माछापालन व्यवसाय बढ्न थालेको छ । मोदीखोला र कालीगण्डकी किनारमा व्यावसायिक माछापालन गर्ने बढेका छन् । सो नगरपालिकाका पशुसेवा शाखाका प्रमुख मित्रलाल […]

तीनसिमानामा वैशाख १ गते चौँरी महोत्सव हुँदै

पाँचथर। नयाँ वर्षको अवसरमा पाँचथरको फालेलुङ गाउँपालिका–४ तीनसिमानामा चौँरी महोत्सव हुने भएको छ । विगत चार वर्षयता आयोजना भइरहेको महोत्सव यस वर्ष पनि नेपाल–भारत सीमावर्ती क्षेत्र तीनसिमानामा आयोजना गर्न लागिएको हो । फालेलुङ गाउँपालिकाको आर्थिक सहयोगमा यहाँका दीपज्योति युवा क्लब, फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवर्द्धन संस्था र कञ्चनजंघाका चौँरीपालन तथा संरक्षण संस्थाले महोत्सवको आयोजना गरेका हुन् […]

कञ्चनपुरमा पहिलोपटक व्यावसायिक ड्रागन खेती

कञ्चनपुर। जिल्लामै पहिलोपटक भीमदत्त नगरपालिका–९ मटैनामा रु दुई करोडको लागतमा व्यावसायिक ड्रागन खेती सुरु गरिएको छ । पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रा.लि दर्ता गरी व्यावसायिकरूपमा ड्रागनखेती गरिएको हो । ‘प्रतिबिघा प्रतिवर्ष रु. ३५ हजार तिर्ने सम्झौता गरी १० वर्षकालागि जग्गा भाडामा लिएर […]

अखिल नेपाल किसान महासंघको बाग्मतीप्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सुरु

ललितपुर। काठमाडौँको पेरिसडाँडामा आयोजित माओवादी केन्द्रको किसान संगठनको दुई दिने बाग्मतीप्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठले अब देशभर किसान आन्दोलनको ज्वारभाटा उठाउने बताए । किसानहरु क्रान्तिका आधारभूत वर्ग रहेकोले किसान संगठन पार्टी र क्रान्तिको […]

कृषकलाई चैते धान रोप्न चटारो

दमौली। चैत महीना शुरु भएसँगै जिल्लाका कृषकलाई चैते धान रोप्न चटारो छ । तनहुँका विभिन्न भागमा यतिबेला कृषक चैते धान रोप्न व्यस्त छन् । व्यास नगरपालिका–११ पोल्याङका राजेन्द्र पौडेलले आफूले चैते धान रोपिसकेको जानकारी दिनुभयो । मुख्य पेशा नै कृषि भएकाले वर्षौंदेखि धान रोप्दै आएको उहाँले बताउनुभयो । तरकारीखेती, भँैसीपालन, मौरीपालन गर्नुभएका उहाँले भन्नुभयो, “अहिलेसम्म […]

पानी नपर्दा तरकारी उत्पादक किसान चिन्तित

महोत्तरी। होली (फागु) पर्वको रमाइलो सकेका किसान खेतबारीमा बाली सुक्दै गएको देखेर बिलखबन्द परेका छन् । होली पर्व सकेर खेतीपाती हेर्न थालेका महोत्तरीका तरकारी खेती गर्ने किसान तरकारीका बोट र बेला (लहरा) सुक्दै गएको देखेर बिलखबन्द परेका हुन् । लामो समयसम्म पानी नपरेर सिँचाइका अन्य विकल्प नपाइएपछि धमाधम बोटमै तरकारी सुक्न थालेकाले किसानमा चिन्ता बढाएको […]

चियाको पहिलो टिपाइ शुरु, उत्पादन बढ्दो

इलाम। चियाको पहिलो टिपाइ शुरु भएको छ । यस वर्ष हरियोपत्तीको मूल्य बढेको छ । ‘फस्ट फल्स’ भनिने पहिलो सिजनको चिया सबै सिजनकोभन्दा उत्कृष्ट मानिन्छ । सदाभन्दा यस वर्ष चियाको परिमाण बढेको अनुमान रहेको त्यहाँस्थित देउमाई नगरपालिकाका उद्यमी सोम शर्माले बताए । “पानी नआएकाले चिन्ता थियो । गत साता पानी परेपछि चिन्ता हल भएको छ”, […]