ललितपुर । सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको हो।
कृषि र पशुपन्छीको विकास गर्न आगामी आव २०७८/०७९ मा सो बजेट विनियोजन भएको हो ।बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले खेर गइरहेको र बाँझो जग्गालाई निजीक्षेत्रलाई लिँजमा दिइने बताए ।
सरकारले घोषणा गरेको यो बजेट रासायनिक मल खरीद गर्न दिइएको अनुदान सहित हो ।