समाचार

वैदेशिक रोजगारी छाडेर च्याउ खेतीमा युवा

गण्डकी। रोजगारीको खोजीमा युवा विदेशिने क्रम बढिरहेका अवस्थामा यहाँका एक युवा भने व्यावसायिक च्याउ खेती गर्दै अरुका लागि पनि अनुकरणीय बनेका छन् । पर्वतको फलेवास नगरपालिका–९ भङ्गरका ४० वर्षीय कृष्णप्रसाद सुवेदी डेढदशक अघि तीन वर्ष वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । वैदेशिक रोजगारीले उनलाई स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सिकायो । विदेशको अनुभव र भोगाइ […]

ओखर (WALNUT) खेती अब सजिलै गर्नुहोस

ओखर एकदमै ठुलो हुने रुख हो । यस रुख धेरै बलियो हुन्छ , यस रुखको आयु सरदर २०० बर्ष हुन्छ ।ओखरको एक बयस्क रुखले १०० देखी २०० केजी सम्म फल दिन्छ । यो दुई प्रजातिको हुन्छ , प्राय: नेपालमा हाडे ओखर बनजङ्गलमा पाईन्छ । ओखरको दाते प्रजातिको ओखर चाही राम्रो हुन्छ , यसको बाहिरी भाग […]

डोको–डालो बनाएरै आम्दानी गर्दै महिला

नवलपुर। बाँसको चोया काटेर महिलाले डोको–डालो बुन्छन्भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । समुदायमा विशेषगरी पुरुषले मात्रै डोको–डालो बुन्ने गरेको देख्न पाउँछौँ तर नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को पहाडी गाउँमा महिलाको दैनिकी नै डोको–डालो बुन्ने र ती सामग्रीको बिक्रीबाट भएको आम्दानीले घर खर्च चलाउने भएको छ । यस क्षेत्रको गाउँभरिका महिलाले डाको–डालो बुन्ने गरेका छन् । जिल्लाको पहाडी […]

अपुग भयो पशुआहार र कृषि उत्पादन

जनकपुर। प्रयोगशाला दिवसका अवसरमा जनकपुरधाममा आज नवीनतम प्रविधि महोत्सवको आयोजना गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, पशु सेवा विभाग राइजोवियम घाँसेबाली बीउबिजन प्रयोगशाला जनकपुरधामद्वारा आयोजित सो महोत्सवमा पशुपक्षीजन्य उत्पादन, उन्नत घाँसको बीउबिजनको प्रदर्शन गरिएको छ । तथ्याङ्कानुसार देशमा पशुका लागि आवश्यक आहार १७ प्रतिशतले अपुग तथा तराईमा १५ प्रतिशत आहारा अपुग रहेको छ […]

विषादीरहित प्राङ्गारिक उत्पादनको बजारीकरण अभियान घोषणा

भरतपुर। चितवनमा विषादीरहित प्राङ्गारिक उत्पादनको पहिचान सहितको बजारीकरण अभियानको घोषणा गरिएको छ । भरतपुरमा आज आयोजित कार्यक्रममार्फत कृषि ज्ञान केन्द्र चितवन र जिल्ला प्राङ्गारिक सङ्घ चितवनले अभियानको घोषणा गरेका हुन । कार्यक्रममा प्राङ्गारिक उत्पादनको लोगोसमेत सार्वजनिक गरिएको छ । अबदेखि एउटै लोगोमा जिल्लामा उत्पादन भएको अर्गानिक बस्तु बजारमा जानेछ । जसले गर्दा उपभाक्तालाई उपभोग्य बस्तु […]

सर्लाहीमा १५ करोडको गोलभेँडा उत्पादन

सर्लाही। कुनै बेला जिल्लाकै दुर्गम मानिने लालबन्दी अहिले करोडौँको गोलभेँडा निर्यात गर्ने शहर बनेको छ । पछिल्लो समय मुलुकमै गोलभेँडाको शहरका रुपमा चिनिने लालबन्दीबाट विगत तीन महिनामा रु. ११ करोडभन्दा बढीको गोलभेँडा निर्यात भएको छ । गोलभेँडाबाट मनग्य आम्दानी हुन थालेपछि यस क्षेत्रका बासिन्दाले अन्नबाली छाडेर गोलभेँडाखेती गर्दै आएका छन् । लालबन्दीमका ८० प्रतिशतभन्दा बढी […]

सुन्तलामा असिनापानी र रोगको असर

भरतपुर। चितवनमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । असिनापानी र रोगका कारण सुन्तला उत्पादनमा कमी आएको हो । यस वर्षप्रति हेक्टर ९ दशमलब १३ टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । यो गत वर्षको भन्दा कम हो । गत वर्ष प्रतिहेक्टर ९ दशमलब ५८ टन सुन्तला उत्पादन भएको थियो […]

दूधमा अनुदान पाएपछि उत्पादन बढाउँदै किसान

वालिङ। नगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई अनुदान दिएपछि किसानले उत्पादन बढाउँदै गएका छन् । स्याङ्जाको गल्याङ नगरपालिकाले नगरभित्रका विभिन्न दुग्ध सङ्कलन केन्द्रमा नेपाल सरकारको दुग्ध विकास संस्थानले तोकेको मूल्यमा दूध उपलब्ध गराउने किसानलाई प्रतिलिटर रु. १५ उपलब्ध गराउँदै आएको गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले बताए । गल्याङ नगरपालिकालाई ‘सेतो शहर’ का रुपमा विकास गर्ने उद्देश्यले […]

नेपाली किसानले नदिएपछि भारतीय उखु आयात

सर्लाही। दक्षिणी क्षेत्रमा पर्ने महालक्ष्मी चिनी उद्योग गोडैताले भारतबाट उखु मगाएर क्रसिङ गरिरहेको छ । नेपाली किसानले उखु नदिएपछि उद्योगले आफ्ना दलालहरुमार्फत तुरुन्त पैसा तिरेर अवैध किसिमले भारतबाट उखु ल्याएर क्रसिङ गरेको हो । नेपाली किसानको उखुको भुक्तानी गर्न कुनै चासो नदेखाएको उद्योगले छिमेकी देश भारतबाट उखु मगाएर क्रसिङ गरिरहेको भन्दै किसानले गुनासो गरेका छन् […]

आजको मौसम : कतै आंशिक बदली, कतै सफा

ललितपुर। देशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपी हाल उल्लेखनीय मौसमी प्रणाली भने नरहेको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ। यस्तै राति प्रदेश […]